• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा जोड

  •  बुधबार, साउन १६, २०८१ मा प्रकाशित

भेरीगंगा (सुर्खेत) । कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा सुनिश्चित गरेका व्यवस्था न्यून कार्यान्वयन भएका पाइएको छ । नेपाल महासन्धिको पक्ष राष्ट्र भए पनि त्यसमा उल्लेखित अधिकारको कार्यान्वयन हुन नसकेको देखिएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घले कर्णाली प्रदेश सरकारका विभिन्न निकायमा गरेको अध्ययनले महासन्धिमा उल्लेखित विषयको कार्यान्वयनको अवस्था न्यून रहेको पाइएको हो । महासन्धिको धारा ९ मा पहुँचयुक्तताको व्यवस्था गरिए पनि कर्णाली प्रदेशमा यसका विस्तृत पक्षहरूका बारेमा जानकारी नभएको पाइएको राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो । पहुँच युक्ततासम्बन्धी राष्ट्रिय मापदण्डकै प्रयोग गर्ने विषय अनिवार्य रूपमा नलिइएको पाइएको उहाँले बताउनुभयो ।
यसैगरी विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई समावेश नगराइएको, विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना तथा कार्यक्रममा अपाङगता भएका व्यक्तिको सहभागिता अनिवार्य बनाउने सम्बन्धमा ध्यान नदिइएको पाइएको महासङ्ले जनाएको छ । विपद्को बेलामा अपाङ्गता भएका व्यक्तिले बहन गर्नुपर्ने जोखिम न्यूनिकरणका लागि महासन्धिले गरेको व्यवस्था कार्यान्वयनमा गम्भीर हुनुपर्ने शर्माले माग गर्नुभयो । उहाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिमा सुनिश्चित गरेका अधिकारको कार्यान्वयन नभएको हाम्रो अध्ययनबाट पाइयो । अझै विपद्को बेलामा अति जोखिमा पर्ने भनेको अपाङ्गता भएका व्यक्तिहरू नै हुन्, त्यसैले विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउँदा अपाङ्गता भएकारूको सहभागिता अनिवार्य गर्न आवश्यक छ ।”

यसैगरी, कर्णालीमा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच पनि कमजोर रहेको पाइएको छ । विशेषगरी उजुरी, बयान र संरचना अपाङ्गतामैत्री हुन नसक्दा उनीहरू न्यायको पहुँचमा पुग्न नसकेको महासङ्घको निष्कर्ष छ । शोषण, हिंसाबाट मुक्ति गर्ने खालका जनचेतनामूलक कार्यक्रमबाहेक अन्य केही क्रियाकलाप नभएको देखिएको महासङ्घले जनाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतलाई सुनिश्चित गर्नुपर्ने महासन्धिमा प्रष्ट उल्लेख भए पनि यस्ता विषयमा सरकारले त्यति चासो नदिँदा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न नसकेको महासङ्घको ठहर छ ।

‘अपाङ्गता भएकाहरूको अधिकारबारे गम्भीर बनौँ’

सरोकार भएकाहरूले अपाङ्गताको सवालमा गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको गोष्ठीमा सहभागी सरोकार भएकाहरूले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका संयोजक मानबहादुर कार्कीले अपाङ्गताको अधिकार कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । धेरै सेवा प्रदायक निकाय अपाङ्गतामैत्री नभएको भन्दै यतातर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा पहुँचयोग्य बनाउन सके मात्रै संविधानले दिएको अधिकार कार्यान्वयन हुने धारणा राख्नुभयो । नेपालमा धेरै कानुन बने पनि कार्यान्वयन पक्ष फितलो रहेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सुनिता केसीले कर्णाली सरकारले अपाङ्गताको सवालमा सुधारात्मक काम गर्दै गएको दाबी गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, अधिकारकर्मीलगायत सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.