• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आर्थिक अभावले पाठेघरको रोग पाल्न बाध्य हुम्लाकी होइजाली

  •  शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित

हुम्ला । हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहनुभएको छ । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् ।

पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहँुदा घरमै रोग पालिरहनुभएको छ । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आउनुभएको छ । गत जेठमा रु ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुग्नुभयो । अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । चौध दिन अस्पताल बसेर धामीले उपचार गर्नुभएको थियो । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताउनुभयो ।

होइजालीले औषधि खाएर सक्नुभएको छ, तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहेको मैला स्वास्थ्यचौकीका इन्चार्ज धनराज ढकालले बताउनुभयो । अर्थावस्था निकै कमजोर रहेको उहाँको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडासमेत नभएको गुनासो गरेको इन्चार्ज ढकालले बताउनुभयो । तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीले बताउनुभयो ।

श्रीमान् दलसुर धामीले श्रीमतीको उपचारका लागि घरमा भएको भैँसी यसअघि नै बिक्री गरेर उपचार गर्नुभयो । तर अहिले बिक्री गर्नलाई सम्पत्तिसमेत नहुँदा श्रीमतीको उपचार गर्न नसकेको दुःखेसो पोख्नुभयो । सुरुसुरुमा होइजालीले आफ्नो समस्या लुकाउनुभएको थियो, अहिले धेरै अफ्ठ्यारो भएपछि मात्र उहाँले समस्या भएको बाहिर ल्याउनुभएको हो ।

होइजालीजस्तै हुम्लाको ग्रामीण बस्तीका महिलामा पाठेघर खस्ने समस्याले बढी देखिने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिला यो समस्याबाट बढी पीडित भएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । धेरै महिला यौन रोग लुकाएर पालिरहेका छन् । अफ्ठ्यारो अवस्थामा मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।

यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली–अ‍ेराली गर्नुपर्ने, भारी बोक्नुपर्ने, बच्चा धेरै जन्माउनुपर्ने अशिक्षाका कारण लाज मान्ने प्रवृत्तिले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी ढकालले बताउनुभयो । दुर्गमका महिलाहरू अझै पनि वर्षौँदेखि रोग लुकाएर बस्ने गरेका छन् ।

शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.