मानव जीवनमा मुटुको महत्व कति छ भन्ने विषय सर्वविदितै छ । तर पछिल्लो समय मुटुमा हुने खराबी कारण ह्दयघातको समस्याले विकराल रुप लिदै गएको छ । ह्दयघातका कारण कतिपयको क्षणभरमै ज्यान गएका कैयौं उदाहरण पनि छन । सूचना प्रविधि प्रयोग र मुटुरोग विशेषज्ञको संख्या पनि बढेसंँगै ह्दयरोग हुने कारणहरुको पहिचान पनि हुंँदै गएको छ । बढ्दो शहरीकरण र आधुनिक जीवनशैलीका कारण अहिले युवा तथा बयस्क मानिसमा पनि ह्दयघातको असर बढ्दो छ । ह्दयघातका हुनुका कारण मुख्यतः तेलिय खाद्य पदार्थ र जंक फुड रहेको चिकित्सक विशेषज्ञहरुले भन्दै आएका छन ।
चिकित्सकका अनुसार ह्दयघात दुई प्रकारले हुने गर्छ । एक त जेनेटिक अर्थात आनुवांशिक गुण र अर्को कोलेष्ट्रोलको मात्रा बढ्नु । ती मध्ये सबैभन्दा बढी कोलेष्ट्रोल बढ्दै जांँदा मुटुको धमनी बन्द भएर ह्दयघात हुने गरेका प्रशस्त उदाहरण छन । यसका साथै मानिसहरुमा हुने मानसिक तनावका कारण पनि ह्दयघातको अत्यधिक जोखिम छ ।
मानिसको पछिल्लो निस्क्रिय जीवनशैली,शारिरीक व्यायाम र सन्तुलित भोजन नहुनुपनि मुटुरोग र ह्दयघात हुनु अर्को ठुलो कारक भएको छ । जुनसुकै उमेर समुहलाई पनि ह्यदघात जोखिम हुंँदा चिकित्सकहरुलाई पनि यो चुनौतिको बिषय बनेको छ । मुटुलाई के के कुराले असर गर्छ, मुटुलाई जोखिम कम गर्न के कति कुरामा ध्यान दिनुपर्छ , कति कति समयमा मटुको परीक्षण गर्नुपर्छ लगायतका बिषयमा केन्द्रित रहेर हाल क्रिम्सन अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग चिकित्सक डा.लक्ष्मण दुबेसंँग हामीले कुराकानी गरेका छौं । विस्तृत कुराकानी तल भिडियोमा हेर्न सक्नुहुनेछ ।
