• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गेटा अस्पतालको परिकल्पना र वर्तमान अवस्था : डा.प्रमोद जोशी

  •  बुधबार, फागुन १६, २०८० मा प्रकाशित

गेटा अस्पतालको परिकल्पना र वर्तमान अवस्था :

गेटा अस्पतालको परिकल्पना :
नेपालको संविधानको धारा ३५ मा मुलुकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त र हकहुने गरी मौलिक हकको रुपमा स्थापित व्यवस्था कार्यान्वयन गर्न तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा ४६ मा कुनैपनि सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा नेपाल सरकारले कम्तिमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्ने प्रावधान भए बमोजिम नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले मिति २०७८/१०/२६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (संयोजक), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय ट्रमा सेन्टरका तात्कालिन निर्देशक डा.प्रमोद जोशी (सदस्यसचिव) स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेको यस सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा गेटा अस्पताल स्थापना तथा सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिद्धारा अस्पताल भवन, आवासहरु एवं प्रशासनिक भवनहरु निर्माण भएको छ ।
नेपाल सरकार मन्त्री परिषद्को बैठक संख्या ७१/०७८ मिति २०७८/१२/१४ को मन्त्री परिषद् बैठकले कम्तिमा ३०० शैया रहने गरी आबश्यक प्रबन्ध मिलाई तत्काल अस्पताल सञ्चालन गर्ने भनेर निर्णय भई आएको छ ।

गेटा अस्पतालको वर्तमान अवस्था :
पुन : नेपाल सरकार मन्त्री परिषद्को मिति २०७९/२/३१ को निर्णयले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा मेडिकल कलेज तथा अस्पताल सञ्चालन गर्ने निर्णय भए बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८०/६/१२ को माननीय मन्त्रीस्तरीय निर्णयानुसार आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न राजपत्र अनंकित सहायकस्तर र श्रेणीविहिन गरी ११० जना र नेपाल सरकार मन्त्री परिषद्को मिति २०८०/६/१६को निर्णयानुसार राजपत्राकिंत तथा अधिकृतस्तर ३१ गरी १४१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भई आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई सय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था भएबमोजिम मिति २०८०/५/१३ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयानुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन सम्बन्धि मार्गदर्शन यस अस्पताललाई प्राप्त भएको छ ।
साथै ओपिडी सेवा सञ्चालनका लागि मन्त्रालयको मिति २०८०/५/२१ को निर्णयानुसार अनुमति प्राप्त भएको एवं हाललाई सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी मन्त्रालयले निर्णय गरी पठाएको सोही बमोजिम सेवा शुल्क निर्धारण गरी सञ्चालन भईरहेको ।

जनशक्तिको अवस्था :
प्रशासनिक तथा व्यवस्थापकीय साथै स्वास्थ्य सेवा सञ्चालन प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं स्वास्थ्य सेवा विभागको सहयोगमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु व्यवस्थापन कार्य भईरहेकोमा निर्देशक सहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतका हाल ३२ जना जनशक्ति यस अस्पतालमा हाजिरी भएको एवं न्युनतम सेवा सञ्चालनका लागि मेडिकल सामानहरु हस्तान्तरण भई प्राप्त भएको अवस्था रहेको छ ।

सेवा तथा सुविधा :
यस अस्पतालले मिति २०८०/७/१ देखि देहायका सेवाहरु उपलब्ध रहेका छन् :
जनरल ओपिडी हाडजोर्नी तथा नसारोग ओपिडी,स्त्रीरोग सेवा ओपिडी,जनरल सर्जरी,अल्ट्रासाउन सेवा,एक्स–रे सेवा,प्रयोगशाला सेवा,फार्मेसी सेवा ,गर्भवती चेकजाँच तथा खोप सम्बन्धी सेवा सुचारु गरिएको छ । साथै मिति २०८० कार्तिक १ देखि हालसम्म ५११ पुरुष र ६८२ महिला गरी जम्मा १ हजार १९३ जनाले सेवा लिएका छन् ।

अस्पतालका थप सम्भावना तथा चुनौतीहरु :
आर्थिक वर्ष २०८१/०८२ मा ३०० शैयाको बनाई सम्पूर्ण अस्पतालमा हुने सेवा सुविधा सम्पन्न गराउने योजना रहेको छ । यस अस्पतालमा कार्यरत कर्मचारीहरुको लागि बस्न आवासको तत्काल आवश्यक रहेको छ र दरबन्दी अनुसार पदपूर्ति नभएको र चालु आ.व.२०८०/८१ को लागि चालुतर्फ वजेट अपुग रहेको अवस्था छ ।

अस्पतालको भावी योजना तथा लक्ष्यहरु :

MCH Clinic, खोप सेवा,बीमाबाट प्राप्त हुने सेवा,अन्तरङ्ग सेवा ,ईमरजेन्सी सेवा र प्रसूति सेवा,शल्यक्रिया सेवा,आईसियु तथा NICU सेवा, सम्बन्धित मन्त्रालयहरु,विभागहरु, सरकार,स्थानीय सरकार र सरोकारवाला सबै निकायहरुसँग समन्वय तथा सहकार्य गरी गेटा अस्पताललाई विशिष्टकृत सेवा सहितको ६०० शैयाको अस्पतालमा स्तरोन्नति गरी सम्पूर्ण नागरिकहरुलाई सरल,सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।

लेखक डा.प्रमोद जोशी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को हालका सदस्य सचिव तथा गेटा अस्पताल,गेटा, कैलालीको निवर्तमान निर्देशक हुनुहुन्छ ।

बुधबार, फागुन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.