• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नुवाकोट कोरोना मुक्त

  •  सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित

नुवाकोट । नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएको र नयाँ सङ्क्रमित थप नभएकोब बताउनुभयो ।
कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो । भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो । जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको सक्रमण देखा परेको थियो । पहिलो लहर विसं २०७७ फागुन २३ गतेदेखि सक्रमणमुक्त बनेको थियो ।

यसपछि विसं २०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम रहेको थियो । यसको दश दिनपछि पुनः पुस २५ गते कोरोनाको तेस्रो लहर भित्रिएको जिल्लामा पहिचान भएको थियो । आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो । हालसम्म जिल्लामा कोरोनाको कारण निधन हुनेको सङ्ख्या ५२ जना कायम छ ।

कोरोनाको पहिलो लहरमा एक हजार १४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३ थप भएका थिए । हालसम्म सङ्क्रमित हुने कूल सङ्ख्या जिल्लामा नौ हजार ३६३ पुगेपछि सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।

कोरोनाबाट बच्न जिल्लावासीलाई अन्य जिल्लामा आउजाउ गर्दा सावधानी अपनाउन, बाहिरी जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यमा निगरानी गर्न, यसबाट बच्न सरकारले निःशुल्क उपलब्ध गराएको रोगविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।

“रसुवा जिल्ला पनि यसअघि नै कोरोना सङ्क्रमणमुक्त जिल्ला भइसकेकाले अब नुवाकोट र रसुवा दुवै जिल्लाले सावधान अपनाइ रोगको भाइरस भित्रन नदिन सजग हुनुपर्छ ।” उहाँले भन्नुभयो, “सङ्क्रमणमुक्त भएको समयमा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मपदण्डको पालना गर्न र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराई सतर्कता अपनाएमा सङ्क्रमणलाई परास्त गर्न सकिन्छ ।”

कोरोनालगायतका अन्य सरुवा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाअन्तर्गत घरबाट बाहिर सार्वजनिकस्थलमा आजजाउ गर्दा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न, साबुनपानीले राम्रोसँग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयले स्मरण गराएको छ ।

जिल्लामा कोरोना रोक्न त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो । जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब ५०० आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए । त्यो अहिले पनि कायम नै राखिएको छ ।

सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.