भरतपुर । चितवन जिल्लाको भरतपुरस्थित भरतपुर अस्पताल ( सरकारी) मा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा.कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार बुधबार प्राविधिक (टेक्निकल) परीक्षण गर्दा सेवा सञ्चालन गर्न मिल्ने भएकाले ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
प्राडा.पौडेलका अनुसार सङ्घीय सरकारले यो सेवाका लागि उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु तीस करोडमा मेसिन खरिद गरिएको हो ।
स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा बिरामीले सेवा लिन सक्ने, में.सु. पौडेलले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने समेत अस्पताल स्रोतले बताएको छ ।
