• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बन्द हुने अवस्थामा सिंहदरबार वैद्यखाना

  •  बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित

काठमाडौँ । सिंहदरबार वैद्यखानामा पछिल्लो समय औषधी उत्पादनको अवस्था लगभग ठप्प जस्तै भएको छ ।

आयुर्वेदिक औषधीको अध्ययन अनुसन्धान र उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको मुलुककै आयुर्वेदको धरोहरका रूपमा रहेको सिंहदरबार वैद्यखानाको व्यवस्थापकीय र बजार पक्ष कमजोर हुँदा औषधी उत्पादन ठप्प जस्तै भएको हो ।

कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगट्ने सिंहदरबार वैद्यखानाको औषधी उत्पादनको अवस्था पछिल्लो समय बन्द जस्तै छ ।

विगतमा एक सयभन्दा बढी आयुर्वेदिक औषधि बनाउने देशकै सबैभन्दा पुरानो सरकारी आयुर्वेद औषधि उद्योगको रूपमा रहेको वैद्यखानामा औषधी उत्पादनको अवस्था ठप्प हुँदा करोडौँ रुपियाँ खर्चिएर ल्याइएका मेसिनमा खिया लागेका छन् भने कार्यालयका कर्मचारीहरूले हाजिर गर्ने र दिन बिताउने काम मात्रै भएको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा.प्रदीप केसीले कुनै पनि काम गर्नका लागि निर्णय लिन सञ्चालक समिति नभएको र कार्यालय प्रमुखलाई अधिकारविहीन बनाइएको भन्दै तीन वर्षदेखि आयुर्वेदिक औषधी उत्पादनका लागि बोलपत्र आह्वान हुन नसकेको जानकारी दिनुभयो ।

सिंहदरबार वैद्यखानामा २०७८ सालपछि जडीबुटी खरिद गर्न बोलपत्र आह्वान नै भएको छैन । जडीबुटी अभावमा औषधी उत्पादन हुन सकेको छैन ।

कार्यकारी निर्देशक डा.केसीले जडीबुटी कारोबार गर्नेहरूले अरू निजी कारखानालाई निःसङ्कोच जडीबुटी दिने तर वैद्यखानालाई जडीबुटी दिन सङ्कोच मान्ने गरेको भन्नुहुँदै यस्तो बेथिति अन्त्य गर्न सरकारले ठुलै निर्णय लिनुपर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक डा.केसी भन्नुहुन्छ, सिंहदरबार वैद्यखाना विकास समितिका रूपमा सञ्चालनमा रहँदासम्म यो थप धराशायी बन्दै जान्छ, यसलाई व्यवस्थित रूपमा सञ्चालनका लागि औषधी बनाउने विज्ञ र जडीबुटी चिन्ने विज्ञका साथै कार्यालय प्रमुख र कार्यालय सञ्चालनका लागि अनिवार्य कर्मचारीको स्थायी दरबन्दी हुनुपर्ने बाँकी सबै करार र ज्यालादारीमा कर्मचारी राखेर काम गर्नुपर्ने हुन्छ ।

उहाँले सिंहदरबार वैद्यखाना राजनीतिक अखडा बनेको र औषधी उत्पादन ठप्प भएको भन्दै वैद्यखाना राज्यको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो ।

कार्यकारी निर्देशक डा.केसीले यति दक्ष जनशक्ति भएको वैद्यखानालाई सरकारले स्थायित्व दिएर अगाडी बढाउनुपर्ने पनि बताउनुभयो ।

सिंहदरबार वैद्यखाना विकास समिति अन्तर्गतको गठन आदेशबाट सञ्चालित उद्योग भएकाले नेपाल सरकारको दरबन्दी नहुँदा पटक पटक समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पटक पटक वैद्यखानामा देखिएको समस्याका विषयमा अदालतमा मुद्दा पुगेपछि सर्वोच्च अदालतले नेपाल सरकारको एघारौँ तहको आयुर्वेदिक चिकित्सक पठाउने परमादेश दिएको थियो । तर दरबन्दी नभएका कारण चिकित्सक काजमा खटाउनुपर्ने अवस्था रहेकाले नियम सङ्गत नहुँदा यस्तो समस्या बारम्बार दोहोरिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, सिंहदरबार वैद्यखानालाई गठन आदेश अनुसार कसरी संशोधन गरेर अगाडी बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय र मन्त्रीपरिषद्को बैठकमा पनि छलफल हुँदै आएको छ । यसमा देखिएका सबै समस्या छिटै समाधान गर्ने गरी काम गर्न मन्त्रालय लागिपरेको छ ।

व्यवस्थापकीय लापरबाही र राजनीतिक हस्तक्षेपका कारण सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द हुने अवस्थामा पुगेको सरोकारवाला बताउँछन् ।

मुलुककै आयुर्वेदको धरोहरका रूपमा रहेको वैद्यखानालाई नियमित सञ्चालनमा ल्याउन सके आवश्यक आयुर्वेद औषधी छिमेकी मुलुक तथा बाहिरबाट डलर तिरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनुका साथै आयुर्वेद क्षेत्रका विज्ञहरूलाई पनि मुलुकमै रोजगारी दिन सक्ने अवस्था हुने थियो ।

बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.