• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

अपाङ्गता भएर पनि हिम्मत नहारेका दया: कालिगढ देखि मालिकसम्म

  •  बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

बाँके । कोहलपुर–१२ का दयाराम अधिकारी ।’ उहाँ अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ । ह्विलचियरको सहायतामा हिँडडुल गर्नुहुन्छ ।

अधिकारीले कोहलपुर ११– स्थित न्युरोड लाइनमा टेलरिङ व्यवसाय गर्दै आउनु भएको छ । ३५ वर्षीय अधिकारीले २०६९ सालमा टेलरिङ व्यवसाय सुरु गर्नुभएको हो । अरुण टेलर्सका मालिक र कामदार उहाँ आफै हुनुहुन्छ । एउटा मेसिनबाट अरूको टेलरिङ्ग सेन्टरमा कामदारका रुपमा काम सुरु गर्नु भएको अधिकारीले आफूले त्यही काम सिकेको एउटा मेसिन बाट नै व्यवसाय सुरु गर्नुभएको हो।

निरन्तरको प्रयास र सङ्घर्षबाट उहाँलाई सफलता हात परेको हो । हाल अधिकारीले आठ जनालाई रोजगारी दिनुभएको छ । उहाँको हालको सफलताको पछाडि विगतको कहाली लाग्दो सङ्घर्षको कथा छ।

बाँके कोहलपुरका दयाराम अधिकारी जो कालिगड देखि सफल व्यापारी बन्न सफल हुनुभएको छ । २०४६ सालमा सुर्खेतको गुर्भाकोट–२ मालारानीमा जन्मनुभएका अधिकारी घरको जेठो सन्तान त्यो पनि निम्न वर्गीय परिवारका । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उहाँले प्रमाणपत्र तहसम्मको मात्र अध्ययन पूरा गर्न सक्नुभयो । घरको जेठो छोरा भएकैले परिवारको आवश्यकता पूर्ति गर्न उहाँ सानै उमेरमै विदेशिन बाध्य हुनुभयो ।

भारतको कालापहाड पहाडी क्षेत्रका धेरै मानिसहरूको रोजगारीको गन्तव्य । काम खोज्दा खोज्दै अधिकारी भारतको हिमाञ्चल प्रदेशमा रहेको कालापहाडमै पुग्नु भयो । पटकपटक गरेर उहाँले त्यहाँ आठ वर्ष बिताउनुभयो । ‘दैनिक ज्यालादारी गरेर थोरै कमाइ हुन्थ्यो । अर्काको ठाउँमा धेरै दुःख हुन्थ्यो । विगतमा धेरै कष्ट गरियो ।’

जसोतसो जीवन चलिरहेकै थियो । विवाहसमेत भइसकेको परिवार र श्रीमतीको खुसीका लागि पनि उहाँको काँधमा ठूलो जिम्मेवारी थियो । त्यहीँ जिम्मेवारी बहन गर्न उहाँ हिमाञ्चल प्रदेशमा ‘नेपाली भैया’का रुपमा काम गर्नुहुन्थ्यो।

समय सधैँ एकैनास कहाँ हुँदो रहेछ । २०६६ वैशाख २४ गते उहाँको जीवनमा कालो दिन बनेर आयो । कामको शिलशिलामा ठूलो दुर्घटनामा पर्नुभयो।दुर्घटनाका कारण उहाँको मेरुदण्ड भाँचियो । उपचार गरेर निको त भयो तर, कम्मरभन्दा मुनिको भाग नचल्ने भयो । उहाँलाई ह्विलचियरको सहायता चाहिने भयो, आवतजावतको लागि । अधिकारी त्यतिबेला आफ्नो उपचारको लागि सातदेखि आठ लाख रुपैयाँ खर्च भएको बताउनुहुन्छ।

बल्ल बल्ल मृत्युको मुखमा पुगेर बाचेर फर्कनुभएका अधिकारी शारीरिक रुपमा अपाङ्गता भएपछि जन्मघर फर्कनु भयो लामो समयको अस्वस्थताका पछि उहाँ फेरि नयाँ जीवनको सुरुवात गर्ने सोचमा पुग्नुभयो घरपरिवारको जिम्मेवारीले उहाँलाई सधैँ छटपटी भइरहेको हुन्थ्यो तर सुर्खेतको भौगोलिक विकटताका कारण ह्विलचियरमा हिँडडुल गर्न सजिलो थिएन । त्यसैले आफ्नो स(परिवार सहित त्यही बर्ष कामको सिलसिलामा उहाँ बाँकेको कोहलपुर–१२ चप्परगौडीमा बसाइँ सरेर आउनु भयो ।

शारीरिक रुपमा अपाङ्गता भएनि उहाँमा दृढ विश्वास र काम गर्ने अठोट निकै थियो त्यसैले अपाङ्गताको क्षेत्रमा काम गर्ने अपाङ्ग नवजीवन केन्द्रको सम्पर्कमा जानुभयो। र उहाँले नवजीवन केन्द्रले प्रदान गरेको परिलक्षित कार्यक्रम मार्फत ६ महिने सिलाइकटाइ तालिम सिक्नुभयो तालिम सकिएपछि केन्द्रले एउटा मेसिन पनि दिएको थियो । त्यही मेसिनबाट उहाँले अरूको टेलर्समा कपडा सिलाउन थाल्नुभयो । करिब ५ वर्षजति अरूकोमा कालिगढको रुपमा सिलाइकटाइको काम गर्नुभयो।

तर सधैँ अरूकोमा काम गर्नुभन्दा आफैले केही गर्ने सोचमा पुग्नु भयो र आफूसँग भएको एउटा मेसिन अनि बुवाले दिनुभएको १० हजार रुपैयाँले सटर भाडामा लिएर व्यवसाय सुरु गर्नुभयो सुरुमा निकै दुख गर्नुभयो बिस्तारै व्यवसाय राम्रो हुँदै गयो । सबैको साथ र हौसला मिल्यो । अहिलेसम्म व्यवसाय राम्रो चलिरहेको उहाँको भनाई छ।

दश हजार एउटा मेसिनबाट मा सुरु गरेको व्यवसायलाई अहिले थप व्यवस्थित बनाउनुभएको छ । अहिले उहाँको व्यवसायमा ६० देखि ७० लाख रुपैयाँको लगानी छ । कुनैबेला आफ्नै रोजगारी खोज्दै भौँतारिनुभएका अधिकारीले अहिले आठ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिनुभएको छ ।

कर्मचारीको तलब, घरको सम्पूर्ण खर्च र छोराहरूको पढाइसहित अन्य खर्च जोडेर महिनामा करिब ५०र ६० हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । व्यवसायबाटै घरघडेरीसमेत जोड्न सफल हुनुभएको छ। अपाङ्गता भएका व्यक्ति सधैँ दयाका मात्र पात्र होइनन् अरूका लागि प्रेरणाका स्रोतसमेत बन्न सक्दछन् भन्ने गतिलो पात्र अधिकारी हुनुहुन्छ ।

अहिले सम्म साथीभाइको हौसला बाहेक कुनै निकायको आर्थिक सहयोग नलिनु भएका अधिकारीले आफु जस्ता अपाङ्गता भएका व्यतिहरुलाई दया होइन हौसलासङ्गै स्थानीय सरकारले अपाङ्ग भएका व्यक्तिलाई आर्थिक रुपमा सक्षम बनाउन नीति कार्यक्रम र बजेट बनाएर सिपमूलक काम सिकाएर प्रत्यक्ष रुपमा आयआर्जनको क्षेत्रमा जोड्न आवश्यक रहेको बताउनु हुन्छ।

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.