• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १० घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १० घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • ११ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १३ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १४ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १५ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

  • १०. लागुऔषधसहित चार जना पक्राउ

रेडक्रसले दियो रबर बोटसहित खोज तथा उद्धार सामाग्री

  •  सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले विपद्का समयमा नागरिकको उद्धारका लागि दुई थान रबर बोटसहित खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।

मोरङ कटहरी गाउँपालिकाको गोपाल फनपार्कमा आज एक कार्यक्रमको आयोजना गर्दै रेडक्रसले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रबर बोट लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुबोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विश्वबन्धु खडकालाई ३० लाख मूल्य बराबरको दुई वटा रबर बोटसहित १२ प्रकारका खोज उद्धार सामाग्री हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष सिंहले मोरङको लोहन्द्रा खोला तथा सिगिंया खोलासँग जोडिएका केराबारी गाउँपालिका देखि जहदा गाउँपालिकाका सम्मका आठ वटा पालिका लगायत विभिन्न पालिका बाढीको चपेटामा पर्ने भएकाले सो समयमा नागरिकको जीवन रक्षा र उद्धारमा सामाग्रीको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।

रेडक्रसले विभिन्न पालिकाहरूमा विपद् जोखिम न्युनिकरण, व्यवस्थापन तथा रोकथाम तथा उद्धार सम्बन्धि विभिन्न प्रकारका तालिम तथा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १, २ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट बाढी आउने हुनाले त्यसका लागि रबरबोट उपयोगी हुने बताउनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विपद् प्रतिकार्य योजना प्रभावकारी बनाउन नयाँ प्रविधि आवश्यक रहेको बताउनुभयो ।

रेडक्रस सोसाइटीका मोरङ शाखाका मन्त्री सुगदेव मण्डल, शाखा उपसभापति मन्दिरा गुरागाईँ तथा रेडक्रस शाखाका अधिकृत संजय कामतले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउन विभिन्न पालिकाहरूलाई रेडक्रसले उद्धारलगायत विभिन्न प्रकारका सामाग्री उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी तथा पालिकाका कर्मचारीहरूलाई रबर बोट सञ्चालन सम्बन्धी तालिम तथा अभ्यास गराइएको थियो ।

सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.