• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

आत्मनिर्भरतर्फ उन्मुख नेपाली औषधि उद्योग

  •  मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित

काठमाडौँ । तीनदशक अघिसम्म नेपाली बजारमा नगन्य रुपमा उपस्थिति जनाएको नेपाली औषधि आत्मनिर्भरको बाटोमा अघि बढेको छ । नेपाली औषधिको हिस्सा बढ्दै गएको हो । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको हो ।

आजभन्दा २० वर्षपहिले १० प्रतिशत मात्र हिस्सा ओगेटेको नेपाली औषधि अहिले करिब ५० प्रतिशतमा हाराहारीमा पुग्न थालेको नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का अध्यक्ष महेश प्रधानले बताए । उनले हरेक वर्ष औषधिको बजार हिस्सा बढदै गइरहेको बताए। हाल नेपाली बजारमा ९० अर्बको औषधि कारोबार हुने गरेको आंँकडा छ । त्यसमध्ये ३४ अर्ब नेपाली औषधिको खपत हुने गरेको छ । औषधि व्यवस्था विभागमा नेपाली औषधि उद्योग ८६ वटा आधुनिक उद्योग, ५५ आयुर्वेदिक उद्योग दर्ता भएका छन् ।

नेपालमा २०१८ सालदेखि पशु निदान प्रयोगशालाले गौगोटीको खोप उत्पादन गरेसँगै औषधि उत्पादन शुरु भएको हो । २०२७ सालमा पशु तथा मानव प्रयोगका लागि रेबिज खोपको उत्पादन भएको थियो । रसायनिक औषधिको हकमा २०२६ सालमा केमिङ स्थापना, २०३० सालमा शाही औषधिको स्थापना, २०३५ सालमा औषधि ऐन र २०३६ सालमा औषधि व्यवस्था विभागको स्थापना भएपछि २०४६ सालपछि बल्ल औषधि उद्योगको विकास भएको हो ।

नेपाल औषधि उद्योगले उत्पादन गर्ने सात सयदेखि सात सय ५० प्रकारको मोलिक्युलको हकमा नेपाली औषधि उद्योगको बजार हिस्सा ७० प्रतिशत रहेको छ । ती मोलिक्युलबाट साढे पाँच हजार प्रकार औषधि उत्पादन हुन्छ तर समग्र औषधिको हिसाब गर्ने हो भने करिब ५० प्रतिशतको हाराहारी नेपाली औषधिको देखिएको र बिस्तारै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन थालिएको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए । “आजभन्दा २० वर्षअघि नेपाली औषधि बजारमा १० प्रतिशत मात्र हिस्सा रहेको थियो,” उनले भने, “अहिले हामीले आफ्नै मिहनेत, लगानीमा औषधि उद्योगलाई आत्मनिर्भर बनाउन थालेका छौ ।”

यता सरकारी तबरबाट नेपाल औषधि लिमिटेडले पनि औषधि उत्पादन गर्ने गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले अहिले आठ प्रकारका मात्र औषधि उत्पादन हुने गरेको बताउँछन् । “पहिले एक सय ४० प्रकारका सम्म औषधि हामीले उत्पादन गर्ने गरेका थियौँ । लिमिटेड चार वर्ष बन्द पनि भयो,” उनले भने “अहिले आठ प्रकारका औषधिमा खुम्चिनु परेको छ ।” सरकारलाई मात्र औषधि उपलब्ध गराउँदै आएको लिमिटेडले उत्पादन गरेका सिटामोल र जीवनजलमा घाटा व्यहोरिरहेको उनको भनाई छ ।
पूर्ण क्षमतामा सञ्चालनमा छैनन् उद्योग

नेपाली औषधि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । केही औषधि उद्योगले ८० प्रतिशत मेशिन सञ्चालन गरिरहेका छन् । मुलुकका लागि ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता भए पनि सरकारले नेपाली औषधि खरिद नगर्दा ती उद्योग पूर्णरुपमा सञ्चालनमा आउन नसकेको एपोनका अध्यक्ष प्रधान बताउँछन् । “नेपालमा ३० देखि ३५ प्रतिशत मात्र सञ्चालन भएका उद्योग पनि रहेका छन्,” उनले भने, “उद्योग पूर्णरुपमा सञ्चालन नहुँदा पर्याप्त मात्रामा औषधि उत्पादन हुन सकेको छैन ।”े

राज्यले मुलुकमा रहेका नेपाली औषधि उद्योगलाई पूर्णरुपमा सञ्चालन गर्नका प्रोत्सान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । “जतिजति नेपाली उद्योगबाट औषधि उत्पादन गर्न सक्यो । त्यति नै हामी लगानी, उपकरण, जनशक्ति र भवनको प्रयोग त्यति नै हुन्छ । त्यसको प्रभाव प्रत्यक्ष÷अप्रत्यक्ष गरी मुलुकको आर्थिक अवस्थामा पर्दछ,” उनले भने ।

सरकारले नेपाली औषधि खरीद गर्नुपर्ने माग
एपोनका पदाधिकारीहरुले सरकारले सरकारी अस्पतालमा रुपमा प्रयोग हुने औषधि नेपालमा नै उत्पादन गरेको खरीद गर्नुपर्ने माग बताउँछन् । केन्द्र, प्रदेश र स्थानीय तहलगायत सरकारी अस्पताल, नेपाली सेना, नेपाल प्रहरी अस्पतालले मात्र नेपालमा उत्पादन भएका औषधि खरीद गरे नेपाली उद्योग फस्टाउने सङ्घका अध्यक्ष प्रधानको तर्क छ ।
“सरकारले हामीले उत्पादन गरेका र उत्पादन गर्न सक्ने औषधि किनिदिनु प¥यो । हामी मुलुकलाई औषधिलाई अभाव नहुने गरी जति पनि औषधि उत्पादन गर्दछौं,” उनले भने “त्यसपछि सरकार पनि बाहिरबाट आयात गर्ने औषधिलाई बन्द गर्नुपर्दछ । स्वदेशी औषधि उद्योगले कुनै पनि औषधि उत्पादन गरेको छ भने त्यो औषधि बाहिरबाट नल्यादिनुहोस् ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपाली औषधिले उद्योगले उत्पादन गरेका औषधि सरकारले प्रतिस्पर्धाको आधारमा खरिद गर्नुपर्ने बताउँछन् । “सरकारले स्वास्थ्य बीमा तथा सरकारी अस्पतालमा खरिद गर्ने औषधिहरु नेपाली उद्योगले उत्पादन गरेका औषधिहरु स्वदेशी प्रतिस्पर्धामा खरिद गर्नुपर्दछ,” उनले भने “सरकारले नेपाली औषधि खरिद गर्ने हो भने नेपाली औषधिको बजार हिस्सा बढ्छ । औषधि उद्योगले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउँछन् ।”
विभागका महानिर्देशक ढकालले नेपाली औषधिको बजारमा पहिलेको तुलनामा बढी पाइने गरेको बताउँछन् । “मैले थाहा पाउँदासम्म नेपाली उद्योगको बजार हिस्सा १० प्रतिशतभन्दा कम रहेको थियो,” उनले भने “आजकल नेपाली औषधिहरु बजारमा देखिन्छन् । हामी औषधि पसलको अनुगमन गर्न जाँदा नेपाली औषधि पनि पर्याप्त मात्रामा देखिन थालेका छन् ।”

उनले अहिलेको औषधि उद्योगका क्षमताले ७० देखि ८० प्रतिशत नेपालकै औषधिले नेपाली बजारमा आपूर्ति गर्ने सक्ने क्षमता भए पनि सरकारले आवश्यक सहयोग गर्न नसक्दा क्षमता ३० देखि ४० प्रतिशतमा मात्र सीमित रहेको बताए । सरकारको खरिद गर्ने प्रक्रिया खुला रहेको कारण नेपाली औषधिले विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न नसकेको उद्योगीको भनाई छ ।
“सरकारको प्रतिस्पर्धाका आधारमा औषधि खुला खरिद गर्ने प्रक्रियामा जुन सस्तो छ, त्यही औषधि सरकारले किन्ने गर्दछ । विदेशी उद्योगले हाम्रोभन्दा सस्तो दरमा सरकारलाई औषधि उपलब्ध गराउँछन्,” महानिर्देशशक ढकालले भने, “नेपाली औषधिले उत्पादन गरेका औषधि विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दनाँै । नेपाली औषधिले उत्पादन गरेका औषधि बिक्दैनन् र क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।” उद्योगीलाई राजस्व, बैङ्कको ऋणमा ब्याजदर र अध्ययन तथा अनुसन्धानमा सहुलियत दिनुपर्ने उनको भनाई छ ।

यस्तै सरकारले छरिएर खोलिएका उद्योगलाई निश्चित क्षेत्रमा सरकारले जग्गा पानी, बाटो, बिजुली पुर्याएर एकै विशेष आर्थिक क्षेत्र (सेज) जस्तै राख्नुपर्ने ढकालले सुझाव दिए । महानिर्देशक ढकालले सरकारले औषधि उद्योगका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरणदेखि नयाँ नयाँ प्रविधि भित्र्याउनका लागि सहयोग गर्नुपर्ने उनले बताए । “सरकार औषधिको लागि चाहिने नयाँ नयाँ प्रविधि ल्याउन र उद्योगको विकासमा खासै देखिएको छैन,” उनले भने “फर्मा पढाइ हुने कलेजमा औषधिसम्बन्धी अनुसन्धान र नवीनतम् खालका कार्यक्रम गर्न सकिएमा नेपाली औषधिको क्षमता र औषधिको उत्पादन बढ्छ ।”

समान खालको औषधि उत्पादनले अस्वस्थ प्रतिस्पर्धा

नेपाली औषधि उद्योगले समान खालका औषधि उत्पादन रहेको पाइएको छ । विभिन्न उद्योग कम्पनीले एकै किसिमका औषधि उत्पादन गर्ने गरेको विभागका महानिर्देशक ढकालले जानकारी दिदै समान खालका औषधि उत्पादन गर्ने प्रतिस्पर्धा हुन नहुने उनले बताए ।
एपोनका उपाध्यक्ष बरालले पनि उद्योगले प्रायःजसो एकै खालका औषधि उत्पादन गरेको स्वीकार गर्दै । सरकारलै नीतिनै बनाएर एकै खालका उत्पादन गर्न नदिए औषधिमा प्रतिस्पर्धा नहुने बताए ।
भएन मूल्य समायोजन

एपोनका उपाध्यक्ष बरालले १६ वर्षदेखि औषधि मूल्य समायोजन नभएको बताउँछन् । २०६२ सालमा पहिलोपटक र २०७२ सालमा दोस्रोपटक मूल्य समायोजन भए पनि औषधिको मूल्य समयानुकूल परिमार्जन हुन सकेको छैन ।
उद्योगलाई चलायमान गराउन र मुलुकलाई नेपाली औषधिले सेवा गर्न मौका दिनका कम्तिमा वर्षको एकपटक औषधिको मूल्य समायानुकूल परिमार्जन गर्नुपर्ने उनको तर्क छ । “२०६२ सालमा कतिपय औषधिको मूल्य तोकिएको थियो । त्यसपछि औषधिको मूल्य समायोजन गरिएको छैन,” उनले भने, “अन्तर्राष्ट्रिय मूल्यअनुसार कच्चापदार्थको मूल्य बढिरहेको हुन्छ । कर्मचारीको तलब, बैङ्कको ब्याज पनि बढिरहेको छ । हामी १६ वर्ष पुरानो मूल्यमा औषधि बेच्न सक्दैनौँ ।”

भारत संसारमा सस्तो दरमा औषधि बनाउने देश हो तर नेपाली औषधि उद्योगले भारतभन्दा सस्तो दरमा औषधि बेच्नुपर्ने वाध्यता रहेको उनको भनाई छ । “सरकारले भारतभन्दा महङ्गोमा औषधि तिमीहरुले बेच्न पाउँदैनौँ भनेर भनोस् र भारतको भन्दा सस्तो नहुने गरी मूल्य समायोजन गरोस् । त्योभन्दा ठूलो नेपाली औषधिका लागि राष्ट्रले केही सोच्नु पर्दैन,” एपोनका अध्यक्ष प्रधानले भने। विभागका महानिर्देशक ढकालले अन्तर्राष्ट्रिय रुपमा बजारअनुसार नेपाली औषधिको मूल्य पनि समायोजन हुनुपर्ने धारणा राखे ।

चार अर्बले घट्यो कारोबार
औषधि उद्योगीहरु कोभिड–१९ महामारीलगत्तै देशको अर्थतन्त्रमा देखिएको सङ्कट र यो समयमा सरकारले उद्योगीका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै एपोनका उपाध्यक्ष बराल बताउंँछन । आर्थिक वर्ष २०७८÷०७९ नेपालमा नेपाली उद्योगीहरुको झन्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९÷८० मा रु २९ अर्ब ३६ करोड मात्र कारोबार भएको उनले जानकारी दिए ।
विगतमा औषधि उद्योगीले वर्किङ क्यापिटल लोन टर्न ओभरको ८० प्रतिशतसम्म पाउने गरेपनि हाल नेपाल राष्ट्र बैङ्कले नयाँ नियम ल्याएर ५० प्रतिशत मात्र दिने व्यवस्था गर्दा औषधि उद्योगलाई समस्यामा परेका उनको भनाइ छ । “सरकारले नेपाली उत्पादकलाई सहयोग नगर्दा देशमा नेपाली औषधिको बजार हिस्सा क्रमशः गुम्दै विदेशीको बजार बढ्दै गएको देखिन्छ,” उनले भने “सरकारले हाम्रा उद्योग सञ्चालनका लागि सहयोग नगर्ने हो भने हामी उद्योग सञ्चालन गर्न सक्दैनौँ ।”

एपोनका अनुसार १० वटा आर्थिक शिथिलता र आयातकै कारण औषधि उद्योग बन्द भएका छन् । “भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकैका छैनन् । यसको प्रमुख कारण एकै प्रकारका औषधि धेरै उद्योगको हुनु र विदेशबाट पनि नेपाली औषधि उद्योगले उत्पादन गर्ने औषधि आयात हुनु हो,” एपोनका उपाध्यक्ष बरालले भने ।

मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.