• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

  •  मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

वीरगञ्ज (पर्सा) । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।

पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । “जिल्लाको १४ वटै पालिकामा आइपिभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो”, उहाँले भन्नुभयो, “हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्याङ्कले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ । अहिलेसम्म अन्तिम तथ्याङ्क भने आइसकेको छैन ।”

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आइपिभी खोप लगाउन बञ्चित बालबालिकालाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले पर्सा जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष्यसहित अभियान सुरुआत गरेको थियो ।

प्रमुख डा साहले खोप अभियानमा लक्ष्यभन्दा पनि केही प्रतिशत बढी बालबालिकामा खोप लगाइएको दाबी गर्नुभयो । “वीरगञ्जमा अन्य क्षेत्रबाट बालबालिका आउने क्रम धेरै हुने भएकाले पनि लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउन पाएका छन्”, उहाँले भन्नुभयो, “खोप अभियानका क्रममा कुनै पनि प्रकारको अवाञ्छित घटना भएन । सबै निकायको समन्वय र सहकार्यमा खोप अभियानलाई सफलतापूर्वक अघि बढाउन सक्यौँ ।”

पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगञ्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सञ्चालन गरिएको थियो । त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

त्यस्तै दोस्रो चरणमा भने जेठ २३ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सोही अभियानमा पोखरिया र पर्सागढी नगरपालिका सहित जिराभवानी , जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका बालबालिकाममा खोप लगाइएको थियो । सोही अभियानमा वीरगञ्ज महानगरपालिका–१७ देखि ३२ नम्बर वडा क्षेत्रमा खोप लगाइएको थियो । यस्तै, जेठ २७ गते छुटफुट भएका बालबालिकालाई खोप लगाइएको थियो । पोलियो रोगविरुद्धको खोप दुई प्रकारका रहेका हुन्छन् । मुखबाट खुवाइने पोलियो खोप (ओपिभी) सुईबाट दिइने पोलियो खोप (आइपिभी) भन्ने गरिन्छ । रासस

मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.