• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

आँखा रोगको उपचारमा नेपाली औषधि उद्योगका उत्पादन प्रभावकारी : शरदचन्द्र ओझा

  •  आइतबार, फागुन २०, २०८० मा प्रकाशित

आँखा रोगको उपचारमा नेपाली औषधि उद्योगका उत्पादन प्रभावकारी : शरदचन्द्र ओझा

८०० बी. सी.मा, सुश्रुतले आँखाको रोगको बारेमा चर्चा गरेका थिए र उनले ७६ वटा आँखा रोगको बारेमा लेखेका पनि थिए । उनी मोतियाबिन्दुको शल्यकृयाकोबारेमा पनि परिकल्पना गर्दथे । १९औँ शताब्दीमा अप्थाल्मोस्कोपको विकासपछि आँखा उपचारको क्षेत्रमा उलेख्य बिकास हुँदै गएको पाईन्छ । २०औं शताब्दीसम्म आईपुग्दा अति बिशिष्ट उपचार सेवाको बिकास भएको पाईन्छ । आँखाको कुनै एक अंगको बिशेष अध्ययन र सुक्ष्म उपचारको बिशेषता यसै शताब्दीमा शुरु भएको हो । ग्लुकोमा,रेटिना, मोतियाबिन्दुुको शल्यकृया,बच्चाको आँखा सम्बन्धि उपचार,कर्निया,आँखाको अर्बुद रोग सम्बन्धि उपचारको प्रकृया यसै समयमा शुरुवात भएको देखिन्छ ।
बिश्व मानचित्रको कुरो गर्दा, हाम्रो आफ्नो देश नेपालले पनि यस क्षेत्रमा, कतिपय छिमेकी मुलुक भन्दा धेरै प्रगति गरेको देखिन्छ । प्रमाणकोरुपमा नेपालभित्र खुलेका बिशिष्ट अस्पताल र त्यहांबाट बिदेशीहरुलाई समेत आकर्षित गरेको तथ्य दिनहुँ अस्पतालामा लाग्ने गरेको चापबाट बुझ्न सकिन्छ ।

नेपाल आँखा अस्पताल :
वि.स. २०३० सालदेखि अनवरत सेवा प्रदान गरि रहेको नेपाल आँखा अस्पताल नेपालकै अग्रणी आँखा अस्पतालको रुपमा लिईन्छ । करिब ५० बर्षको निरन्तर आँखा सम्बन्धि उपचारमा यो संस्थाबाट प्रदान गरिएको सेवा निकै प्रभावकारी देखिन्छ । साथै कतिपय वरिष्ठ आँखा रोग बिशेषज्ञहरुले सेवा दिई सकेको यस अस्पतालाले अझै पनि निरन्तर सामान्य देखि विशिष्ट सेवा प्रदान गर्दै आएको छ । यो संगै एउटा सानो ईकाईकोरुपमा त्यसभन्दा पहिले बीर अस्पतालमा आँखाको उपचार सेवा शुरु भई सकेको पनि थियो, त्यसैलाई अझै बिस्तारित गर्न नेपाल आँखा अस्पताल सँचालन गरिएको बुझिन्छ ।

नेपाल नेत्रज्योति संघ :
त्यतिबेलाको समयमा करिव नौजना समाजसेवामा केही गर्नुपर्छ भन्ने उत्साहित ब्यक्तित्वहरुले थालेको समाजसेवाको यो अनुकरणीय कार्यले आज नेपालमा एक उदाहरणकोरुपमा बिस्तार गरेको छ । ती ब्यक्तित्वहरु स्व.रवि शम्सेर राणा,स्व.मणीहर्ष ज्योति, स्व.बद्री बिक्रम थापा,स्व.अनङ्ग मान शेरचन,स्व.बनवारीलाल मित्तल,स्व.तोलाराम दुगड,स्व.राजकृष्ण श्रेष्ठ,स्व.कमलमणी दीक्षित र डा.रामप्रसाद पोखरेलको भुमिका महत्वपूर्ण रहेको थियो । यो कार्यमा डा.रामप्रसाद पोखरेलालाई नेपालको “आँखा बा“ भनेर सम्मानका साथ सबैले चिन्दछन । वि.सं. २०३५ सालदेखि दृष्टिविहीनहरुको सेवामा तल्लिन नेपाल नेत्रज्याति संघ ४५औं वर्षमा प्रवेश गरेको छ । ४४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको यस संघले नेपालका हरेक क्षेत्रलाई समेट्ने गरी २७ आँखा अस्पताल एवं १ सय ५० आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डका आधारमा सन् २०१९ देखि २० मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न ‘र्यापिड एसेसमेन्ट अफ एभोइडेबल ब्लाइन्डनेस सर्भे’ गरेको छ । सो सर्भेको निष्कर्ष अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०२० मा ०.२८ प्रतिशतमा झरेको पाइएको थियो । १९८१ मा झण्डै १०० जनामध्ये १ जना दृष्टिविहीनताको स्थिति रहेकोमा करिब ४० वर्षपछि सन् २०२० को सर्भेक्षणबाट दृष्टिविहीनताको स्थितिलाई घटाएर ३ सय ५८ जना बराबर १ जनामा ल्याउन सफल भएको संघले जनाएको छ । नेपाल नेत्रज्योति संघले नेपाल सरकारको सहयोग र निर्देशनमा ‘राष्ट्रिय ट्रकोमा’ कार्यक्रम संचालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एशियाली क्षेत्रमा नै जनस्वास्थ्य समस्याकोरुपमा रहेको ट्रकोमा रोग निवारण गर्ने पहिलो देशकोरुपमा सम्मानित भएको छ ।

तिलगंगा आँखा अस्पताल :
जुलाई (व्गथि ) १९९२ मा नेपाल आँखा कार्यक्रमको रुपमा शुरुवात भएर संस्थाको कार्यात्मक प्रमुख ईकाईकोरुपमा तिलगंगा आँखा अस्पताल शुरुवात भएको देखिन्छ । नेपाल मात्र नभई छिमेकी मुलुक लगायतमा पनि ख्याति कमाएको यस ईन्स्टिच्युटले आज सम्म १००औं स्नातकोत्तर चिकित्सक, र प्राविधिकहरु तयार पारिसकेको छ ।
यहाँ अहिले पनि बिदेशबाटसम्म अध्ययन गर्न बिद्यार्थी आउँछन भने उपचार गर्न पनि धेरै नै आउने गर्दछन् । अत्याधुनिक उपचारका साथै बिशिष्ट प्रकारको शल्यकृयामा पनि तिलगंगाको महानता देखिन्छ । आज साधारण उपचार देखि रेफेरल सेन्टरकोरुपमा पनि यस संस्थाकोे बिकास हुनु र छिमेकी मुलुकहरुबाट समेत बिरामीका साथै फेलोशिप गर्न बिद्यार्थीहरु आउनु भनेको नेपालको लागि एक गौरवको विषय हो ।

निजी आँखा अस्पतालहरु :
यस बाहेक देशभर बिशिष्ट आँखा उपचार सेवा दिने उदेश्यले खोलिएका अन्य आँखा अस्पतालहरुको पनि यस क्षेत्रको बिकास र उत्थानमा ठुलो योगदान रहेको छ । आज लासिक्स,रेटिना,ट्रान्सप्लान्ट जस्तो संवेदनशिल शल्यकृयामा निजी आँखा अस्पतालहरुको दक्षता सराहनीय छ ।

मेडिकल टुरिज्म :
नेपालमा बेला बखत सुनिने मेडिकल टुरिज्मको विषयमा आँखा उपचार क्षेत्रमा लागिपरेका आँखा अस्पतालहरुले स्थापनाकाल देखिनै ठुलो टेवा पुर्याउँदै आएको देखिन्छ । यहाँ छिमेकी मुलुक ईण्डिया, बंगलादेश, भुटानबाट आउने बिरामी र तीनका आफन्तहरुले नेपालमा उपचार संगै यहाँको होटेल, यातायात ब्यवसाय, सरसामानको बजारमा पनि खर्च गरेर जाने गर्दछन ।
आँखा अस्पताल क्षेत्रमा बिदेशबाट आउनेहरुको घुँईचोले होटल रेस्टुरेन्टमा खाना खानेको लाईन र बिहान बेलुका रिक्सा टेम्पुमा आवत जावतले गर्दा सम्पुर्ण क्षेत्रमा आबद्ध नेपालीहरुलाई राम्रो रोजगार मिलेको छ । नेपाल भित्र यसरी आउनेहरुले यहाँबाट फर्केर गएपछि नेपालको उपचारको बिशेषताको संगै प्रचारप्रसार पनि हुनेछ । यहाँको आतिथ्यसत्कारको पनि त्यतिनै तारिफ गर्ने गर्दछन, जसनुसार अन्य सयौँ हजारौलाई नेपाल जान उत्प्रेरणा पनि गर्ने गर्दछन ।

नेपाल रेडक्रस सोसाईटी :
नेपाल रेडक्रस सोसाईटीले पनि नेपालमा आँखा रोग संम्बन्धि रोगीहरुलाई लक्षित गर्दै आँखा स्वास्थ्यको लागि अस्पतालहरु संचालन गरेको छ । आपंmैमा एक सामाजिक संस्था भएकोले, त्यहि पवित्र उदेश्यका साथ संचालित रेडक्रसको अस्पतालहरुबाट तराई पहाडका जनताका साथै छिमेकी मुलुकहरुबाट आउने बिरामीहरुले पनि सहुलियतका साथ सेवा पाई रहेका छन ।

आँखा स्वास्थ्यको उपचारमा नेपाली स्वदेशी औषधि उधोगहरुको भूमिका :
नेपालमा पनि औषधि उत्पादनको ईतिहास अब पुरानो भई सकेको छ, झण्डै ५० बर्ष पहिलेदेखि नेपालमा उत्पादन शुरु भएको गरिमामय उपस्थितिले देशको अर्थतन्त्रलाई टेवा पुर्याउनुको साथै मनग्गै रोजगारको अवसरहरु पनि सृजना गरेको छ । आज देश भित्र संचालित एलोपेथिक,आयुर्वेदिक, भेटेनरी तथा अन्य यस्तै प्रकृतिका उधोगहरुले नेपालमा बैज्ञानिक दक्षतापूर्ण उत्पादनको दरिलो प्रस्तुतिहरु दिईरहेको छ ।
अब नेपाली औषधिको गुणस्तरको प्रश्नलाई उत्पादनको गुणस्तरीयताले अनुत्तरित बनाई सकेको छ । सन् १८७२ मा पहिलो पटक जर्ज ईब्रस नामक बैज्ञानिकले ईजिप्सियन औषधिहरु संमिश्रण तयार गरि आँखामा प्रयोग गर्ने पेस्ट बनाएको ईतिहास पाईन्छ । उक्त पेस्टमा म्यागनिज एवं कपरको पनि प्रयोग गरिएको हुन्थ्यो ।

आई ड्रप्स भन्ने बित्तिकै त्यस्तो औषधिलाई बुझ्नु पर्दछ, जुन उपचार र जांचको लागि आँखामा एक वा बढी ड्रप्सकोरुपमा हालिन्छ । आई ड्रप्स औषधिको एक्टिभ ईङ्रेडियन्टलाई वाटर फोर ईन्जेक्सन वा बफर सोलुसनमा मिसाएर तयार पारिन्छ ।
यो अत्यन्तै संवेदनशील औषधिय प्रीपरेसन भएकोले, यसको उत्पादनको लागि धेरै सावधानीहरुलाई अमल गरिन्छ । नेपालमा पनि तत्कालिन रोयल ड्रगले आँखाको उपचारको लागि आई ड्रप्सको शुरु गरेको त्यसपछि बिगत दुई दशकदेखिनै निजि क्षेत्रका उधोगहरुले पनि आँखाको उपचारका लागि प्रयोग हुने आई ड्रप्स तथा मल्हमको उत्पादन शुरु गरेको हो ।

आज नेपालभित्र लुब्रीकेटिन्ङ्ग,एन्टिबायोटिक,ग्लौकोमा,पेन किलर,एन्टीफङ्गल,नानी फुलाउने,स्टेरोईड तथा अन्य आई ड्रप्सहरुको उत्पादन भईरहेको छ । आँखाको ड्रप्सहरुको उत्पादन पूर्णतया स्टेराईल बातावरणमा गरिन्छ भने यसको लागि गुणस्तरीय कच्चापदार्थ र दक्ष प्राविधिकहरुको पनि आवश्यकता पर्दछ ।

नेपाल सरकार एवं (डब्लु.एच.ओ.) को मान्यता अनुसार आई ड्रप्सको उत्पादनमा अन्यको भन्दा बढी उत्पादन पूर्व र उत्पादनपछिको गुणस्तर टेस्टीङ्गको प्रावधान हुने गर्दछ । आफ्नै उधोग ल्याबको साथै बाहिरको ल्याबबाट पनि विभिन्न प्यारामीटरहरुमा गुणस्तरको परिक्षण पश्चात मात्र यसलाई बजारीकरण गरिन्छ ।

पूर्णतया स्टेराईल बातावरण,स्टेरलिट्री टेस्ट,हावाको पनि बिशेष श्रेणीको ब्यवस्था,फर्माकोपियल प्रविधिहरुको अबलंवन गरेर नेपालमा उत्पादन भईरहेको आईड्रप्सहरुले अहिले नेपालको सबैजसो आँखा अस्पताल एवं चिकित्सकहरुको यथासक्य बिश्वास पाईरहेका छन । आज महामारी जस्तो अवस्थामा पनि स्वदेशी उधोगले सरकारको कांधमा काध मिलाई आपूर्ति ब्यवस्थापनमा हातेमालो गरेका छन । हालसालै श्रावण भाद्रमा फैलिएको आँखा पाक्ने रोगको बेलामा सबैभन्दा बढी नेपाली उधोगहरुले नै आपूर्ति ब्यवस्थापनलाई सहज पुर्याएको उदाहरण हामी सामु देखिएकै छ ।

बजारको साईज धेरै ठुलो नभए पनि आज स्वदेशी उधोगहरुले ठुलो लगानीका साथ उत्पादन गरिरहेको आँखाको रोग संम्बन्धि औषधि ड्रप्स लगायतको सन्दर्भमा सरकारको पनि साथ रहेको छ, र भविश्यमा अझै बढी साथको अपेक्षा रहेको छ । छिमेकी मुलुकको भन्दा बढी लगानी,आयातित कच्चापदार्थ, महङ्गा मेशिन,महङ्गा टेस्टिङ्ग रसायनहरु ठुलो खर्च हुँदाहुँदै पनि नेपाली आई ड्रप्सहरु नेपालमै बजारीकरण गर्ने कतिपय बिदेशी उधोगको भन्दा सस्तो र सुलभ छन ।

लेखक शरदचन्द्र ओझा आईडियल फर्मास्युटिकल्स प्रा. लि.का कार्यकारी निर्देशक तथा (मार्केटिङ्ग सर्कल, एपोन) का पूर्व संयोजक समेत हुनुहुन्छ ।

 

 

 

आइतबार, फागुन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.