• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

  •  बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित

झापा । मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहिन तरकारी तथा फलफूल भन्सार तथा सीमाविन्दुमा नै रोक्न माग गरेको छ ।

सङ्घका अध्यक्ष खेम प्रसाईंले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष कडाइका साथ जाँच गरिनुपर्ने, जाँच नगरी ल्याइएका सामान सीमामै जफत गरिनुपर्ने र खुला सीमाको फाइदा उठाउँदै लुकीछिपी सामान भित्रिन नदिन सुरक्षा निकायलाई कडा निर्देशन दिनुपर्नेलगायत माग गरिएको बताउनुभयो ।

“खरबुजा, काँक्रा, फर्सी, बैगुन, लौकालगायत तरकारी तथा फलफूल नेपालमै पर्याप्त उत्पादन भइरहेका छन्”, उहाँले भन्नुभयो, “विषादीको अवशेष बढी प्रयोग भएका त्यस्ता सामानहरु भारतबाट सस्तो मूल्यमा नेपाल भित्रिँदा एकातिर जनस्वास्थ्यमा गम्भीर हानि भइरहेको छ भने अर्कातिर नेपाली उत्पादन नबिकेर कृषकले क्षति बोहोर्नुपरिरहेको छ ।”

सीमाका समस्या बुझ्न मेचीनगर आउनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आयातीत अखाद्य तरकारी तथा फलफूलले जनस्वास्थ्यका साथै स्वदेशी उत्पादनमा गम्भीर असर पु¥याएका बारेमा ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।

आयातीत अखाद्य सामग्री रोक्ने विषयमा काँकडभिट्टास्थित मेची भन्सार कार्यालय, खाद्य तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टिन कार्यालयमा ज्ञापन पत्रसहित ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रसाईंको नेतृत्वमा सङ्घ र कृषक प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक दिनेश ढुङ्गाना र क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईलाई भेटेर समस्या अवगत गराइएको सङ्घका महासचिव दिनेश शाक्यले बताउनुभयो ।

मेचीनगर–१५ स्थित स्मार्ट कृषि फार्मका सञ्चालक हरि नेपालले नेपालमै उत्पादन भएको तरकारी नबिकेर गाईवस्तुलाई खोले खुवाउने अवस्था आएको विषयमा सरकारले चासो नदिएको गुनासो गर्नुभयो । उहाँले आफ्नो फार्ममा लाखौँको लगानीमा खरबुजा र तरकारी उत्पादन भए पनि भारतबाट भित्रिने सस्तो मूल्यको अखाद्य तथा गुणस्तरहीन तरकारीले बजार कब्जा गरेको बताउनुभयो ।

“भारतबाट आयात हुने खरबुजा रसायन प्रयोग गरेर पकाउने गरिएको र तरकारीहरुमा विषादीको अवशेषको मात्रा बढी हुने गरेको उपभोक्तालाई थाहा हुँदैन”, कृषक नेपालले भन्नुभयो, “मानिसहरुले सस्तो भन्दै किन्छन् । नेपालका कृषि फार्ममा उत्पादन भइरहेका अर्गानिक र गुणस्तरयुक्त फलफूल र तरकारीले बजार पाउने अवस्थाको सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी छ ।”

प्रमाणीकरण कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक ढुङ्गानाले आयातकर्ताले ल्याउने तरकारी तथा फलफूलको नमुना मात्र कार्यालयको प्रयोगशालामा जाँच गरिने जानकारी पाएको उल्लेख गर्दै सङ्घका महासचिव शाक्यले सरकारी निकायबाटै नमुना सङ्कलन गरेर परीक्षणको व्यवस्था हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको बताउनुभयो ।

“आयातकर्ता आफैँले गुणस्तर परीक्षणका लागि नमुना ल्याउने गरेकाले थप आशङ्का जन्माउँछ”, महासचिव शाक्यले भन्नुभयो, “आयातीत सामान हेरेर त्यहीँबाट नमुना सङ्कलन गर्दा मात्र सही परीक्षण हुन्छ भन्ने विषयमा हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ ।”

मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत राईबाट गुणस्तर परीक्षण गरेर मात्र भारतबाट तरकारी तथा फलफूल आयात गर्न पाउने व्यवस्थालाई कडाइका साथ पालना गरिने प्रतिबद्धता व्यक्त भएको महासचिव शाक्यले बताउनुभयो । रासस

बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.