• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

  •  सोमबार, असार ११, २०८१ मा प्रकाशित

भेरीगङ्गा (सुर्खेत) । पार्वती गौतम शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।

आमा मनमाया र बुबा देवनारायणको कोखबाट विसं २०३८ साल भदौ १ गते काभ्रेपलाञ्चोकमा जन्मिनुभएका उहाँ जन्मजात अपाङ्गता हुनुहुन्थ्यो । उहाँको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि दुःखमा हुर्किनुभएका पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाउनुभयो । शारीरिक अपाङ्गता भएकै कारण उहाँले पढ्न पाउनुभएन । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । त्यतिबेला अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन । “सानोमा धेरै दुःख पाइयो”, उहाँ भन्नुहुन्छ, “मेरो पढाइप्रति कसैले चासो दिन्थेनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ ।”

गौतमको परिवार बसाइँ सरेर विसं २०५२ सालमा काठमाडौँ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एकजनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उहाँले सिलाइको काम सिक्नुभयो । विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी सीपले जिविका चलाउने सोच बनाउनुभएको थियो । सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उहाँको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुप¥यो,” उहाँले विगत सुनाउनुभयो ।

जब सुर्खेतका योगेन्द्र पुरीसँग उहाँले विवाह गर्नुभयो । त्यसपछि एकाएक उहाँको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किनुभएका पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहनुभएका पार्वतीले श्रीमान्को सहयोग पाउनुभयो । पार्वती र उहाँका श्रीमान सुर्खेत आउनुभयो । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उहाँहरुमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उहाँहरुसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उहाँहरुले जीवनदेखि हार खानु भएन । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाउनुभयो अनि केही सङ्घसंस्थाहरुको सहयोगमा उद्यमशीलतासम्बन्धी सीप सिक्नुभयो ।

उहाँले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिक्नुभयो । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाउनुभयो । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । “सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उहाँले भन्नुभयो ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उहाँलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गर्नुभयो । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुखमा अभाव भोग्नुभएका उहाँहरुको जीवनमा नयाँ खुसी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उहाँहरुले वीरेन्द्रनगरमा घर बनाउनुभयो । अहिले उहाँ मासिक रु ५० हजारभन्दा धेरै कमाउनुहुन्छ । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन ।

उहाँले भन्नुभयो, “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उहाँ अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहनुभएको छ । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहनुभएको छ । त्यसका लागि उद्योग दर्ता गरिसक्नुभएको छ ।

“सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन्,” उहाँले भन्नुभयो, “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।” रासस

सोमबार, असार ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.