• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गर्मी तथा ‘लु’ बाट बच्ने उपायहरु

  •  आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

गर्मी तथा ‘लु’ बाट बच्ने उपायहरु
डा शुभम शर्मा । बैशाख शुरुभएसंँगै अधिकांश तराइका जिल्लामा तापक्रम बढ्दा अत्यधिक गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाले यस वर्ष अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ । जसका कारण मानिसहरु निर्जलीकरणको शिकार भइरहेका छन् । मानिसहरु बिहानैदेखिनै सडकमा छाता बोकेर हिडिरहेका देखिन्छन् ।भैरहवामा गर्मी ४२–४३ डिग्रीसम्म पनी देखिएको रेकर्ड छ ।.भैरहवा स्थित भीमअस्पतालमा गर्मीका कारण बिरामीहरुको चाप पनि बढ्दै गएको छ ।

गर्मी मौसम सुरु हुनासाथ शरीरमा अत्यधिक पसिना आउन थाल्छ । जसका कारण शरीरमा पानी र नुनको कमी हुन्छ । गर्मी मौसममा पानीको मात्रा बढाउनुपर्छ । दिनभरी कम्तीमा १० गिलास पानी पिउनुहोस्। गर्मी मौसममा सम्भव भए दिउँसो बाहिर निस्कन हुंँदैन । बाहिर निस्कनु परेमा मुख छोप्ने वा टोपी लगाउने र घरबाट निस्कनुअघि पानी पनि पिउने गर्नुपर्दछ ।

अधिकांश मानिसहरु एसीको चिसोपनबाट बाहिर निस्किएर एक्कासी गर्मीमा आउँछन् वा अचानक हामी गर्मीबाट एसीको चिसोपनमा जान्छन अचानक तातोबाट चिसो वा चिसोबाट तातोमा जानु हुँदैन। पहिला शरीरको तापक्रम सामान्य गराउनु जरुरी हुन्छ ।

गर्मीमा खानपानमा ख्याल
बालबालिकामा गर्मीको प्रभाव छिट्टै हुन्छ । यदि बच्चाहरु दिनभर खेल्छन् भने, तिनीहरूलाई बीच बीचमा पानी दिदै जानुपर्छ । उनीहरुको खानपिनमा ध्यान दिनुपर्छ । चिसो, बासी खानाबाट टाढा रहनुपर्छ । बाहिरको खानबाट जोगिनुपर्छ । मदिरा, चिया, कफी र कार्बोनेटेड सफ्ट ड्रिंक्सको सेवन गर्नु हुंँदैन । किनकि यसले शरीरलाई निर्जलीकरण गर्छ। यदि तपाईं बाहिर आइसक्रिम, लस्सी, एनर्जी ड्रिंक वा अन्य चिसो पेय पदार्थहरू सेवन गर्दै हुनुहुन्छ भने, त्यसको शुद्धतालाई पनि ध्यानमा राख्नुपर्छ। उच्च प्रोटिनयुक्त खाना नखानुहोस् र बासी खाना नखानुहोस्। शरीरमा पानीको कमी भएमा जीवनजल पाउडरको पिउने वा घरमा नुन, चिनी र कागती पानी पिउंँदा शरीरलाई शितलता र उर्जा दिने गर्दछ ।

‘लु‘ बाट अपनाउनुहोस् यी सावधानीहरु

घरमा फलफूल खानुहोस्, काकरा जस्ता तरकारीको सेवन गर्नुहोस । यदि बान्ता र पखाला अत्यधिक मात्रामा देखा परेमा चिकित्सकसँग परामर्श लिनुहोस्। झाडापखाला लागेमा चिसो पेय पदार्थ नपिउनुहोस् । जतिबेला तिर्खा लाग्छ, पानी पिउनुहोस्। चर्को गर्मीमा दिउँसो श्रम वाला क्रियाकलाप नगर्नुहोस्। यदि दिनको तापक्रम उच्च छ भने खाना पकाउनबाट बच्नुहोस्। हजूरको भान्सा कोठामा हावाको आवत जावत हुनुपर्छ । भान्साकोठालाई राम्रोसँग हावाको सम्पर्कमा राख्नको लागि झ्याल र ढोका खुला राख्नुहोस्।

(लेखक डा शर्मा भैरहवा अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.