• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गेटा अस्पतालको परिकल्पना र वर्तमान अवस्था : डा.प्रमोद जोशी

  •  बुधबार, फागुन १६, २०८० मा प्रकाशित

गेटा अस्पतालको परिकल्पना र वर्तमान अवस्था :

गेटा अस्पतालको परिकल्पना :
नेपालको संविधानको धारा ३५ मा मुलुकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त र हकहुने गरी मौलिक हकको रुपमा स्थापित व्यवस्था कार्यान्वयन गर्न तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा ४६ मा कुनैपनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा नेपाल सरकारले कम्तिमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्ने प्रावधान भए बमोजिम नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले मिति २०७८/१०/२६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (संयोजक), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय ट्रमा सेन्टरका तात्कालिन निर्देशक डा.प्रमोद जोशी (सदस्यसचिव) स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेको यस सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा गेटा अस्पताल स्थापना तथा सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिद्धारा अस्पताल भवन, आवासहरु एवं प्रशासनिक भवनहरु निर्माण भएको छ ।
नेपाल सरकार मन्त्री परिषद्को बैठक संख्या ७१/०७८ मिति २०७८/१२/१४ को मन्त्री परिषद् बैठकले कम्तिमा ३०० शैया रहने गरी आबश्यक प्रबन्ध मिलाई तत्काल अस्पताल सञ्चालन गर्ने भनेर निर्णय भई आएको छ ।

गेटा अस्पतालको वर्तमान अवस्था :
पुन : नेपाल सरकार मन्त्री परिषद्को मिति २०७९/२/३१ को निर्णयले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा मेडिकल कलेज तथा अस्पताल सञ्चालन गर्ने निर्णय भए बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८०/६/१२ को माननीय मन्त्रीस्तरीय निर्णयानुसार आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न राजपत्र अनंकित सहायकस्तर र श्रेणीविहिन गरी ११० जना र नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/६/१६को निर्णयानुसार राजपत्राकिंत तथा अधिकृतस्तर ३१ गरी १४१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भई आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई सय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था भएबमोजिम मिति २०८०/५/१३ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयानुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन सम्बन्धि मार्गदर्शन यस अस्पताललाई प्राप्त भएको छ ।
साथै ओपिडी सेवा सञ्चालनका लागि मन्त्रालयको मिति २०८०/५/२१ को निर्णयानुसार अनुमति प्राप्त भएको एवं हाललाई सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी मन्त्रालयले निर्णय गरी पठाएको सोही बमोजिम सेवा शुल्क निर्धारण गरी सञ्चालन भईरहेको ।

जनशक्तिको अवस्था :
प्रशासनिक तथा व्यवस्थापकीय साथै स्वास्थ्य सेवा सञ्चालन प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं स्वास्थ्य सेवा विभागको सहयोगमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु व्यवस्थापन कार्य भईरहेकोमा निर्देशक सहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतका हाल ३२ जना जनशक्ति यस अस्पतालमा हाजिरी भएको एवं न्युनतम सेवा सञ्चालनका लागि मेडिकल सामानहरु हस्तान्तरण भई प्राप्त भएको अवस्था रहेको छ ।

सेवा तथा सुविधा :
यस अस्पतालले मिति २०८०/७/१ देखि देहायका सेवाहरु उपलब्ध रहेका छन् :
जनरल ओपिडी हाडजोर्नी तथा नसारोग ओपिडी,स्त्रीरोग सेवा ओपिडी,जनरल सर्जरी,अल्ट्रासाउन सेवा,एक्स–रे सेवा,प्रयोगशाला सेवा,फार्मेसी सेवा ,गर्भवती चेकजाँच तथा खोप सम्बन्धी सेवा सुचारु गरिएको छ । साथै मिति २०८० कार्तिक १ देखि हालसम्म ५११ पुरुष र ६८२ महिला गरी जम्मा १ हजार १९३ जनाले सेवा लिएका छन् ।

अस्पतालका थप सम्भावना तथा चुनौतीहरु :
आर्थिक वर्ष २०८१/०८२ मा ३०० शैयाको बनाई सम्पूर्ण अस्पतालमा हुने सेवा सुविधा सम्पन्न गराउने योजना रहेको छ । यस अस्पतालमा कार्यरत कर्मचारीहरुको लागि बस्न आवासको तत्काल आवश्यक रहेको छ र दरबन्दी अनुसार पदपूर्ति नभएको र चालु आ.व.२०८०/८१ को लागि चालुतर्फ वजेट अपुग रहेको अवस्था छ ।

अस्पतालको भावी योजना तथा लक्ष्यहरु :

MCH Clinic, खोप सेवा,बीमाबाट प्राप्त हुने सेवा,अन्तरङ्ग सेवा ,ईमरजेन्सी सेवा र प्रसूति सेवा,शल्यक्रिया सेवा,आईसियु तथा NICU सेवा, सम्बन्धित मन्त्रालयहरु,विभागहरु, सरकार,स्थानीय सरकार र सरोकारवाला सबै निकायहरुसँग समन्वय तथा सहकार्य गरी गेटा अस्पताललाई विशिष्टकृत सेवा सहितको ६०० शैयाको अस्पतालमा स्तरोन्नति गरी सम्पूर्ण नागरिकहरुलाई सरल,सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।

लेखक डा.प्रमोद जोशी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को हालका सदस्य सचिव तथा गेटा अस्पताल,गेटा, कैलालीको निवर्तमान निर्देशक हुनुहुन्छ ।

बुधबार, फागुन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.