• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बांँकेको बाँसगढीले सञ्चालन गरेको सिकलसेल मेशिन सञ्चालनमा आउन सकेन

  •  सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित

बाँके । बाँसगढी नगरपालिकाले सञ्चालन गर्दै आएको सिकलसेल (एनिमिया जाँच गर्ने) मेशिन लामो समयदेखि सञ्चालन हुन सकेको छैन। बिग्रिएको करिब पाँच वर्ष पुगिसक्दा पनि सो मेशिन बनाउने तर्फ न त पालिका लेनै ध्यान दिएको छ न त अन्य कुनै निकायले । २०७५ सालमा बाँसगढी नगरपालिकाले १८ लाख रुपैयाँ खर्चेर खरिद गरेको मेसिन चार पाँच महिना नपुग्दै बिग्रिएको थियो।

“मेसिन सञ्चालन भइरहेकै बेला कोभिड सुरु भयो, बाँसगढी नगर स्वास्थ्य शाखा अधिकृत कुशल दाहालले भन्नुभयो “, त्यसपछि सो मेसिन त्यत्तिकै थन्किएर रह्यो। “थन्किएको अवस्थामा मेशिन बिग्रिएछ , कोभिड केही मत्थर भएपछि सो मेसिन सञ्चालन गर्ने प्रयास गरिएपनि बिग्रिसकेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो। “हामीले सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिन्छ कि भनेर प्रयास गर्‍यौँ तर सकिएन” अधिकृत दाहालले भन्नुभयो । यहाँ नबनेपछि सो मेसिन बनाउनका लागि प्रदेशमा लगिएको छ , हाल सो मेशिन प्रदेश स्वास्थ्य कार्यालयको स्टोरमा त्यतिकै थन्किएर राखिएको छ।

सिकलसेल एनिमियाको अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. राजन पाण्डेको पहलमा बाँस गढीमा सो मेसिन सञ्चालनमा ल्याइएको थियो। पाण्डेले नै सो मेसिनको उद्घाटन पनि गर्नुभएको थियो । सो पश्चात् मोतीपुर स्वास्थ्य चौकीमा राखेर सिकलसेलको स्क्रिनिङ हुँदै आएको थियो । “करिब चार-पाँच महिना सो मेशिन राम्रो सङ्ग चल्यो” , अधिकृत दाहालले भन्नुभयो ।

सिकलसेल एनिमियाका केही बिरामी र बाहक पनि भेटिएका थिए । “मेसिन सञ्चालनका लागि एक जना ल्याब टेक्निसियनलाई स्पेसल तालिम दिएर समेत खटाइएको दाहालले बताउनु भयो” , तर कोभिडपछि बन्द भएको सो मेसिन एकाएक बिग्रिएपछि सोको मर्मत र सञ्चालनप्रति कसैले चासो दिएको छैन। बर्दियामै पहिलोपटक सञ्चालनमा आएको भनिएको सो मेसिन बन्द हुँदा सो क्षेत्रमा रहेका सिकलसेल बिरामीहरूको पहिचान हुन सकेको छैन।

सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.