• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

झापामा पच्चीस जना बालबालिकामा क्षयरोग

  •  शनिबार, चैत १०, २०८० मा प्रकाशित

बनियानी (झापा) । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् ।

साउनदेखि पुसमसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी फेला परेका भन्दै तीमध्ये २५ जना बालबालिका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ क्षयरोगीमा एक सय ८२ महिला र तीन सय ८८ पुरुष रहेका छन् ।

चार सय ३१ जनामा फोक्सोसम्बन्धी क्षयरोग देखापरेको छभने एक सय ३९ मा अन्य क्षयरोग देखिएको फोकल पर्सन दासले बताउनुभयो । उहाँका अनुसार एचआइभी सङ्क्रमित नौजनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सातजना रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा नौ सय ९२, आव २०७८/७९ मा एक हजार एक सय ८६ र आव २०७९/८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए । झापामा भोलि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस–२०८० मनाइँदैछ ।

“चालु आवमा क्षयरोगका बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ”, फोकल पर्सन दासले भन्नुभयो, “अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ ।” उहाँका अनुसार गत आव २०७९/८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो । “क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । श्वाप्रश्वासको माध्यमबाट सर्ने भएकाले क्षयरोगीले खोक्दा, हाच्छ्यू गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने गर्दछ”, दासले भन्नुभयो । उहाँका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ३७ हजार चार सय ४७ क्षयरोगका बिरामी पत्ता लागेका छन् ।

फोकल पर्सन दासले सङ्क्रमण पत्ता लागेका तीन प्रतिशत बिरामीको मृत्यु भएको भन्दै मृत्युु हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका जानकारी दिनुभयो । सङ्क्रमित बिरामीमध्ये आठ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । करिब ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित छन् भने २८ प्रतिशत बिरामी फोक्सोबाहेक अन्य अङ्गहरुको सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आर्थिक वर्ष २०७९/८० मा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिनाका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा यो रोग उन्मूलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन दासले बताउनुभयो ।

नेपाल विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्ने भन्दै छ सय ९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकामा पाँच सय ४६ उपचारको दायरामा आएका छन् । पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२ दशमलव चार र औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु, साँझपख ज्वरो तथा पसिना आउनु, खानामा रुचि कम हुनु, तौल कम हुनु क्षयरोगका प्रमुख लक्षण हुन् । रासस

शनिबार, चैत १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.