• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४९ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

हात्तीपाइलेविरुद्ध साझा अभियान

  •  बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

महोत्तरी । मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले (फइलेरिया) विरुद्ध महोत्तरीमा सङ्गठित र साझा अभियान थालिएको छ । वैशाख १६ गते आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि सुरु गरिने १० दिने ‘आम औषधी सेवन अभियान’ मा कोही नछुटून् भन्ने अभिप्रायले यसलाई सङ्गठित र साझा अभियान बनाइएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस अभियानमा स्वास्थ्य सेवा प्रदायक सबै संस्था, स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक सङ्घसंस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सफल बनाइने स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख स्वास्थ्य प्रशासक सुनिता गुप्ताको भनाइ छ ।

अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयं सेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधी खुवाउने तरिकाबारे अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ । यसैगरी अभियानको पूर्ण सफलताका लागि वडा तहसम्म स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा, सञ्चारकर्मी र स्वास्थ्य सेवा प्रदायक संस्था आबद्ध व्यक्तिको साझा प्रयत्न अभियानमा जोडिएको प्रमुख स्वास्थ्य प्रशासक गुप्ताको भनाइ छ ।

“यसपालि औषधी सेवनमा एकजना पनि नछुटून् भन्ने ध्येयसाथ योजना बनाएर काम भएको छ, अभियानमा खटिएका स्वास्थ्यकर्मीले व्यक्ति व्यक्तिलाई भेटेर आफ्नै अगाडि औषधी खुवाउने छन्”, गुप्ता भन्नुहुन्छ, “यसका लागि कुनै घरमा पटकपटक पुग्नुपरे पनि स्वास्थ्यकर्मी पुग्नेछन् ।” घरका सदस्यको गणनामा औषधी छोडिँदा सबैले नखाइदिने र बेवास्ता गर्ने विगत अनुभवले यसपालि स्वास्थ्यकर्मीले आफ्नै अगाडि खुवाउने व्यवस्था मिलाइएको गुप्ताको भनाइ छ ।

मुलुकका सात हात्तीपाइले निवारण हुन नसकेका जिल्लामध्ये महोत्तरी परेपछि यसविरुद्ध प्रभावकारी नतिजा निकाल्न यसपालि आम औषधी सेवन अभियानमा जनजन परिचालित गर्न खोजिएको कार्यालयले जनाएको छ । अभियानको सफलताका लागि वडा तहसम्म सम्बद्ध पक्षबीच चरण–चरणका छलफलले योजना बनेका छन् । दुई वर्ष उमेर पुगेका सबैलाई उनीहरुको उचाइ मापन गरी आवश्यक मात्राको औषधी दिन अभियानमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई प्रशिक्षित गरिएको गुप्ताको भनाइ छ । यस अभियानमा दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डायलायसिस गर्नु परिरहेका स्वास्थ्य समस्याका बाहेक सबैलाई औषधी खुवाइने छ । यस अभियानअन्तर्गत यसपालि जिल्लाका सात लाख १६ हजार दुई सय६४ जनालाई औषधी खुवाइने गुप्ताले जानकारी दिनुभयो ।

मधेसका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहटसमेत चार जिल्लामा हात्तीपाइले रोगका बिरामी भेटिएपछि यीसहित मुलुकका कुल सात जिल्लामा यसविरुद्ध अभियान थालिएको छ । मधेसका बाहेक तराईका झापा र कपिलवस्तु एवं हिमाली जिल्ला रसुवामा सरकारले यो अभियान सञ्चालन गर्दैछ । राष्ट्रिय अभियानअन्तर्गत प्रत्येक वर्ष हात्तीपाइले निवारणका लागि औषधी सेवन गराइँदै आइए पनि महोत्तरीमा रोग फैलने क्रम पाइएको छ । गत वर्ष औषधी सेवन गराएपछि रक्त नमूना सर्वेक्षणमा जिल्लामा हात्तीपाइले बढ्दो समस्याका रूपमा पहिचान भएको हो ।

जिल्लाको मटिहानी नगरपालिकाका छ सय व्यक्तिमा रगत परीक्षण गरिँदा २१ जनामा हात्तीपाइले देखिएपछि यसपटक जिल्लामा कोही नछुट्ने गरी औषधी सेवन गराउने तयारी गरिएको हो । मटिहानीमा छ सय जनामा गरिएको रक्त परीक्षणको सर्वेक्षण नतिजाले डरलाग्दो अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले शारीरिक रूपमा अशक्त, अपाङ्ग र कुरुप बनाउने सरुवा रोग हो । सङ्क्रमण भइसकेर पनि वर्षौँसम्म यसका लक्षण नदेखिने भएको हुँदा अन्यमा चाँडै सर्ने सम्भावना रहन्छ । क्युलेक्स लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । औषधी सेवनले रोग निको हुने र अन्यमा नसर्ने हुँदा अहिले औषधी सेवनको प्रभावकारितामा जोड दिइएको हो ।

औषधी सेवन गर्दा कसैकसैलाई वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने, वान्ता आउने र ज्वरो आउने पक्ष औषधीको सेवनले शरीरमा भएका रोगका परजीवी नष्ट हुने क्रम भएको स्वास्थ्यकर्मीले स्पष्ट पारेका छन् । तसर्थ हात्तीपाइलेविरुद्धको आम औषधी सेवन अभियानमा सरिक भइ आपूm खाने र अरुलाई खान उत्प्रेरित गर्न स्वास्थ्य कार्यालय महोत्तरीले आम जिल्लावासीसँग अपिल गरेको छ । रासस

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.