• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ईशान बाल अस्पतालले गर्यो ११ बर्षीया बालिकाको जटिल शल्यक्रिया

  •  आइतबार, असार ०३, २०८१ मा प्रकाशित

काठमाडौँ । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पतालमा ११ वर्षकी बालिकाको जटिल र दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ ।

रामेछाप जिल्ला लिखु तामाकोसी –६ की ११ वर्षकी तृष्णा थापाको जन्मजात मुत्र थैली नबनेको रोग (एक्सट्रोप्ट्री इपिस्पाडियस कम्प्लेक्स) सम्वन्धी समस्याको जटिल शल्यक्रिया सम्पन्न भएको हो ।
अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले अत्यन्त दुर्लभ र जटिल मानिने यो शल्यक्रियामा बालिकाको एकै पटक चार किसिमको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

निर्देशक प्राडा चौधरीका अनुसार शल्यक्रियाको क्रममा सानो आन्द्राबाट पिसाबको थैली ठूलो बनाइएको, दुईवटै मिर्गौलाका नलीहरुमा पिसाब नफर्कने शल्यक्रिया, पिसाब थैलीको तल्लो प्वाल बन्द गरेको र एपेन्डिक्सलाई प्रयोग गरी पिसाब निकाल्ने कृतिम नली बनाउने शल्यक्रिया गरिएको थियो ।
प्राडा चौधरीले गत बैशाखमा आफू र प्राडा श्यामकृष्ण महर्जनसहितको टिमले १० घण्टा लगाएर अति जोखिमयुक्त शल्यक्रिया गरिएको बताउनु भयो ।

यस्तो समस्या भएका अधिकांश बालबालिकाहरुको मृत्यु हुने गरेकोले पनि यसअघि यस्ता किसिमको रोगको यो तहको उपचार नेपालमा सम्भव नभएको उहांँको भनाइ छ। नेपालमा यस्तो किसिमको शल्यक्रिया सम्भवतः पहिलो भएको अस्पतालको दाबी छ ।
शल्यक्रिया गरिएकी बालिका थापा ११ बर्ष अघि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मिएकी हुन् । जन्मदा उनको नाइटो भन्दा तल्लो भागमा पेटको भित्ता नभएको र पिसाबको थैली खुल्ला र पिसाब नली समेत नभई त्यहीबाट लगातार बाहिर पिसाब चुहिने अवस्था थियो ।
परिवारले जन्मिएको ९ दिनमा कान्ति बाल अस्पतालमा ल्याएर थापाको उपचार गरेका थिए । त्यसबेला कान्तिमा प्राडा चौधरीको नेतृत्वमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया भएको थियो । त्यसपछि चार वर्षको उमेरमा पिसाब नली बनाउने शल्यक्रिया गरिएको थियो ।

पिसाबको थैलीको आकार उमेर अनुसार नबढी सानै भएको कारणले पिसाब लगातार चुहिरहने र पिसाब थैलोबाट पिसाब मिर्गौलाबाट आउने दुईवटै नलीहरुबाट उल्टै फर्केर मिर्गौलामा गईरहेको अवस्था थियो जसका कारण तृष्णाले शल्यक्रिया अगाडि डाइपर लगाउनुपर्ने अवस्था थियो ।

शल्यक्रिया पश्चात तृष्णाले पाइप मार्फत पिसाव गर्न सकेको र हाल उनको दैनिक अवस्था सामान्य रहेको छ । डा चौधरीले तृष्णाको जस्तो स्वास्थ्य समस्या १० हजार जीवित जन्ममा १ जनामा देखिने बताउनु भयो । उहांँले यस्तो समस्या बालिकाहरु भन्दा बालकहरुमा बढी हुने गरेको जानकारी दिनुभयो ।

शिशु गर्भमै छँदा यो रोगको निदान हुन्छ तर उपचार भने जन्मिसकेपछि मात्रै गर्न सकिने डा चौधरीको भनाई छ ।

आइतबार, असार ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.