• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘अफ्रिकी खोप बजार’ बनाउन एक अर्ब डलरभन्दा बढीको प्रतिबद्धता

  •  बिहिबार, असार ०७, २०८१ मा प्रकाशित

पेरिस ।विश्व नेताहरू, स्वास्थ्य समूहहरू र औषधि कम्पनीहरूले बिहीबार शिखर सम्मेलनमा अफ्रिकामा खोपहरू उत्पादन गर्न एक अर्ब २० करोड डलरको कोषको घोषणा गरेका छन् । अफ्रिकाले बढ्दो हैजाको प्रकोपसहित विभिन्न स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेरिस शिखर सम्मेलनको उद्घाटनमा भन्नुभयो, “अफ्रिकी खोप उत्पादन उत्प्रेरक वास्तविक अफ्रिकी खोप बजारको दिशामा आवश्यक कदम हुनेछ ।”

उक्त कोषको तीन चौथाई हिस्सा युरोबबाट आउने भन्दै म्याक्रोनले बताउनुभयो । सम्मेलनमा बोत्स्वाना, रुवान्डा, सेनेगल र घानाका नेताहरूका साथै मन्त्रीहरू, स्वास्थ्य समूह र औषधि कम्पनीहरूले भाग लिएका छन् ।

जर्मन चान्सलर ओलाफ सोल्सले भिडियो सन्देशमा जर्मनी यो योजामा ३१ करोड ९० लाख डलर योगदान गर्ने जानकारी दिनुभयो ।

फ्रान्सले १० करोड डलर र बेलायतले छ करोड डलर लगानी गरेका छन् भने अन्य दाताहरूमा अमेरिका, क्यानाडा, नर्वे, जापान र गेट्स फाउन्डेसन रहेका छन् ।

“यो योजना अफ्रिकामा औषधि उद्योगलाई प्रवर्द्धन गर्न र सदस्य मुलुकहरूबीचको सहकार्यलाई बढावा दिन उत्प्रेरक बन्न सक्छ”, अफ्रिकी सङ्घ आयोगका अध्यक्ष मौसा फाकी महामतले शिखर सम्मेलनमा भन्नुभयो, “अफ्रिकाले यसको ९९ प्रतिशत खोपहरू अत्यधिक मूल्यमा आयात गर्दछ ।”

कोभिड–१९ महामारीले खोपहरूको विश्वव्यापी असमान वितरणमाथि प्रकाश पारेको छ । कोभिड–१९ महामारीको समयमा ठूलो औषधि कम्पनीहरू भएका धनी मुलुकहरूले अधिकांश खुराक खोसेका थिए । यसबाट अफ्रिका अत्यन्त पछाडि परेको थियो ।

नयाँ योजनाको उद्देश्य अफ्रिकालाई थप सार्वभौम प्रदान गर्नका लागि खोपको उत्पादलाई अफ्रिकामा स्थानान्तरण गर्नु हो र इतिहास दोहोरिनबाट बचाउनु हो ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले शिखर सम्मेलनमा भन्नुभयो, “जब अर्को महामारी आउँछ, धनी पश्चिमी देशहरूमा हाम्रा नेताहरू देवदूत भए पनि आफ्नै मानिसका लागि आफ्नै खोपहरू कायम राख्ने दबाब सधैँ अपरिहार्य हुनेछ ।”

हालै अफ्रिकाका धेरै भागमा हैजाको पुनरुत्थानले धेरै स्थानीय खोप उत्पादकहरूको आवश्यकतालाई दर्शाएको छ । विश्वमा एउटै मात्र कम्पनी दक्षिण कोरियाको युबायोलजिक्सले घातक बिमारीका लागि सस्तो र प्रभावकारी खोपको खुराक बनाउँछ । रासस

बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.