• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १६ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १६ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १७ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १९ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २० घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २२ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ७. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ८. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. खैरो हेरोइनसहित चार जना पक्राउ

सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन कार्यान्वयनमा जोड

  •  शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सांसद डा आरजु राणा देउवाले प्रजनन स्वास्थ्य अधिकार ऐन कार्यान्वयन तथा संशोधनमा जोड दिनुभएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपाल र मेरी स्टोप्स नेपालद्वारा आज यहाँ आयोजित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनको अवस्थासम्बन्धी समीक्षा गोष्ठीमा उहाँले त्यस्तो बताउनुभएको हो । महासङ्घका अध्यक्षसमेत रहेकी डा राणाले भन्नुभयो, “हामीले सञ्जालमार्फत सीमान्तकृत महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धन गर्ने काम गरिरहेका छौँ। पाठेघरका मुखको क्यान्सर परीक्षण, सुत्केरी बिदालगायत धेरै विषयमा काम गर्नुपर्नेछ । ऐन संशोधन गर्दा यी कुरामा ध्यान दिनुपर्छ ।” प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले आमा र नवजात शिशुको स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षित मातृत्व प्रवर्द्धनका लागि पुरुषहरूको संलग्नता वृद्धि गर्न प्रजनन स्वास्थ्यका विषयमा शिक्षा दिनुपर्नेमा उहाँको जोड थियो ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले यस क्षेत्रमा छोटो समयमा धेरै उपलब्धि भइसके पनि समग्र सूचकमा सुधारका लागि काम गर्नुपर्ने बताउनुभयो । “हामी अहिले कहाँ छौँ भन्ने कुरा महत्वपूर्ण हो । आमा सुरक्षा कार्यक्रमलाई व्यवस्थित भएर लानुपर्नेछ । लुम्बिनी र मधेस प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर छ, त्यसैले त्यहाँको अवस्था सुधारमा जोड दिनुपर्दछ”, उहाँले भन्नुभयो । डा मिश्राले सुरक्षित मातृत्वसम्बन्धी ऐन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलपछि पुनः स्वास्थ्य मन्त्रालय आएको जानकारी दिँदै त्यसमा सुझावअनुसार आवश्यक संशोधन हुने बताउनुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा विवेकलाल कर्णले सुरक्षित मातृत्वसम्बन्धी वर्तमान अवस्था प्रस्तुत गर्दै करिब पाँच प्रतिशत मातृ मृत्यु गर्भपतनको जटिलताका कारण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा भएका नीतिगत त्रुटिलाई सच्याउनका लागि पहल र पैरवी गर्दैछौँ । त्यसैगरी सुरक्षित गर्भपतनसम्बन्धी सूचना, शिक्षासामग्री बनाई सही जानकारी दिएर लाञ्छनालाई घटाउने प्रयास गर्ने छौँ ।”

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा आरपी बिच्छाले अब हुने ऐन संशोधनमा प्रसूति बिदा बढाउनुपर्ने, महिलाको पोषणमा ध्यान दिनुपर्ने र किशोकिशोरीका विषयहरु पनि समेटिनुपर्नेमा जोड दिनुभयो । रासस

शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.