• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १० घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ११ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १५ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १५ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १५ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १५ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

पहिलोपटक स्थापना दिवस मनाउँदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

  •  शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भोलि वैशाख २३ गते पहिलोपटकस्थापना दिवस मनाउने भएको छ । न्याम्सले २२औँ स्थापना दिवसका अवसरमा पहिलो पटक यो दिवस मनाउन लागेको हो ।

वीर अस्पतालका पूर्वनिर्देशक एवं न्याम्सका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा बिस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिनुभयो । न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था बनेको उहाँको भनाइ छ ।

उपकुलपति बस्नेतका अनुसार न्याम्सबाट वार्षिक पन्ध्र सयभन्दा बढी एमडीएमएस, एक सय २० भन्दा बढी डीएमएस चिकित्सक, एक हजार चार सय नर्स गरी तीन हजार दुई सय ४६ जना दक्ष जनशक्ति न्याम्सबाट उत्पादन भएका छन् ।

“न्याम्सले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धिमूलक योगदान गरेको छ । तर गरेका काम देखिएन । त्यसैले यसपटक स्मारिकासमेत प्रकाशन गर्दैछौँ”, उपकुलपति बस्नेतले भन्नुभयो, “अहिले जिल्ला अस्पतालदेखि केन्द्रका सरकारी तथा निजी ठूला अस्पतालमा धेरै वर्चस्व न्याम्सबाट उत्पादन भएका एमडीएमएस गरेका विशेषज्ञ चिकित्सकहरू छन् ।”

उपचारात्मक सेवामा न्याम्सको योगदानको चर्चा गर्दै अझै विशिष्टकृत विषयमा अध्यापन गराउने योजना रहेको उहाँको भनाइ छ । उहाँले आगामी शैक्षिकसत्रमा एमबिबीएस कार्यक्रम सुरु गर्ने तयारीबारे जानकारी दिनुभयो ।

चिकित्सा शिक्षामा स्नातक र स्नातकोत्तरबीचको खाडल कम गर्न न्याम्स लागिपरेको उहाँको भनाइ थियो । उहाँले एमडीएमएस कार्यक्रम भरतपुर, विराटनगर र भेरीमा अध्यापनका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

न्याम्समा विशेषज्ञ चिकित्सक एमडीएमएस १९ विषयमा र डीएमएमसीएसका १५ विषयमा अध्यापन हँुदै आएको छ । “यहाँ जति धेरै विशेषज्ञ चिकित्सक उत्पादन हुन्छन्, त्यति नै देशभरका अस्पतालमा चिकित्सक सहज रूपमा उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो, “एमडीएमएस गरेर पिजी नपाएका चिकित्सकहरू धेरै हुनुहुन्छ । हामीलाई देशमा विशेषज्ञ चिकित्सकको कमी छ । तर त्यही विशेषज्ञ चिकित्सक बनाउन त्यत्ति सजिलो छैन । अध्यापनको जटिल कुरा हो तर न्याम्सले पूरा गर्दै आएको छ ।”

स्थापना दिवस मनाउने सन्दर्भमा उहाँले न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयले विशेषज्ञ चिकित्सक अध्यापनमा प्रभाव पर्न सक्ने बताउनुभयो ।

“अहिले छुट्याउने र जोड्ने कुरा आइरहेको छ, तर मेरो विचारमा छुट्याउन हुँदैन । न्याम्सको योगदान महत्त्वपूर्ण छ । सबै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने, तालिम दिने राम्रो काम भएको छ । यदि आफ्नो अस्पताल नै नहुने हो भने तालिमको नै वैधानिकता हुँदैन, मान्यता हुँदैन”, उहाँले भन्नुभयो ।

बस्नेतले स्वास्थ्य प्रतिष्ठानलाई पढाउनका लागि आफ्नै एउटा अस्पताल आवश्यक पर्ने भन्दै भक्तपुरको दुवाकोटमा अहिले जग्गा प्राप्ति भएको बताउनुभयो । “अहिले नै न्याम्सबाट वीर अस्पताल छुट्याउँदा डिग्रीकै मान्यता र वैधानिकतामा प्रभाव पर्छ, विद्यार्थीको भविष्यमा समेत असर पर्न सक्छ”, उहाँले भन्नुभयो ।

दुवाकोटमा बन्ने अस्पताल तीन चरणमा विभाजन गरिएको र प्रथम चरणमा पाँच सय, दोस्रोमा पाँच सय र तेस्रोमा पाँच सय गरी जम्मा पन्ध्र सय शय्या बनाउने प्रस्ताव अघि बढाएको उहाँको भनाइ छ । चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ न्याम्सको स्थापना भएको हो ।

विसं २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो । प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी÷एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । रासस

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.