• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४९ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर

  •  बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

वीरगञ्ज (पर्सा) । वीरगञ्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको छ । हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी पुरुषहरुले विद्यालयको अगाडीको भागतर्फ फर्केर खुल्ला शौच गर्दा विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षक÷शिक्षिकामा पनि नकारात्मक असर पार्दै आइरहेको छ । खुला हाटबजारबाट विद्यालय पश्चिम दिशामा अवस्थित छ ।

हाटबजारको एक मिनेटकै दुरीमा सार्वजनिक शौचालय नभएको पनि होइन । तर, जनचेतनाको अभाव र मनलाग्दी ढङ्गले शौच गर्ने प्रवृत्तिकै कारणले कलिला उमेरका बालबालिकामा मनोवैज्ञानिक असर पार्ने गरेको हो । रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) प्रभुप्रसाद रौनियारले हाट बजारमा आउने सर्वसाधारणले विद्यालयतर्फ फर्किएर शौच गर्दा बालबालिकामा नराम्रो असर पार्दै थालेको बताउनुहुन्छ । ‘‘हाटबजारमा आउनेहरुले विद्यालयतर्फ फर्किएर शौच गरिरहेको दृश्य देख्दा लाजैमर्दो अवस्था हुने गर्छ,’’ उहाँले भन्नुभयो, ‘‘विद्यालयको पर्खाल होचो भएकाले पनि शौच गरिरहेको दृश्य नचाहेर पनि देख्नुपर्ने बाध्यता छ । यो समस्याको विषयमा सम्बन्धित निकायमा मौखिक जानकारी गराउँदै आइरहेको छु ।’’ विद्यालयमा साढे ६ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

प्रअ रौनियारले कलिला उमेरका बालबालिकालाई यस्ता खालका दृश्यले मनोवैज्ञानिक असर पार्न सक्ने बताउनुहुन्छ । यो विद्यालय वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा पर्दछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले बजारमा आउनेले खुला शौच गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा असर पार्दै आइरहेको बताउनुभयो । ‘‘खुला तरकारी बजारमा आउनेले खुला शौच गर्ने विषयमा बारम्बार नगर कार्यपालिकाको बैठकमा आवाज उठाउँदै आइरहेको छु । यसलाई व्यवस्थित गर्न जरुरी भइसकेको छ ।’’

उहाँले भन्नुभयो,‘‘सो समस्या समाधानको लागि विद्यालय प्राङ्गणमा अग्लो खालको पर्खाल लगाउनुपर्ने देखिन्छ । त्यसो गर्न नसकिने हो भने बजारमा खुला शौच गर्न रोक लगाउन जरुरी भइसकेको छ ।’’ वडाध्यक्ष गुप्ताले जभाभावी रुपमा विद्यालयतर्फ फर्किएर शौच गर्दा छात्रा र शिक्षिकालाई अझै धेरै अप्ठ्यारो परिरहेको बताउनुभयो । ‘‘वडासँग पर्याप्त बजेट नभएकाले पनि सो समस्या समाधान गर्न सकेका छैनौँ,’’ उहाँले भन्नुभयो,‘‘अब यो समस्याको विषयमा गम्भीर भएर समाधान गर्नेतर्फ अग्रसर हुनेछौँ ।’’

वडाध्यक्ष गुप्ताले आफू जनप्रतिनिधि भएर आएसँगै प्रत्येक वर्ष विद्यालयको लागि बजेट विनियोजन गर्दै आइरहेको पनि दावी गर्नुभयो । ‘‘पहिलो वर्ष विद्यालयको छानो र सिँढी संरचना बनाउन तीन लाख बजेट उपलब्ध गराएका थियौं,’’ उहाँले भन्नुभयो, ‘‘यो वर्ष पनि विद्यालय प्राङ्गणमा नाली निर्माण गर्न रु पाँच लाख बजेट विनियोजन भएको छ । सो बजेटले अहिले निर्माणसम्बन्धी काम हुँदै छ ।’’

बजारक्षेत्रसँगै जोडिएर सार्वजनिक शौचालय पनि छ । सो सार्वजनिक शौचालयमा शौच गर्ने मूल्य धेरै भएको प्रयोगकर्ताको गुनासो छ । सो सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको १५ र नुहाउनेका लागि रु ४० तोकिएको छ ।
वडाध्यक्ष गुप्ताले सार्वजनिक शौचालयको मूल्य बढी र सर्वसाधारणमा जनचेतनाको अभावकै कारणले खुला शौच गर्दै आइरहेको बताउनुभयो । ‘‘हामीले खुला दिसामुक्त क्षेत्र भनेका छौँ । तर जथाभावी दिसापिसाबले सहरलाई नै दुर्गन्धित बनाइरहेको छ ।’’

महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले जथाभावी रुपमा शौच गर्नेलाई नियन्त्रण गर्न कर्मचारी खटाएर सुधार्न खोजिरहे पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताउनुभयो । ‘‘हामीसँग कर्मचारी अभावको कारणले २४ सै घण्टा कर्मचारी खटाउन सक्ने अवस्थामा छैनौँ । महानगरले बेलाबेलामा बजार व्यवस्थापन गर्ने टोलीसँग पनि खुला शौच नियन्त्रण गर्न निर्देशन दिँदै आइरहेका छौँ ।’’ शाखा प्रमुख मियाँले अव्यवस्थित रुपमा सञ्चालन हँुदै आएको हाटबजारलाई हटाएर पार्क बनाउने योजना रहेको पनि बताउनुभयो । ‘‘अहिले अव्यवस्थित रुपमा राखेको हाट बजार हटाउने क्रममा छौँ । एक महिनाभित्रै हटाउनेछौं,’’ उहाँले भन्नुभयो ‘‘यस अघि एक पटक मेयरसाबले पनि हटाउने पहल गर्नुभएको थियो । तर, विभिन्न अवरोधले अघि बढ्न सकेन । रासस

बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.