• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गलैचा बुनेर आयआर्जन गर्दै अपांगता भएकाहरु

  •  शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

नवलपुर । मध्यविन्दु -२ निवासी माया बोटेको दैनिकी अहिले गलैँचा बुन्नेमै बित्ने गरेको छ । उहाँ शारीरिक अपाङ्गता हुनुहुन्छ । तर उहाँले आफूलाई कमजोर भने कहिल्यै ठान्नुभएन । अवसर पाए सपाङ्ग सरह नै काम गर्न सक्छु भन्ने साहस उहाँमा पहिले देखी नै थियो । गलैँचा बुन्ने तालिम आएको छ भनेपछि उहाँ सहभागी हुनुभयो । अहिले उहाँले राम्रोसँग गलैँचा बुन्न पनि सिकिसक्नुभएको छ ।

मध्यविन्दु -७ चोरमारामा रहेको अपाङ्ग पुनर्स्थापना समन्वय परिषद्को समन्वय र सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा गत वैशाख २५ गतेदेखि चोर मारामा गलैँचा बुन्ने तालिम सुरु भएको थियो । ४५ दिने उक्त तालिममा सहभागी भएको छोटो समयमै गलैँचा बुन्न सिकेको बोटेले बताउनुभयो । हातले गर्ने काम भएकाले पनि धेरै गाह्रो भने नभएको उहाँले बताउनुभयो ।

उहाँ जस्तै शारीरिक रुपमा अशक्त रहेका मध्यविन्दु ८ का गङ्गाराम महतो पनि गलैँचा बुन्ने तालिममा सहभागी हुनुभएको छ । सीप सिक्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । गलैँचा बुन्दै गर्दा कुनै बेला सजिलो लाग्ने कुनै बेला गाह्रो पनि लाग्ने अनुभव उहाँले बताउनुभयो ।

असार १० गतेसम्म सञ्चालन हुने यस तालिममा मध्य विन्दुका अपाङ्गता भएका र अपाङ्गता भएका व्यक्तिका परिवार समेत गरि १७ जना सहभागी छन् । दिनभरिको खाली समयको सदुपयोग गर्दै तालिममा सहभागी हुने र साँझ बिहानको समय घरको कामधन्दा समेत भ्याउने गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले सामाजिक विकास कार्यालयसँग समन्वय गरेर तालिम सञ्चालन गरेको अपाङ्गता पुनर्स्थापन समन्वय परिषद्का अध्यक्ष सागर लुइँटेलले बताउनुभयो । सपाङ्ग व्यक्तिहरू अन्यत्र गएर पनि अवसर लिन सक्ने तर अपाङ्गता भएकाहरूका लागि त्यति सहज नहुने हुँदा आफ्नै ठाउँमा सीप सिकेर आयआर्जनमा जोड्नका लागि तालिमले सहयोग गर्ने उहाँको भनाई छ ।

तालिममा सहभागी सबैले अब गलैँचा बुन्न सक्ने भएको बताएका छन् । तालिमपछि गलैँचाको व्यवसाय गर्न इच्छा समेत जाहेर गरेका छन् । तर त्यसका लागि लाग्ने लगानी र व्यवस्थापन गर्न भने केही समस्या हुने उनीहरू बताउँछन् । कुनै निकायबाट सहयोग भएमा , बजारीकरणको व्यवस्था गरिदिए आफूहरूले यसलाई आफ्नो आयआर्जनको माध्यम बनाउने उनीहरूको भनाई छ ।

परिषद्का अध्यक्ष सागर लुइँटेलले बजारीकरणका लागि काठमाडौँको गलैँचा निर्यात गर्ने संस्थासँग कुराकानी भएको र उसले खरिद गर्ने समेत भनेको बताउनुभएको छ । तालिमपछि व्यवसायीक रूपमै उत्पादन गर्नका लागि सहभागीहरूको समूह बनाएर काम गर्ने कुरामा छलफल भएको उहाँले बताउनुभयो । लगानीका लागि पालिका वडा तथा सरोकारवाला अन्य सङ्घसंस्थासँग सहयोग माग्ने उहाँको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई संरक्षण संवर्द्धन गर्दै उनीहरूलाई समाजमा पुनर्स्थापना गर्न र आर्थिक उपार्जनको काममा पनि अपाङ्गता भएकाहरू सरिक हुन सकुन् भन्ने उद्देश्यले गलैँचा बुन्ने तालिम सञ्चालन गर्दै आएको सामाजिक विकास कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

सामाजिक विकास कार्यालयको सीबीआर कार्यक्रम मार्फत यस तालिमको लागि चार लाख रुपैयाँ बजेट बिनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.