• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दुर्गम गाउँमा प्रसूति गृह र विद्यालय भवन एकैसाथ निर्माण

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

मुगु । गाउँमा पक्की विद्यालय र प्रसूति गृह भवन एकै पटक बनेपछि स्थानीय हर्षित भएका छन् ।

जिल्लाको उत्तरी सोरु गाउँपालिका ९ तलिकालै गाउँमा रहेको मष्टा आधारभूत विद्यालयमा नयाँ पक्की भवन र कालै प्रसूति गृह एक साथ निर्माण सम्पन्न भएपछि स्थानीयहरू हर्षित भएका हुन । ब्याक टु लाइभ इबि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्रको समन्वय साझेदारीमा ६२ लाखमा ८४ हजार २७४ रुपैयाँको कुल लागतमा दुई तलाको ४ कोठे विद्यालय भवन र ५३ लाख १० हजार ९९ रुपैयाँको कुल लागतमा दुई तले ४ कोठाको पक्की प्रसूति गृह भवन निर्माण गरिएको छ । बुधबार एक कार्यक्रम बिच उक्त विद्यालय भवन हस्तान्तरण तथा प्रसूति गृहको उद्घाटन एकसाथ गरिएको थियो ।

आफ्नै घर अगाडि पक्की विद्यालय भवन बनेपछि स्थानीयले खुशी हुँदै बाजागाजा, फुल माला, अबिर जात्रा सहित उपस्थिति अतिथिलाई स्वागत गरेका थिए । गाउँमा पक्की विद्यालय भवन बनेपछि खुशी हुँदै मस्टा आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त चौलागाईंले अब विद्यार्थीहरूले रुखमुनी बसेर बढ्ने दिनको अन्त्य भएको बताउँदै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । कुनै बेला रुखको मुनिमा बसेर पढ्नुपर्ने समस्या थियो अब हाम्रा बालबालिकाले पक्की सुविधा सम्पन्न भवनका कोठामा बसेर पढ्न पाउनेभए उहाँले बताउनुभयो ।

यस विद्यालयमा ८७ घरधुरीका ८९ जना बालबालिका अध्ययनरत छन् । गाउँमै पक्की विद्यालय भवन र प्रसूति गृह निर्माण भएपछि साह्रै खुशी लागेको छ तलिकालै गाउँका भक्ति प्रसाद चौलागाईंले बताउनु भयो । अब साना विद्यार्थीलाई रुखको मुनि र कच्ची भवनमा बसेर पढ्नु नपर्ने र गाउँका गर्भवती महिलालाई गोठमा सुत्केरी हुनु पर्ने बाध्यता समेत अन्त्य भएको उहाँले बताउनु भयो ।

घर अगाडि बनेको प्रसूति गृहमा हाम्रो छोरी बुहारीहरुले अबका दिनमा सुत्केरी हुन पाउने भएपछि साह्रै खुशी लागेको बताउँछिन् कालैगाउँकि ६० बर्षिया उता लुवार । आफ्ना तीन बच्चा गोठमै जन्माएको सम्झँदै कालैगाउँकै अर्की ३४ बर्षिया धनदेबी शाही भन्नुहुन्छ आफूले पनि आफ्ना बच्चा घरैमा जन्माएकी हुँ, अब त घर अगाडी संस्थाले सुविधा सम्पन्न प्रसूति गृह बनाइदियो सुत्केरी हुन धेरै सजिलो हुने भयो ।

पहिला पुरानो, जिण साँघुरो भवनबाट सुत्केरी सेवा दिन निकै असजिलो असुरक्षित थियो अब नयाँ भवन बने पछि सुत्केरी सेवा र ANC, PNC सेवा दिन सजिलो हुने भएको कालै प्रसूति गृहकी इन्चार्ज कमला रावतले बताउनु भयो । अबका दिनमा गर्भवती महिलालाई सबैखाले सेवा दिने कोठा छुट्टाछुट्टै भएको र सुत्केरी गराउन सजिलो हुने भएको पनि इन्चार्ज रावतले भन्नुभयो । नव निर्मित प्रसूति गृहबाट माथी कालै र तल्लो कालै गाउँका करिब ३ सय ५० घरधुरीका गर्भवती महिलाहरूले सेवा लिने छन् । महिनामा ४ देखी ७ जना सम्म सुत्केरी सेवा लिन र ANC,PNC सेवा लिन १० र ११ जना आउँछन् ।

हाम्रो संस्थाले समुदायको मागमा आधारित रहेर विद्यालय भवन, प्रसूति गृह लगायत अन्य विभिन्न मागमा आधारित कार्यक्रम तथा बिकास निर्माणका कामहरू गर्दै आएको कर्णाली सामुदायिक बिकास केन्द्रका अध्यक्ष संगिता मल्ल शाहीले बताउनुभयो । केसिडिसि सँगको समन्वय साझेदारीमा ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले मुगु जिल्लामा स्वास्थ्य,शिक्षा र सामुदायिक विकासमा लामो समय देखि काम गर्दै आएको छ ।

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.