• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

तुलसीपुर । सल्यान बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्दै आएकी एक बालिकालाई आज सर्पले डस्यो । ओछ्यानमा सुतिरहेको अवस्थामा तीन वर्षीया बालिका सिर्जना चन्दलाई सर्पले डसेपछि उनीहरूले नजिककै धामी भएको ठाउँमा लगे । धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर ल्याइयो । आमा लक्ष्मी चन्दसँगै सुतिरहेको अवस्थामा सर्पले डसेपछि गम्भीर अवस्थाकी बालिकालाई अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो । अस्पतालका डा रोशन गुप्ताका अनुसार ५ः३० बजेतिर बिरामीलाई अस्पताल ल्याइएको थियो ।

त्योबेला अक्सिजनको स्तर पनि ४० प्रतिशतभन्दा कम भइसकेको थियो । “अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर ती बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”, उहाँले भन्नुभयो, “बालिकाले श्वास पनि फेरिरहेको थिएन, उनलाई बचाउन सकिन्छ, की सकिँदैन भन्ने नै थियो ।” बिरामीले श्वास नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो । अक्सिजन दिँदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर बिरामी बालिका होस्मा आइन् । अहिले उनको अवस्था सामान्य रहेको डा गुप्ताले बताउनुभयो ।

“सुतेको अवस्थामा बिहान ३ बजेतिर सर्पले डसेको देखिन्छ, ५ः३० बजेपछि मात्रै अस्पताल ल्याउँदा निकै ढिला भइसकेको थियो”, उहाँले भन्नुभयो, “तर समयमै ल्याएपछि विषालु सर्पले डसेका बिरामीको सफल उपचार गर्न सकिन्छ ।” उनलाई कोभ्रा सर्पले टोकेको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उहाँको भनाइ छ । “यो अरु जस्तो ‘केश’ थिएन, निकै असहज अवस्थामा पनि बिरामीका आफन्तले विश्वास गरेपछि सकिने रहेछ भन्ने एउटा उदाहरण हो”, उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामी पनि धामीझाँक्रीको विश्वास नगरेर सिधै अस्पतालमा ल्याए सम्भव छ ।”

यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारका लागि आएका सर्पले डसेका बिरामीको सहज उपचार गरेर पठाएको अस्पतालका आपत्कालीन शाखा प्रमुख धनबहादुर केसीले बताउनुभयो । यस महिनामा मात्रै दुई जना विषालु सर्पले डसेका बिरामी आएको उहाँले बताउनुभयो । ती दुवैजनाको उपचार सफल भएको केसीले बताउनुभयो ।

त्यस्तै गएको आव २०८०/८१ मा १७ जना विषालु सर्पले डसेका बिरामी आएका थिए । तीमध्ये छ जनालाई बाहिर पठाइएको र अन्य ११ जनाको उपचार सफल भएको प्रमुख केसीले बताउनुभयो । रासस

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.