• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन गर्दै प्रदेश सरकार

  •  सोमबार, साउन १४, २०८१ मा प्रकाशित

ढोरपाटन, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न थालेको हो । दूरदराजका नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउनका लागि प्रदेश सरकारले तदारुकता देखाएको छ । बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा रहेको बुर्तिबाङमा अहिलेसम्म सुविधायुक्त अस्पताल नहुँदा निसीखोला, तमानखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको छ ।

केही वर्षयता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आए पनि जटिल किसिमको रोग लाग्दा पोखरा, काठमाडौँ धाउनुपर्ने अवस्था छ । बुर्तिबाङमा विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्यवन हुन सकेको थिएन ।

प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले अघिल्लो वर्ष नै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । विसं २०८० फागुन ६ गते मन्त्रिपरिषद्को बैठकको निर्णय गरेपछि प्रदेशस्तरीय अस्पताल सञ्चालन हुने भएको हो ।

झण्डै १६ वर्ष अगाडि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल बनाउने निर्णय गरी रु ३२ करोड लागतमा संरचना निर्माण गरे पनि हालसम्म प्राथमिक स्वास्थ्य केन्द्रकै रुपमा सञ्चालन हुँदै आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २५ शय्याको सेवा भने प्रवाह भइरहेको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नवीन्द्र ढकाल हाल सञ्चालनको भवनबाटै ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने बताउनुहुन्छ । सरकारले जनशक्ति र आवश्यक उपकरण थपे प्रदेशस्तरीय अस्पताल सञ्चालनमा कुनै समस्या नभएको उहाँको भनाइ छ ।

पचास शय्याको अस्पतालमा एक सय ४८ कर्मचारीको आवश्यक पर्ने भन्दै हाल करिब ५० स्थायी र अस्थायी जनशक्ति रहेको उहाँको भनाइ छ । सरकारले अब थप सय जना कर्मचारी थपे सेवा प्रवाहमा समस्या नहुने ढकाल बताउनुहुन्छ ।

हाल नगरपालिकाले करार सेवामा २२, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट सात र निकसाइमन इनिस्टिच्युड संस्थाबाट छ जना कर्मचारी कार्यरत रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गर्न आठ विशेषज्ञ चिकित्सक, १४ मेडिकल अधिकृत, ४० स्टाफ नर्स, १२ कार्यालय सहयोगीसहित लेखा र प्रशासन शाखाका लागि कर्मचारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले चाह्यो भने तत्कालै प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न सकिन्छ, संरचना पनि छ, आवश्यक संरचना थप्दै जान सकिन्छ, सरकारले आवश्यक जनशक्ति र उपकरण मात्रैको व्यवस्थापन ग¥यो भने काम अगाडि बढ्न सक्छ”, डा ढकालले भन्नुभयो, “अहिले पनि हामीहरुले जसोतसो २५ शय्याको अस्पताल सञ्चालन गरेका छौँ, ५० शय्याको अस्पतालका लागि अब करिब सय जना जनशक्ति आवश्यक छ ।”

प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले यस वर्ष जसरी पनि बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालनमा आउने बताउनुभयो । धेरै वर्ष अगाडिदेखि नै यहाँ विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि जिल्ला अस्पताल बनाउनुपर्ने माग गरे पनि पूरा हुन नसकेको भन्दै अब प्रदेशस्तरीय सुविधा युक्त अस्पताल सञ्चालन हुनेमा समस्या नभएको कुँवर बताउनुहुन्छ ।

अस्पताल सञ्चालनका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ । आगामी वर्षदेखि उपचारका लागि हजारौँ रुपैयाँ खर्च गरेर टाढा जानुपर्ने बाध्यता हट्ने कुँवरले बताउनुभयो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता सुरज गुरौले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पतालका रुपमा विकास गरी सञ्चालन गर्ने प्रक्रिया मन्त्रालयले अगाडि बढाएको बताउनुभयो ।

यसवर्ष बागलुङ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँप पीपल अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गर्न सरकारले रु १२ करोड विनियोजन गरेको तथा अध्ययनका लागि समिति बनाएर काम थालेको उहाँको भनाइ छ । अहिलेसम्म प्राथमिक स्वास्थ्य केन्द्र र कर्मचारी स्थानीय तह मातहत रहेको हुँदा व्यवस्थापनमा समस्या भएको गुरौले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र त्यहाँ काम गर्ने कर्मचारी स्थानीय तह मातहतमा छन्, अब कर्मचारी समायोजन गर्नुपर्ने छ, यसलाई मिलाउनका लागि समिति गठन भएको छ, व्यवस्थापन गर्न केही प्रक्रिया सुरु भएको हुँदा छिट्टै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालनमा आउने छ ।”

सो स्वास्थ्य केन्द्रमा वार्षिक करिब छ सय महिला प्रसूति हुने गरेका छन् । दैनिक तीन सय जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा अस्पतालले दिँदै आएको छ । अस्पताल व्यवस्थापन समितिका अनुसार १४ रोपनी नौ आना जग्गामा तीन ब्लगसहित ४८ कोठाका भवन र एक आवासीय भवन छ । सो संरचना अस्पताल सञ्चालनका लागि पर्याप्त हो । पचास शय्याको अस्पताल सञ्चालन गर्न एक सय ५० जना जनशक्ति आवश्यक पर्ने गर्छ । रासस

सोमबार, साउन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.