• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपाली औषधिको गुणस्तर डब्लुएचओको मापदण्ड रहेकोले प्रश्न गर्ने ठाउंँ छैन : क्वालिटी सर्कल संयोजक श्रेष्ठ

  •  आइतबार, फागुन २०, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यही फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा अवलोकन कर्ताले औषधिको उत्पादन , गुणस्तरबारे जानकारी लिन सक्नेछन । अवलोकन कर्ताले पछिल्लो समयमा औषधि उत्पादनका खोज , अनुसन्धान तथा प्रविधिका बारेमा पनि जानकारी गराईनेछ । एक्स्पोमा औषधि उत्पादक, वितरक, स्टकिष्ट, चिकित्सक, बजार प्रतिनिधि, विज्ञ लगायत सरोेकारवालाको समेत उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी स्टल तथा १५ हजार बढी अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा आयोजक संस्था एपोनको छ । नेपाली औषधिको गुणस्तर, यसको प्रभावकारिता र उपयोगिताका लगायतका बिषयमा केन्द्रित रहेर एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठसंग गरिएको कुराकानीको अंश ।

नेपालका औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको गुणस्तर कस्तो छ ?
नेपालका औषधिका गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड भित्र रहेरनै उत्पादन गरिएको हुन्छ । विश्व स्वास्थ्य संगठनको जिएमपीको मापदण्डमा नै हामी नेपालका औषधि उद्योगले औषधि उत्पादन गर्नुपर्ने हुन्छ । गुणस्तरमा हामीले केही पनि कमि गरेको जस्तो लाग्दैन र गर्न पनि पाईदैैन । अहिले औषधि व्यवस्था विभागले अनुमतिपत्र दिंदानै गुणस्तरलाई कडाई गरेको हुन्छ । जसले गर्दा नेपाली औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ नै छैन । जसले गर्दा भारत संँगै अन्य देशका औषधि भन्दा बढी गुणस्तर छ ।
पहिले उद्योगहरुले गुणस्तरमा धेरै लगानी गर्दैनथ्यो भने अहिले नयाँ–नयाँ फर्मास्युटिकल कम्पनीले गुणस्तरमा ध्यान दिएको पाइन्छ । तिनीहरुले गुणस्तरमा पनि लगानी गरिरहेको छ । विश्वमा पोष्ट कोभिड–१९ मा धेरै मानिसहरुको मृत्यु भयो । तर नेपालमा त्यस्तो मानवीय क्षति खासै भएन । त्यसबाट पनि नेपाली औषधिको गुणस्तरबारे सहजै अनुभव गर्न गाह्रो पर्दैन ।

विश्वको तुलनामा नेपालका औषधि कुन स्थानमा छ ?
विश्वको तुलनामा हामी अझै जान सकेका छैनौ । किनकी नेपालको औषधिको इतिहास त्यति लामो छैन । भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो । भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बल वुताले औषधि उत्पादन गरिरहेका छौ । हामीलाई कतैबाट सहयोग पनि छैन । तैपनि हामी औषधिको गुणस्तरमा सम्झौता गरेका छैनौं । भारतमा विदेशी लगानी, प्रविधि हस्तान्तरण भएको छ । हामी अन्तर्राष्टिय स्तरमा पुग्न समय लाग्छ ।

त्यसो भए हामी विश्व स्वास्थ्य संगठनका मापदण्डमा नेपाली औषधि पुगेको छ कि छैन ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड हाम्रा नेपाली औषधि उद्योगबाट उत्पादन हुने औषधि पुरा गरेका छन् । डब्लुएचो जिएमपी पुरानो उद्योग पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरिय औषधि उत्पादन गर्न लागिरहेका छन् । हामीले विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदण्डमा भने हामी पुगेका छौ । हाम्रा उत्पादन गुणस्तरीय छन । प्रभावकारी छन ।यसलाई प्रयोग गर्ने बिषयमा कुनै शंका लिनु पर्दैन ।
औषधि गुणस्तर बनाउन के–के कुरामा ध्यान दिनुपर्दछ ?
औषधिको गुणस्तर बनाउनका लागि कच्चा पदार्थदेखि प्रविधिसम्मका कुरालाई ध्यान दिनुपर्दछ । औषधि बनाउन प्रयोगात्मक, जिएमपीलाई कुन तहमा प्रयोग गरिरहेका छौ, त्यसमा पनि औषधिको गुणस्तर भर पर्दछ । कच्चा पदार्थमा विश्लेषण गर्दा प्राविधिकले कस्तो गरेको छ त्यो कुरा पनि हेर्न सकिन्छ । औषधिमा ० दशमलब ५ ले पास फेल भन्न सकिन्छ । औषधि जस्तो संवेदनशिल कुरामा टेक्निकल मेनपावर र अनुभव पनि चाहिन्छ । भारत अहिलेको पनि विश्वको तुलनामा नेपालमा प्रविधि र रिसर्च पुगेको छैन । हामी भारत जस्तै हो । भारत भन्दा कम छैनौ । औषधि प्रयोगमा सचेतना आयो भने हामी अन्तराष्ट्रिय स्तरमा पुग्दछौ ।
औषधि उद्योगमा दक्ष जनशक्ति पाउन कतिको सजिलो छ ?

अहिले औषधि उद्योगका लागि दक्ष जनशक्ति नै पाउन समस्या छ । मुख्य कुरा मानिसहरु कम्पनीमा एक बर्ष काम गर्छ अनि ऊ अर्को राम्रो ठाउँ पायो भने जान्छ । अहिले फार्मेसी पढेर दक्ष जनशक्ति रोजगारीका लागि बाहिरी मुलुक जाने ट्रेन बढी छ । त्यसैले दक्ष जनशक्ति छैनन । पढेर निस्केपछि उनीहरुमा प्रयोगात्मक अभ्यास केही हुँदैन ।
उनीहरु फर्मास्युटिकल्समा जागिर गर्न थालेपछि हामीले तालिम दिदै लैजान्छौ र दुई बर्षमा मेसिन हेण्डल गर्न सक्ने भएर ऊ प्रफेक्ट हुन्छ । जब ऊ एउटा राम्रो जनशक्तिको रुपमा विकास भइसकेपछि उसले जागिर छाड्ने गर्दछ । यो दुःखको कुरा हो । फेरि अर्को मानिस ल्याउनुपर्ने हुन्छ । दक्ष जनशक्ति नभएर हामीलाई समस्या भएको छ । मानिसलाई तालिम मात्र दिए जस्तो भइरहेको छ । देशको स्थितिले गर्दा फार्मेसीका दक्षजनशक्ति स्थिर छैनन् । उनीहरु राम्रो अवसर पाउन साथ बाहिर मुलुकमा रोजगारीका लागि जाने गर्दछन् ।

औषधिको गुणस्तर बढाउन सरकारले के गर्नुपर्दछ ?

हामीलाई चाहिने औषधि एकदमै कम छ । भारतमा कुनै पनि सामान निर्यात गरेपछि आयात गर्न पाईदैन भन्ने कानून रहेको छ । नेपालमा पनि उत्पादन भएका औषधि बाहिरबाट खरिद नगर्ने हो र हामीलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार औषधि उत्पादन गर्न भने हामी तयार छौ ।
अर्को नेपालका सिमानामा औषधिका कच्चा पदार्थ त्यतिकै खोलिदिन्छ । औषधि एउटा निश्चित तापक्रममा खोल्नुपर्ने हुन्छ । पारवहनबाट औषधिका समान आउंँदा कहिले फुटेर, कहिले प्वाल पारेर आएको हुन्छ ।

स्थानीय उद्योगलाई कतिको प्रवद्र्धन गर्न सकिन्छ सरकारले त्यसमा ध्यान दिनुपर्दछ । सरकार सकेसम्म नेपाली औषधि नै खरिद गर्नुपर्दछ । बरु औषधिको गुणस्तरमा कडाई गरोस । सरकारले यही, यस्तै औषधि चाहिन्छ भनेर भनोस् हामी दिन तयार छौं । पारासिटामोल दुई सय रुपैंया प्रतिकेजी पनि आउँछ । नौ सय रुपियाँ प्रतिकेजी पनि आउँछ । दुई सय रुपियाँको पारासिटामोलको गुणस्तर नौ सय रुपैंयासंग दाँज्न मिल्दैन ।

आइतबार, फागुन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.