• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १३ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १३ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १८ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १८ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १८ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १८ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’

  •  बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पु¥याउँदै आएको योगदान सराहनीय रहेको बताउनुभएको छ । संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र रहेर दक्ष एवं उत्कृष्ट व्यावसायिक चिकित्सक र चिकित्सा क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले चिकित्सा शिक्षा र जनशक्तिको राष्ट्रिय आवश्यकता पूरा गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले आफ्नो गरिमा र गुणस्तर कायम राख्नुपर्ने बताउनुभयो । संस्थानले पछिल्लो युगमा विकास भएका प्रविधिसँगै गुणस्तर कायम गर्दै सहकार्य गर्न सकोस् भनी उहाँले कामना गर्नुभयो । प्रधानसेनापति शर्माले संस्थानलाई बजेट तथा जनशक्तिको कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थापनाकालदेखि नै चिकित्सक उत्पादन गर्ने अग्रणी संस्थाका रुपमा संस्थानलाई विकास गर्न परोक्ष र प्रत्यक्षरुपमा संलग्न सैनिक कमाण्डर र प्राध्यापकले दिनुभएको योगादनको प्रधानसेनापति शर्माले उच्च कदर गर्नुभयो । चिकित्सा क्षेत्रमा विकास भएका नवीनतम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“नेपाली सेनाले सानै भए पनि १३ मुलुकमा शान्ति स्थापनार्थ खटिएका शान्ति सैनिकलाई नेपालमा रहेका विशेषज्ञ चिकित्सकले उपचार र सुझाव दिन ‘युएन कन्फरेन्स’ कक्षको स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “यो संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण एसियामा नै पहिलो हो, यसका लागि संस्थानले पु¥याएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।”

अबको विश्व प्राविधिकरुपमा युक्त हुँदै गइरहेको उल्लेख गर्दै प्रधानसेनापति शर्माले चिकित्सा क्षेत्रमा विकास भइरहेका प्रविधिको समुचित प्रयोग गर्न आग्रह गर्नुभयो । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स तथा टेलिमेडिसिनको प्रयोगबाट चिकित्सा क्षेत्रमा ठूलो सफलता मिलेको उल्लेख गर्दै उहाँले चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले प्रविधिको प्रयोगमा आफूलाई अब्बल बनाउनु आवश्यक भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले छोटो अवधिमा संस्थानले चिकित्सा क्षेत्रमा धेरै प्रगति गरी ठूलो गरिमा हासिल गरेको बताउनुभयो । उहाँले सैनिक तथा गैरसैनिक परिवारका सन्ततिलाई छात्रवृत्तिमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न संस्थानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

संस्थानका कार्यकारी निर्देशक देवेन्द्रबहादुर खत्रीले सैनिक कल्याणकारी योजनाअन्तर्गत सञ्चालित संस्थानले चिकित्सा जनशक्ति उत्पादन गर्न विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले हाल विभिन्न तहमा एक हजार एक सय ९० विद्यार्थी विभिन्न विधामा अध्ययनरत रहेका जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न विधामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई मेडल र पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा चिकित्सा क्षेत्र अध्ययनरत विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । रासस

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.