• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १५ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १५ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १६ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १८ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १९ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २१ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ४. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ९. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

सुर्तीजन्य पदार्थरहित दिवस : सुर्तीजन्य पदार्थको पहुँचमा कमी ल्याउनुपर्ने

  •  शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले सुर्तीजन्य पदार्थको प्रयोग र स्वास्थ्यमा पर्ने गम्भीर असरलाई दृष्टिगत गरी सुर्तीजन्य पदार्थको पहुँच र प्रयोगको दरमा कमी ल्याउनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस कार्यक्रममा उहाँले हरेक वर्ष विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वार्षिक ८० लाख मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको र नेपालमा ३९ हजारभन्दा बढीले अकालमा ज्यान गुमाउने गरेको बताउनुभयो । यो तथ्याङ्क कूल मृत्यु हुने सङ्ख्याको १८ प्रतिशत हो । विश्वभरि आज ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोगहरु निम्त्याउने प्रमुख कारकका रुपमा रहेको सुर्तीजन्य पदार्थले स्वास्थ्यका साथै समग्र वातावरणमा पनि क्षति पु-याएको उहाँको भनाइ छ ।

सुर्तीजन्य पदार्थसँग सम्बन्धित समस्या र स्वास्थ्यको असरहरुको न्यूनीकरणमा अपेक्षित नतिजा हासिल गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन तथा कानुनलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न अपरिहार्य रहेको उहाँले बताउनुभयो । सुर्तीजन्य पदार्थको विज्ञापन निषेध गरिएको भए पनि बिक्री वितरण कडाइका साथ नियमन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्दै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न विभिन्न ऐन, कानुन बनाइएको बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थ सेवनलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थमा कर बढाउने, धुम्रपानरहित वातावरणमा लागू गर्ने, सादा प्याकेजिङ लागू गर्ने, जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा दिने स्थानमा धुम्रपान छोड्न मद्दत गर्न संरचनाको व्यवस्था गर्ने कार्यमा मन्त्रालय अग्रसर रहेको स्पष्ट पार्नुभयो ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही बालबालिकालाई सुर्तीजन्य पदार्थबाट जोगाउन चकलेट, स्ट्रबेरी, चेरीलगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्न नहुने बताउनुहुन्छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले कूल क्यान्सरको ४० प्रतिशत कारण घुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै, सुर्तीजन्य पदार्थको सेवनले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ । गर्भावस्थामा यसको प्रयोगले कम तौल भएका बच्चा जन्मनु तथा समय अगाडि जन्मिने, गर्भ तुहिनेजस्ता जटिलताहरु निम्त्याउन सक्छ । सुर्तीजन्य पदार्थका सेवनले मुखको, फोक्सोको क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात तथा रक्तनलीसम्बन्धी रोग लाग्ने गर्दछ ।

छ जना पुरस्कृत

दिवसका अवसरमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाममा भूमिका निर्वाह गरेका छजनालाई पुरस्कृत गरिएको छ । पत्रकार अतुल मिश्र, नीता सापकोटा र डिवी खड्का तथा संस्थातर्फ हेल्थ नेपाल प्रालि, कर्मचारीतर्फ विनोदविन्दु शर्मा र सुनिल शर्मालाई नगद रु ५० हजारसहित पुरस्कृत गरिएको हो । रासस

शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.