• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालय

  •  शनिबार, चैत १०, २०८० मा प्रकाशित

गलकोट (बागलुङ) । शारीरिक अपाङ्गता हुनुभएका पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

परिवारको हेरचाह नपाउँदा पढ्न नपाउनुभएका रुचाल आवासीय सुविधासहित अध्ययन गरिरहनुभएको छ । यस विद्यालयमा रुचालजस्ता १४ जना अपाङ्गता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत गरिरहेका छन् । शारीरिक रुपमा अपाङ्गता भएका, अभिभावकविहीन, हेला होचामा परेकाजस्ता विद्यार्थीलाई यस विद्यालयले अध्ययनको व्यवस्था मिलाएको छ तर तिनै अपाङ्गता भएका विद्यार्थीलाई पढाउने विद्यालय सरोकारवालाको नजरमा पर्न सकेको छैन ।

सो विद्यालयमा बागलुङ बजारका श्रमिक तथा माझी समुदायका एक सय १७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । ग्रामीण भेगका विद्यालयहरु सुविधा सम्पन्न भइसक्दा सदरमुकामसँगै रहेको रामरेखा आधारभूत विद्यालयमा भौतिक पूर्वाधारलगायत संरचनामा निकै कमजोर छ । अपाङ्गता भएका विद्यार्थी पढाए पनि अपाङ्गमैत्री पूर्वाधार बन्न सकेको छैन । सीमित स्रोत र साधनले विद्यालय चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले बताउनुभयो ।

“विभिन्न जिल्ला र बागलुङका दूरदराजमा रहेका अपाङ्ग बालबालिकालाई शिक्षा दिनु हाम्रो कर्तव्य हो तर विद्यालयको आन्तरिक आय छैन । सरकारले आवासीय सुविधाका लागि दिएको मासिक चार हजारले पुग्दैन”, अध्यक्ष केसीले भन्नुभयो, “अपाङ्गमैत्री केही भौतिक संरचना भए पनि पूर्ण छैन । अपाङ्गमैत्री शौचालय, लत्ताकपडा, स्याहारसुसारको अभाव छ । अतिरिक्त सहयोग कतैबाट पाइएन ।”

विद्यालयमा लोपोन्मुख माझी समुदायका छोराछोरी समेत पढ्दै आएका छन् । विद्यालय सञ्चालनमा थुप्रै कठिनाइ रहेको विद्यालयका निमित्त प्रधानध्यापक सृजना पौडेलले बताउनुभयो । एकजनाले मासिक रु १२ हजार तलबमा २४ घण्टा अपाङ्गता भएका बालबालिकाको स्याहार गर्ने कार्य कठिन भएको प्रअ पौडेलको भनाइ छ ।

“शारीरिक रुपमा कमजोर बालबालिकाको नियमित औषधि तथा उपचारको खाँचो छ । औषधि उपचारको खर्च विद्यालयले थेग्न सकेको छैन”, प्रधानअध्यापक पौडेलले भन्नुभयो, “बागलुङ बजारमै भएर समेत हाम्रो विद्यालयमा कसैको नजर परेको छैन ।” रासस

शनिबार, चैत १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.