• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले पाए स्वस्थ्य जीवन

  •  मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

पाटन (ललितपुर) । नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गाैला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गाैला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन् ।

स्यस्यः समाज यल इलाका नं. ८ इखाछें ललितपुरको आयोजना तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा आज महालक्ष्मी स्थानमा आयोजित मानव अङ्गदानसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रा डा श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गाैला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको जानकारी गराउनुभयो ।

“अस्वस्थ जीवनशैली, सहरीकरण र अखाद्य खानपिनका कारण मिर्गाैला, कलेजो र मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचापका रोग लाग्ने गर्छन्, विश्वभर हरेक वर्ष २० हजार मानिसको मिर्गाैला फेल हुने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “सन् २०१० मा गरिएको सर्वेक्षणअनुसार नेपालमा प्रत्येक वर्ष तीन हजारको मिर्गाैला र एक हजारको कलेजो फेल हुने गरेको तथ्याङ्क छ । मस्तिष्क मृत्युु भएकाबाट अङ्गदान गरेर फेल भएकाको जीवन बचाउन सकिन्छ ।”

उहाँले नेपालमा ७२ प्रतिशत मानिसको मृत्युु नसर्ने रोगबाट तथ्याङ्क प्रस्तुत गर्नुभयो । हैजा, मलेरिया, डेङ्गुलगायत सरुवा रोगबाट २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो । नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको र शिक्षण अस्पतालबाट मिर्गाैला प्रत्यारोपणबाट सेवा सुरु भएको थियो । मिर्गाैला प्रत्यारोपण सेवाको सुरुवातमा ९० प्रतिशत सफल भएकामा अहिले शतप्रतिशत सफल भएको उहाँको भनाइ छ ।

पछिल्लो पाँच वर्षमा पाँच सय जनाभन्दा बढी मृगौला प्रत्यारोपण सफल भएको उहाँले जानकारी दिनुभयो । मस्तिष्क मृत्यु भएकाको अङ्गदानबारे थप चेतनामूलक प्रचार गर्न हरेक वर्ष जागरण अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

नेपालमा सन् १९९८ मा नेपालमा जीवित दाताबाट सीमित नातेदारहरुभित्र मिर्गाैला प्रत्यारोपण गर्न सक्ने कानुन निर्माण गरिएको थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०७२ अनुसार ५१ वटा नाता पर्ने जीवित व्यक्तिहरुले अङ्गदान दिन सक्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणलाई पनि वैधानिकता दिएको छ ।

नातेदार नपरेकाको हकमा दुई वा दुईभन्दा बढी परिवारबीच साटासाट गर्न सक्ने व्यवस्था छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गरि प्रत्यारोपण गर्नेमा स्पेन अगाडि रहेको उहाँले बताउनुभयो । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानका लागि सम्बन्धित व्यक्तिले जीवितै रहँदा मञ्जुरी दिएको हुनुपर्छ । मृत्युु भएकाको परिवारको सहमतिमा पनि दिन पाउने कानुनी व्यवस्था छ ।

हालसम्म दुई हजार पाँच सय जनाले अङ्गदान गरिसकेका छन् । सन् २००८ मा सार्वजनिक तथ्याङ्कअनुसार ९० प्रतिशत बिरामीले मिर्गाैला फेल भएको केही महिनामा मृत्युवरण गर्ने गरेका थिए । हाल प्रत्यारोपण गरेका ९८ प्रतिशत र डायलासिस गरिरहेका ९५ प्रतिशत जीवित छन् । नेपालमा १८ वर्ष पुगेको स्वस्थ्य व्यक्तिले अङ्गदान गर्न पाउने कानुनी व्यवस्था छ । केही महिना अगाडि मात्रै ८१ वर्षका ज्येष्ठ नागरिकले आफ्नी २१ वर्षीया नातिनीलाई मिर्गाैला दान दिएर स्वस्थ्य जीवन बिताइरहनु भएको छ ।

अङ्ग प्रत्यारोपण सेवा प्रदान गरिरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रदान गरिरहेको प्रा डा श्रेष्ठ जानकारी दिनुभयो । स्यस्यः समाज यलका कार्यवाहक अध्यक्ष नवीनमङ्गल जोशीले जनचेतना जगाएर यसलाई व्यापकता दिइनुपर्नेमा जोड दिनुभयो । रासस

मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.