• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग

  •  सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

सुरुङ्गा । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराइएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत राजीवकुमार विष्टका अनुसार बिर्तामोड नगरपालिकाले अघिल्लो आर्थिक वर्ष यस्ता रोगीका लागि झन्डै रु एक करोड वितरण गरेको हो । यो आर्थिक वर्षका लागि समेत नसर्ने गम्भीर प्रकृतिका दीर्घरोगीको औषधि उपचार खर्चबापत प्रदान गरिने रकम सरकारसँग माग गरिएको उहाँको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यहाँ क्यान्सर रोगीको सङ्ख्या धेरै पाइएको छ । बिर्तामोडमा एक सय २६ जना क्यान्सर रोगीले सरकारले उपलब्ध गराउँदै आएको मासिक रु पाँच हजार नियमित लिँदै आएका छन् । बिर्तामोडमा क्यान्सर पछि मिर्गाैला रोगी धेरै देखिएका छन् । नगरका ३४ जना मिर्गाैला रोगीले सरकारले उपलब्ध गराएको औषधि उपचार सुविधा लिँदै आएका छन् ।

त्यस्तै, चारजनामा मेरुदण्डको पक्षाघात देखिएको छ । उनीहरुले समेत मासिक रु पाँच हजार औषधि उपचारका लागि खर्च लिँदै आएका छन् । चालु आर्थिक वर्षका लागि पनि यस्ता रोगीले पाउँदै आएको रकम प्रदान गर्ने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अधिकृत विष्टका अनुसार सुविधा पाउँदै आएका रोगीका विषयमा बुझ्ने काम भइरहेको र उनीहरुलाई जतिसक्दो चाँडो रकम प्रदान गर्ने तयारी भइरहेको छ ।

सरकारले गम्भीर प्रकृतिका बिरामीका लागि औषधि उपचार गर्न सहयोग पु¥याउने उद्देश्यले २०६८ सालमा कार्यविधि बनाएर यस्ता रोगीलाई औषधि उपचार खर्च प्रदान गर्दै आएको छ । सोही कार्यविधिअनुसार हाल देशभर रहेका ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि तयार गर्दै अघिल्लो आर्थिक वर्षबाट यस्ता बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो । मन्त्रालयले तयार गरेको कार्यविधिको दफा २ (ख) मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन–तीन महिनाभित्र निरन्तर निगरानी ‘क्लोज फलोअप’ राखेका व्यक्तिलाई यो सुविधा प्रदान गर्ने गरिएको छ ।

यसैगरी, मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिलाई पनि सरकारले औषधि उपचार खर्च प्रदान गर्दै आएको छ तर सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा सङ्गठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी ‘पेन्सन’ प्राप्त गरिरहेको व्यक्तिले भने यस सुविधा लिन नसक्ने कार्यविधिमा उल्लेख छ ।

यसैगरी, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ । एकभन्दा बढी रोग लागेकाले पनि दोहोरो भत्ता नपाउने कार्यविधिमा उल्लेख छ ।

नसर्ने रोगका कारण नेपालमा वार्षिक एक लाख ३७ हजारजनाको मृत्यु हुने गरेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा वार्षिक कूल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेकोे छ । रासस

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.