• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वयंसेविकाको वृत्तिविकासमा विशेष कार्यक्रम ल्याइने

  •  मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वयंसेविकाको वृत्तिविकासका लागि कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ । मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आइपुग्नुुभएका कार्कीले आज धनकुटा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकासँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।

नेपाल पत्रकार महासङ्घ धनकुटाको समन्वयनमा भएको कार्यक्रममा स्वयंसेविकाले राखेको मागलाई सम्बोधन गर्दै कार्कीले समाजको तल्लो तहसम्म पुग्ने स्वयंसेविकाको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले स्वयंसेविकाको सम्मान र प्रोत्साहनका लागि प्रदेशअन्तर्गत १४ जिल्लाका स्वयंसेविकालाई जनही पाँच÷पाँच हजारका दरले रकम वितरण कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सबै जिल्लाका स्वास्थ्य क्षेत्रसँगको छलफल गरेर स्वयंसेविकाका लागि क्षमता विकास, बीमा कार्यक्रम, सेवा सुविधालगायत कार्यक्रम तय गरिने जानकारी दिनुभयो । “अहिले प्रदेश सरकारको पहिलो लक्ष्यमा विकास गर्ने छ”, कार्कीले भन्नुभयो, “मानवीय विकास गरेपछि अन्य भौतिक विकासमा सहज हुने हाम्रो ठहर छ ।”

महिला स्वास्थ्य स्वयंसेविकाको वृत्तिविकास पनि यसै मानवीय विकासअन्तर्गत रहेकाले स्वयंसेविकाको सेवासुविधाका लागि छलफल भइरहेको कार्कीले बताउनुभयो । डाक्टर, कर्मचारी सबै एक प्रकारको स्वयंसेवक भएकाले आफ्ना परिवार र बालबच्चा छोडेर अरूको सेवा गर्ने स्वयंसेविकाका लागि उचित सेवासुविधाको कार्यक्रम ल्याइने कार्कीले प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री कार्कीलाई स्वयंसेविकाले क्षमता विकास कार्यक्रम, उचित सेवासुविधा थप, अक्षयकोष निर्माणमा सहयोग, सेवानिवृत्त पछिको आर्थिक सहयोगमा वृद्धिलगायत माग राखेका थिए । कार्कीसहित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप सुनवार, उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री, योजना तथा आर्थिक मामिला राज्यमन्त्री इन्दिरा थापाको उपस्थिति थियो ।

मन्त्रीको टोलीलाई नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई र राससका प्रबन्ध निर्देशक सिद्धराज राईले सम्मान गर्नुभएको थियो । रासस

मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.