• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्यका लागि लाभदायी दही-चिउरा

  •  शनिबार, असार १६, २०८१ मा प्रकाशित

काठमाडौँ । आज असार १५ अर्थात् दही चिउरा खाने दिन। खेतमा रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाइएको छ।

सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ। विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुने पोषणविद् बताउछन्। पोषणविद् प्रा.डा. उमा कोइरालाका अनुसार दही–चिउरा छिटो तयार पार्नसक्ने स्वास्थ्यका हिसाबले पोषिलो खाजा हो।

रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचार खाजा खाने गरिएको उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “कामको चाप भएकाले दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा हो। त्यसैले असारमा दही चिउरा खाजाका रूपमा खाने चलन चल्दै आएको हो।”

उहाँका अनुसार वर्षामा हिलाम्य भएको शरीरमा दही चिउराले शरीरलाई ऊर्जा प्रदान गर्छ । दही चिउराका साथै अचार अथवा तरकारीसँग दही–चिउरा खाँदा अझ पूरक र पोषिलो हुने डा.कोइरालाको भनाइ छ।

गुलियो मन पराउनेले दही–चिउरामा चिनी हालेर खानुभन्दा मौसमी फलफूलका साथमा मिसाएर खाँदा थप भिटामिन र खनिज पदार्थ पाउन सकिने डा. कोइराला बताउनुहुन्छ।

दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने डा.कोइरालाको भनाइ छ। चिउरा कार्बोहाइड्रेड राम्रो स्रोत हो। त्यसका अलावा आइरन र प्रोटिन पाइने डा.कोइरालाको भनाइ छ। उहाँका अनुसार दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ।

दही–चिउराका फाइदा

पोषणविद्का अनुसार दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाँचन प्रक्रियामा सहयोग पुग्छ, दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइने हुँदा पेट गडबडी हुँदा, पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ। त्यसका साथै दहीले मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दैनिक घरमानै बनाएको एक कचौरा दही खानु स्वास्थ्यका हिसाबले उपयुक्त हुने उहाँ बताउनुहुन्छ।

चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्ने पोषणविद् बताउँछन्। पोषणविद् कोइरालाका अनुसार फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी पाइन्छ। चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।

एक दिनमात्र नभई सधै दही चिउरा खाँदा स्वास्थ्यमा फाइदा पुग्ने उहाँ बताउनुहुन्छ। स्वादिष्ट र पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले दही चिउरा जुनसुकै उमेर समूहले जति बेला पनि खान सकिने उहाँ बताउनुहुन्छ।

शनिबार, असार १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.