• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

  •  सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

सुरुङ्गा (झापा) । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो बनेको हो ।

बिर्तामोडले नगरभित्रका ९९.१८ प्रतिशतलाई मानिसलाई औषधि सेवन गराउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो । बिर्तामोडको कूल जनसङ्ख्या एक लाख २० हजार तीन सय ३८ मध्ये एक लाख १० हजार तीन सय ५५ लाई ओषधि खुवाउने लक्ष्य लिएको थियो ।

नगरपालिकाले लिएको लक्ष्यभन्दा धेरै जनालाई औषधि सेवन गराउन सफल भएको नगरपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा १.९ प्रतिशत अर्थात् १०९ प्रतिशतलाई औषधि सेवन गाइएको हो ।

“बिर्तामोडले निर्धारण गरेको लक्ष्यमा औषधि खान नमिल्ने जनसङ्ख्यालाई कटाइएको थियो । त्यसलाई आधार मान्दा लक्ष्यभन्दा बढीलाई औषधि सेवन गराइएको छ”, फोकल पर्सन सापकोटाले भन्नुभयो, “जिल्लाको कूल जनसङ्ख्यालाई आधार मानेर प्रतिशत निकाल्ने गरिएको छ । नगरले औषधि खान मिल्नेलाई मात्रै आधार मानेर औषधि खानेको सङ्ख्यालाई प्रतिशतमा निकालेकाले १.९ प्रतिशत देखिएको हो ।”

अभियानअन्तर्गत १० वटा वडा रहेको बिर्तामोडमा वडा नं १ मा १० हजार आठ सय ८१, वडा नं २ मा १२ हजार छ सय ५५, वडा नं ३ मा ११ हजार छ सय १९, वडा नं ४ मा १४ हजार सात सय ९३ र वडा नं ५ मा २४ हजार २३ जनाले औषधि सेवन गरेका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ६ मा सात हजार एक सय ३४, वडा नं ७ मा आठ हजार तीन सय ५६, वडा नं ८ मा छ हजार छ सय ६९, वडा नं ९ मा पाँच हजार छ सय ४२ र वडा नं १० मा आठ हजार पाँच सय ८३ जनाले आमऔषधि सेवन कार्यक्रमअन्तर्गत ओषधि सेवन गरेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अभियानका क्रममा भद्रपुर नगरपालिकामा सबैभन्दा कमले औषधि सेवन गरेका पाइएको छ । वैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालित अभियानमा भद्रपुरले ४४.२७ प्रतिशत औषधि सेवन गराएको नगरपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीमा ७७, अर्जुनधारामा ७४, कनकाईमा ८५, शिवसताक्षीमा ८४, दमकमा ७० र गौरादह नगरपालिकामा ६२ प्रतिशतलाई औषधि सेवा गराइएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा ९०, कमलमा ६७, गौरीगञ्जमा ७७, झापामा ७५, बाह्रदशीमा ८५, हल्दिवारीमा ७० र कचनवकल गाउँपालिकामा ८४ प्रतिशत नागरिकले औषधि सेवन गरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्राकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै पालिकाको लक्ष्य ८० प्रतिशत रहेकामा २० प्रतिशतलाई सेवन गर्न नमिल्ने समूहमा गणना गरिएको थियो । सबै पालिकाको ८० प्रतिशत नतिजा भनेको करिब शतप्रतिशत रहेको बाह्राकोटीको भनाइ छ ।

अभियानको १५औँ दिनसम्ममा झापामा आठ लाख चार हजार सात सय ३७ जनालाई औषधि सेवन गराइएको हो । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले झापासहित सात जिल्लामा हात्ती पाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरेको हो । रासस

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.