• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ९ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १० घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १४ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १४ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १४ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १४ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छः उपराष्ट्रपति

  •  बिहिबार, असार ०७, २०८१ मा प्रकाशित

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले मानव जातिलाई आफ्नो स्वास्थ्यप्रति जागरुकता प्रदान गर्दै योगाभ्यासबाट लाभान्वित हुने अवसर प्रदान गर्न बताउनुभयो । उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय योग दिवस शारीरिक अभ्यासलाई बढावा दिने उत्सव मात्र होइन कालजयी हाम्रा परम्परालाई स्मरण गर्ने महत्वपूर्ण दिन पनि हो भन्नुभयो । दिवसले योगाभ्यासको फाइदाबारे विश्वव्यापी जागरुकता बढाउँदै राम्रो स्वास्थ्यका लागि आदर्श जीवनशैली अपनाउनका लागि पनि प्रोत्साहित गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले योगबाट हुने फाइदाबारे सबैलाई दीक्षित गर्दै सिङ्गो मानव समुदायलाई योगाभ्यासप्रति थप प्रोत्साहित गर्नसके मात्र यो दिवसको सार्थकता, आवश्यकता र औचित्यताको पुष्टि हुनसक्ने धारणा राख्नुभयो ।

“अन्तर्राष्ट्रिय योग दिवसको उद्देश्य योगाभ्यास र यसको फाइदाबारे जनचेतना र जागरुकता बढाउने नै हो । त्यसैले योगको विभिन्न अभ्यासका माध्यमबाट शारीरिक, मानसिक एवं आध्यात्मिक लाभको प्रचारप्रसार गर्ने विशेष अवसरका रुपमा हामीले यो दिवसलाई उपयोग गर्न सक्नुपर्दछ । दिवसले विश्वका सम्पूर्ण मानिसलाई राष्ट्रियता, धर्म र संस्कृतिभन्दा माथि उठेर सबैलाई एउटै मञ्चमा ल्याउँदै विश्वव्यापी एकता अभिवृद्धि गर्न सहयोग गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले योगको समग्र दृष्टिकोण आमनागरिक र पृथ्वीको कल्याण गर्नु नै रहेकाले यसमा अन्तर्निहित अहिंसा, करुणा तथा सबै जीवित प्राणीप्रति सम्मान प्रकट गर्ने सिद्धान्त–विश्वव्यापी शान्तिको बृहत्तर एव व्यापक लक्ष्यअनुरुप हामी सबै सक्रियताका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । योगले मुटुरोग, क्यान्सर र मधुमेहजस्ता नसर्ने रोगको मुख्य जोखिमको कारक ‘शारीरिक निष्क्रियता’लाई निरुत्साहित गर्दै योगाभ्यासलाई नियमित दिनचर्यामा समावेश गर्न उत्प्रेरित पनि गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले दिवसका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “विश्वसमुदाय र प्रकृतिबीच एकताको भाव खोज्ने एउटा माध्यम पनि योग भएकोले यसबाट विश्वमा शान्ति र शान्तिको आदर्शलाई बलियो एवं सुदृढ बनाउनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ । रासस

बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.