• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तनहुँमा डायलासिस गराउन पालो पर्खिनुपर्ने समस्या हट्यो

  •  मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित

डुम्रे (तनहुँ) । तनहुँमा मिर्गौला रोगका बिरामीले ब्यहोर्नुपर्ने सास्ती हटेको छ । बिरामी बढेसँगै डायलासिस गर्ने उपकरण थपिएपछि जिल्ला अस्पतालमा उपचार सहज भएको छ । दमौली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा परिवर्तन बरालले विगतमा बिग्रिएका उपकरणको स्थानमा नयाँ उपकरण जडान गरिएपछि अस्पतालमा बिरामीलाई डायलासिस सेवा सहज बन्दै गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा ‘डायलासिस मेसिन’ उपलब्ध भएपछि हाल सेवा प्रवाह सहज भएको छ । डा बरालले भन्नुभयो, “डायलासिसकै लागि पालो कुर्नु अवस्थाको अन्त्य भएको छ, दमौली अस्पतालले तीनवटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचीमा रहेका सबै सेवाग्राहीले समयमा नै सेवा पाएका पाउनुभएको छ ।”

जिल्लास्थित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले समन्वयमा नयाँ मेसिनको व्यवस्था भएपछि प्रतीक्षा सूचीमा रहेका २१ डायलासिसका बिरामीले पालो कुर्नुपर्ने अवस्था हटेको उहाँले बताउनुभयो । डा बरालले भन्नुभयो, “अस्पतालमा मेसिन अभाव र धेरै बिरामी भएकाले उहाँहरुले समयमै डायलासिस गर्न पालो पर्खनुपर्ने सास्ती अहिले समाधान भयो, पालो कुर्नु नपर्दा बिरामीलाई डायलासिस उपचार सेवा लिन सहज भएको छ, सातवटा मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।” अहिले सबैले समयमा नै उपचार पाएको उहाँले बताउनुभयो ।

कूल आठ मेसिनमध्ये सात वटाबाट सेवा प्रवाह भइरहेको छ भने एउटा भैपरी आउने अवस्थामा प्रयोग गर्न राखिएको छ । उहाँले भन्नुभयो, “एउटा मेसिन मात्रै बिग्रिएको खण्डमा स्टकमा राखिएको मेसिनको उपयोगबाट सेवा प्रवाह गर्न सक्नेछौँ ।”

अस्पतालको डायलासिस युनिटका प्रमुख शैलेन्द्र मिश्रले डायलासिस सेवा लिनेमा ५५ बिरामीले सेवा लिइरहेका जानकारी दिनुभयो । उहाँका अनुसार हप्ताको दुई पटक ४९, तीन पटक पाँच जना र एक पटक एक जना गरी ५५ बिरामीले डायलासिस सेवा लिइरहेका छन् ।

हाल डायलासिस युनिट कक्षमा सात डायलासिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीन पटक प्रत्येक बिरामीलाई आलोपालो डायलासिस सेवा दिने गरिएको छ । यहाँबाट तनहुँसहित लमजुङ, गोरखा र कास्कीका बिरामी सेवा लिइरहेका उहाँले बताउनुभयो । डायलासिसको युनिट स्थापना गर्ने तथा क्षमता थप गर्ने गरिएकोले बिरामी चाप कम हुँदा पालो कुर्नु नपरेको मिश्रले जानकारी दिनुभयो ।

मिश्रले भन्नुभयो, “एक सय ५० जनासम्म प्रतीक्षा सूचीमा हुनुहुन्थ्यो, हाल छिमेकी जिल्लामा युनिट सञ्चालन गरिएपछि बिरामीको चाप पनि घटेको छ ।” विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो ।

हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको हो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा छवटा डायलासिस उपकरण जडान गरिएको थियो पछि तीनवटा उपकरण थप गरिएको हो ।

केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना पति शत्रुघ्न उपाध्यायको स्मृतिमा रु एक करोड सहयोग गर्नुभएको थियो । उहाँले पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै गएर उपचार तथा डायलासिस सेवा लिनुपर्ने बाध्यता थियो ।

हाल जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालमा पनि डायलासिसको सेवा प्रवाह भइरहेकाले पनि यहाँ बिरामीको चाप कम हुन थालेको छ । त्यस्तै छिट्टै नै जीपी कोइराला श्वासप्रश्वास राष्ट्रिय उपचार केन्द्रमा पनि डायलासिस सेवा दिने तयारी भइरहेको जनाएको छ । रासस

मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.