• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • ६ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

नवनिर्मित भवनबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन

  •  मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित

विराटनगर । यहाँको रानी नाकामा नवनिर्मित भवनबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ ।

विराटगर महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानीमा उक्त भवन निर्माण गरिएको हो । भवनको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज उद्घाटन गर्नुभयो ।

जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रामक रोग भित्रिने जोखिमका कारण नवनिर्मित भवनमा सञ्चालित स्वास्थ्य सहायता कक्षबाट भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरिनेछ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार हरेक प्रमुख नाकामा स्वास्थ्य सहायता कक्षको व्यवस्था गर्नुपर्ने सरकारी नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि कक्ष सञ्चालनमा ल्याएको थियो ।

भवन नहुँदा टेन्टमार्फत सेवा दिँदै आएकामा आजदेखि भवनबाटै सेवा सुरु गरेको हो । प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत सङ्क्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

हाल स्वास्थ्य सहायता कक्षमार्फत एचआइभी, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका सङ्क्रामक रोगको परीक्षण गरिँदै आएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित र एकीकृत रुपमा ती रोगको परीक्षण र प्रारम्भिक उपचारसमेत् सहायता कक्षबाट हुनेछ ।

महानगर प्रमुख कोइरालाले नाकामा सुविधा सम्पन्न भवन नहुँदा विगतमा स्वास्थ्य परीक्षणमा समस्या देखिँदै आएको बताउनुभयो । उहाँले जनशक्तिसहित स्वास्थ्य उपकरण व्यवस्था गरिने र भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा नवनिर्मित स्वास्थ्य सहायता कक्षमार्फत सङ्क्रमित व्यक्तिको पहिचान गरी क्वारेन्टाइन तथा अस्पतालमा उपचार गराउन सकिने जानकारी दिनुभयो ।

गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको हो । महानगरपालिकाको रु २० लाख र सेभ द चिल्ड्रेनको रु १५ लाख ७६ हजार गरी कूल रु ३५ लाख ७६ हजार लागतमा भवन निर्माण गरिएको हो ।

भवन उद्घाटनसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले आजै भवनको चाँबी प्रमुख कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । रासस

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.