• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन थन्कियो

  •  सोमबार, साउन ०७, २०८१ मा प्रकाशित

बीरगंज । बीरगञ्जको नारायणी अस्पतालमा चीनबाट झण्डै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन सञ्चालन भएको ५ महिना नबित्दै सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

सरकारी अस्पतालको एमआरआई मेसिन ३ महिनादेखि बन्द हुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा पुगी एमआरआई सेवा लिन बाध्य भएका छन् ।

नारायणी अस्पतालले एमआरआई मेसिनको भुक्तानीको विषयलाई लिएर अस्पताल प्रशासन र आपुर्तिकर्ताबिचको विवादका कारण एमआरआई सेवा ३ महिनादेखि बन्द भएको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिमार्फत चीनबाट ३० करोड रुपैयाँमा खरिद गरी ल्याएको थ्रीटेस्ला कम्पनीको एमआरआई मेसिन अस्पतालमा जडान गरि गत कार्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

तर मेसिनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपूर्तिकर्ता कम्पनी हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेसिन उत्पादक चिनियाँ कम्पनीले मेसिनको सफ्टवेयर अपडेट (अद्यावधिक) नदिएकाले मेसिन गत वैशाखदेखि बन्द हुन पुगेको हो ।

त्यसअघि पनि उक्त एमआरआई मेसिन आपूर्तिकर्ता कम्पनीले २०७९ चैतमै चीनबाट खरिद गरेर ल्याए पनि बजारमा हिलियम ग्याँस नपाइएको भन्दै अस्पतालमा जडान नगरिदिँदा ८ महिनासम्म त्यसै थन्क्याएर राख्नुपरेको थियो ।

गत गत असोज २३ मा तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले एमआरआई मेसिनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन गरिएको तीन हप्तापछि मात्रै गत कात्तिक १४ गतेदेखि नारायणी अस्पतालमा एमआरआई सेवा सुरु गरिएको थियो । तर सेवा सुरु भएको ५ महिना पनि नबित्दै मेसिनको बाँकी रकम भुक्तानीको विषयमा आपूर्तिकर्ता कम्पनी र अस्पताल प्रशासनबीचको विवादले गत वैशाखदेखि मेसिन बन्द हुन पुगेको हो । जसको मारमा अस्पतालमा उपचारका लागि आउने बिरामी परेका छन् ।

नारायणी अस्पतालको एमआरआई सेवा ३ महिनादेखि अवरुद्ध हुँदा बिरामीहरू बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य भएका छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिरिरहेका छन् ।
नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर एनामुल हकले भने आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिको बदमासीका कारण एमआरआई सेवा तीन महिनादेखि बन्द हुन पुगेको बताउनुभयो ।

आपूर्तिकर्ता कम्पनीले मेसिनको सफ्टवेयर अपडेट नगरिदिएका कारण गत वैशाखदेखि नै मेसिन बन्द रहेको हकले जानकारी दिनुभयो ।

नारायणी अस्पतालले खरिदकर्तालाई तिर्न बाँकी रहेको २० प्रतिशत रकम दिन तयार भए पनि उसले नेपाल सरकारलाई मेसिन खरिद बापतको ५ प्रतिशत कर नबुझाउँदा समस्या भएको मेडिकल सुपरिटेन्डेन्ट हकले बताउनुभयो ।

सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.