• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नवौं नेपाल फर्मा एक्स्पो २०२४ : औषधि ऐन शंशोधनमा जोड( तस्वीरसहित)

  •  शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

पवित्रा पौडेल , चितवन । नेपाल औषधि उत्पादक संघ लगायतका नीजि स्वास्थ्य संघ संस्थाले औषधि ऐन शशोधन गर्नुपर्नेमा जोड दिएका छ । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल औषधि उत्पादक संघ ( एपोन)को आयोजनामा आजबाट शुभारम्भ भएकोे ९ औ फर्मा एक्स्पो उद्ध्घाटनमा सहभागी बक्ताहरुले २०६४को औषधि ऐन शंशोधन नभएकोले समयसापेक्ष परिमार्जन हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले समय अनुसार औषधिको मुल्य समायोजन नगरिएको, निर्यात प्रर्वद्धनमा राज्यले सहयोग नगरेको र सरकारले स्वदेशी औषधि प्रयोग नगरेको भन्दै गुनासो गरेका थिए ।

उद्दघाटन समारोहमा स्वागत मन्तव्य दिदैं एपोनका वरिष्ठ उपाध्यक्ष प्रदीप रुंगाटाले अर्थतन्त्र मजबुद हुन उद्योगहरु मजबुद हुनुपर्ने भन्दै सरकारको सहयोग विना औषधि उद्योगको प्रर्वद्धन नहुने बताए । ‘औषधि उद्योगको प्रर्र्वद्धन गर्न गुणस्तरीयता, नवीनतम प्रविधि आवश्यक पर्छ र राज्यले निर्यातको लागि सहयोग गर्नुपर्छ, उनले भने , यसको लागि औषधि ऐन शंशोधन र परिमार्जन गर्न जरुरी छ ।’
उनले स्वदेशी औषधि डब्लुएचओको मापदण्ड अनुसार उत्पादन भएकोले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए ।

केमिकल एण्ड मेडिकल सप्लायर्सका अध्यक्ष भक्त हमालले फर्मा एक्स्पोले चितवनको मात्रै नभई देशकै अर्थतन्त्र चलायमान बनाउन मदत गर्ने बताए । औषधिमा आत्मनिर्भर बनाउन ऐन शंशोधन जरुरी रहेको उनको भनाई थियो ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष (वस्तुगततर्फ) हेमराज ढकालले नेपाली औषधिको आयात कम र निर्यात क्रमश बढाउनुपर्नेमा जोड दिए । उत्पादन बृद्धि गर्दै निर्यात प्रर्वद्धन गर्ने नीति हुनु पर्ने उनले बताए । आयातित कच्चा पदार्थको कर निशुल्क र तयारी औषधिको आयातमा कर बृद्धि गर्नुपर्ने उनको भनाई थियो । नेपालको अर्थतन्त्र कमजोर भएको भन्दै भारतको अर्थतन्त्र बाट नेपालले सिक्नु पर्ने उनले बताए ।
एशोसियसन अफ प्राईभेट हेल्थ इन्स्ट्च्यिुसनका अध्यक्ष डा.पदम खड्का, नेपाल फर्मास्युटिकल एशोसियसनका अध्यक्ष ललित पन्त,आर्युवेद औषधि उत्पादक संघका अध्यक्ष सुमन प्रसाद पाण्डेले औषधिमा नेपाल आत्मनिर्भर हुनुपर्ने, दक्षजनशक्ति विदेश पलायनबाट रोक्नुपर्ने , स्वदेशी जडीबुटीको उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले सरकारको कमजोर नीति र नियतका कारण औषधि उद्योगको विकास हुन नसकेको बताए । स्वदेशी उद्योगको प्रर्वद्धनमा सरकारको न्युन उपस्थिति रहेको र सरकारी औषधि प्रर्वद्धनमा वेवास्ता गरिएको बताए । औषधि उद्योगी अस्वस्थ प्रतिस्पर्धा नगरी एक अर्काको परिपुरक हुनुपर्ने उनको भनाई थियो ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार खण्डेलवालले सरकारी नीतिगत सुधार गरे औषधि उत्पादनमा बृद्धि हुने बताए ।एकै प्रकारका औषधि उत्पादनका कारण समस्या सिर्जना भएको भन्दै उनले बजारको आवश्यकता अनुसार सरकारले लाईसेन्स दिनुपर्नेमा जोड दिए । भरतपुर अस्पताल समितिका अध्यक्ष राजु पौडेलले नीजि क्षेत्र र सरकार एउटै सिक्काको दुई पाटा रहेकोले एक अर्काको सहकार्य अनिवार्य रहेको बताए ।

एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थतन्त्र नीति नियन्त्रणमा नहुने भन्दै आर्थिक संकटका कारण कतिपय उद्योग बन्द हुने क्रम रहेकोले यसमा सरकारमात्रै दोषी नभएको तर्क गरे ।
एपोनका निवर्तमान अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले सरोकारवालाबीच सहकार्य हुनुपर्ने भन्दै औषधि उद्योगले उत्पादन संँगै रोजगारी बृद्धिमा टेवा पुगेको बताए ।

सो अवसरमा बोल्दै जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटी डाईरेक्टर माकोमानी सियान्गाले नेपाली औषधिको प्रर्वद्धन र खरीदका लागि सहकार्य गर्न आफुहरु तयार रहेको बताए । फर्मा एक्स्पोले प्रविधि ,अनुभव साटासाट गर्ने अवसर प्रदान गरेको भन्दै जाम्बिया देशबाट भविष्यमा लगानीको वातावरण सिर्जना गर्न पनि आफु लाग्ने बताए ।

औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपाली औषधि अन्तरराष्ट्रिय स्तरको गुणस्तर रहेकोले यसको निर्यातको लागि ऐन नीति शंशोधन गरी निर्यात गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । उनले अन्य सरकारी निकायका कर्मचारीहरुलाई पनि नेपाली औषधि प्रयोग गर्नमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

नेपाल औषधि विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि प्रर्वद्धन र प्रयोग गर्न सरकार तयार रहेको बताए । नेपाली औषधि उद्योगले प्रविधियुक्त हुनुपर्ने भन्दै उनले गुणस्तरमा ध्यान दिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले सरोकारवाला बीच साझा समझ्दारी हुनुपर्ने , सकारात्मक सोचको विकास हुनुपर्ने बताए ।

उनले उत्पादकको नियति, नियमन गर्ने निकायको नियति , सिफारीशको नियति सुधार हुनुपर्ने बताए । समय , देशको भुगोल , रोग, बजार र परिस्थिति अनुसार ऐन नीति परिमार्जन हुंँदै जाने उनको भनाई थियो ।
एपोनले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली उद्योगद्धारा निर्मित औषधिको स्टल पनि रहेका छन ।

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.