• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

दाङमा रगत अभाव
  • २२ मिनेट 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • ४ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • ४ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • २३ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • २३ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • २३ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १ दिन 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १ दिन 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

  • १०. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार

  •  बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

बागमती । बागमती प्रदेश सरकारले लोपोन्मुख, सिमान्तकृत र अपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाती, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारलगायतलाई निशुल्क स्वास्थ्य बीमा गराएको हो ।

गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उक्त लाभान्वित समूहका १७ हजार सात सय ३२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । बीमा गरिएकाहरुको प्रिमियमबापत हालसम्म बीमा कम्पनीलाई रु छ करोड २२ लाख ५१ हजार छ सय भुक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा रवीन भुषालले जानकारी दिनुभयो ।

सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रम अन्तर्गत हालसम्म सबै भन्दाबढी दोलखामा तीन हजार चार सय ५२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । सबै भन्दा कम मकवानपुरमा एक सय एक परिवारको स्वास्थ्य बीमा भएको छ ।

प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत चितवनमा तीन हजार एक सय २७, सिन्धुपाल्चोकमा दुई हजार पाँच सय ९८, धादिङ जिल्लामा एक हजार पाँच सय ९३, काभ्रेपलाञ्चोकमा एक हजार पाँच सय ४९, काठमाडौँमा एक हजार दुई सय छ, रामेछापमा एक हजार दुई सय ९० परिवारले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरि ललितपुरमा नौ सय ४८, नुवाकोटमा नौं सय तीन, सिन्धुलीमा छ सय ४९, रसुवामा दुई सय २५ र भक्तपुरमा एक सय पाँच परिवारको स्वास्थ्य बीमा गरिएको छ ।

चार जना सदस्य भएको परिवारले रु तीन हजार र सात जना सदस्य रहेको परिवारले रु तीन हजार पाँच सय वार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराईएकामध्ये महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारको बीमा बापतको प्रिमियम रकममा ५० प्रतिशत सङ्घीय सरकारले र बाँकी ५० प्रतिशत प्रदेश सरकारले तिरिदिने व्यवस्था रहेको सूचना अधिकारी डा भुषालले बताउनुभयो ।

लोपोन्मुख जाती, अति सीमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गताको प्रिमियम बापतको सम्पूर्ण रकम प्रदेश सरकारले बीमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था छ । प्रत्येक स्थानीय तहको वडामा खटिएका दर्ता सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बीमा गर्ने गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट बीमा गराएको परिवारले वर्षमा रु एक लाखसम्मको निःशुल्क औषधोपचार पाउने छन् । रासस

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दाङमा रगत अभाव
सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

दाङमा रगत अभाव

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.