• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

पाठेघर र स्तन क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

  •  आइतबार, चैत ०४, २०८० मा प्रकाशित

पर्वत । पछिल्लो समय नेपालमा क्यान्सर लागेका महिलाहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रका विपन्न र अशिक्षित परिवारका महिलामा यो रोगबाट बढी पीडित भएका चिकित्सकहरूले बताएका छन् । क्यान्सरपीडित महिलाको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्न थालेको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थामा क्यान्सरको पहिचान गर्न फरक–फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरी लक्षण देखिएका महिलाहरूको पहिचान गर्ने भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरका बारेमा समयमा नै थाहा नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरण धेरै देखिएका छन् । जसले गर्दा सङ्क्रमण गहिरिसकेको हुने तथा त्यसको उपचार गर्न धेरै खर्च लाग्ने अवस्था आउने भएकाले समयमै यसको पहिचानका लागि ‘स्क्रिनिङ’ शिविर गर्न लागिएको सापकोटाले बताउनुभयो ।

महिलामा पाठेघरको मुख र स्तनको क्यान्सरको सङ्क्रमण बढिरहेको अवस्थामा फलेवासका महिलाहरूमा पनि यसको जोखिम रहेको भन्दै नगरपालिकाको आन्तरिक बजेटबाट कार्यक्रम गर्न लागिएको हो । “परीक्षण गर्दा सङ्क्रमण वा जोखिम रहेको पाइएमा समयमै उपचारका प्रक्रिया सुरु हुने र कम खर्च र समयमै निको हुने भएकाले यो शिविर प्रभावकारी हुने उहाँले बताउनुभयो । शिविरमा आङ खस्ने समस्याको उपचार निःशुल्क गरिने भएको छ ।

शिविरमा गरिने परीक्षणबाट महिलामा आगामी १० वर्षभित्रमा क्यान्सरको जोखिम रहेको भए त्यो पनि थाहा हुने भएकाले यो परीक्षण अभियान महिलाका लागि महत्त्वपूर्ण रहेको स्वास्थ्य अधिकृत सापकोटाले बताउनुभयो । अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काका बारेमा स्पष्ट हुने उहाँको भनाइ छ ।

क्यान्सरको शङ्का लागेका बिरामीलाई थप परीक्षण गर्नुपर्ने अवस्थामा शिविरवाटै रेफर गरेर पठाइने फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले बताउनुभयो । तिवारीले घरको अर्थावस्थाका कारण उपचारका लागि अस्पतालसम्म जान नसक्ने महिलालाई नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ ।

शिविर सञ्चालनका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट चिकित्सक बोलाएर स्थानीय स्वास्थयकर्मीलाई प्रशिक्षण दिएको थियो । प्रत्येक स्वास्थ्य संस्थाबाट दुई–दुईजनाका दरले सहभागी ‘नर्सिङ स्टाफ’लाई तालिम दिएर जनशक्ति तयार पारिएको पालिकाले जनाएको छ । हरेक वडामा बिहान १० देखि साँझ ५ बजेसम्म शिविर चल्ने भएको छ । शिविर आजदेखि सुरु गरेर चैत २६ गतेसम्ममा पूरा गर्ने लक्ष्य नगरपालिकाको छ । सरकारको अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । रासस

आइतबार, चैत ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.