• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

क्रिटिकल केयर नर्सिङ विषयमा स्नातक शुरु गर्दै निजामती कर्मचारी अस्पताल

  •  बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)ले क्रिटिकल केयर नर्सिङको स्नातक अध्ययन गराउने भएको छ ।

क्रिटिकल केयरमा ब्याच्लर इन नर्सिङ साइन्स (बीएनएस) अध्यापन गराउन अस्पतालले २ करोड रुपियाँ विनियोजन गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। विधानिधी पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगको इन्स्पेक्सन भएपछि आगामी शैक्षिक सत्रदेखि क्रिटिकल केयरमा बीएनएस नर्सिङ पढाउने अवसर पाउँछौँ र यसका लागि हामीले बजेटको सुनिश्चितता गरिसकेका छौँ ।’ अहिले अस्पतालले शिक्षक, लाइब्रेरी, कक्षाकोठा, शिक्षक तलब, नेट इन्टरनेट, परीक्षा खर्चलगायतका लागि २ करोड रुपियाँ छुट्याई काम गरिरहेको उहाँले बताउनुभयो । एमडी एमएस चलाउँदा वर्षमा करिब ५ करोड रुपियाँ खर्च हुने अस्पतालको अनुमान छ ।

अस्पताल विकास समिति बोर्डले पनि यहाँ पोष्ट ग्र्याजुएसनको एमडी, एमएस, डिएमलगायत विभिन्न एकेडेमिक कार्यक्रम चलाउने निर्णय गरिसकेको छ । उहाँले अस्पतालमा एकेडेमिक कार्यक्रम सञ्चालन भएपछि यहाँका बिरामीले पाउने सेवा सुविधाको स्तर बढ्ने, बिरामीको हेरचाहमा समेत थप सहजता हुने बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एफिलेटेड भएकाले आगामी दिनहरूमा एमडी एमएसका कार्यक्रमहरूलाई विस्तार गर्दै जाने योजनामा अस्पताल रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानको पाठ्यक्रमअनुसार एकेडेमीक कार्यक्रम सञ्चालन गर्न अस्पताल र प्रतिष्ठानबीच सम्झौता भइसकेको छ ।क्रिटिकल केयरको बिएनएस (ब्याच्लर इन नर्सिङ साइन्स) ३ वर्षे कोर्स हो ।

पिसिएल नर्सिङ पास गरेर काम गरेको अनुभवको आधारमा चिकित्सा शिक्षा आयोगले परीक्षा लिने र परीक्षामा पास भइसकेपछि न्याम्सले स्वीकृति दिएको ठाउँमा पठाइने छ । अध्ययनका लागि विद्यार्थीले आयोगमा ५ लाख रुपियाँ बुझाउनुपर्छ । बीएनएस अध्यापनका लागि निजामती कर्मचारी अस्पताललाई ३०, भरतपुर अस्पताललाई ४० र वीर अस्पताललाई ४० जना भर्ना गर्ने कोटा छुट्याएको छ । यसैगरी ब्याच्लर इन पेडियाट्रिक क्रिटिकल केयर नर्सिङका लागि कान्ति बाल अस्पतालले ४० जना नर्स अध्यापन गराउने स्वीकृति पाएको छ । यसैगरी ४० जनाको ब्याच्लर इन मिडवाइफ्री साइन्सेस (बीएमएस) अध्यापन गराउने क्षमता राखेको प्रतिष्ठानले वीर अस्पताललाई २० र परोपकार प्रशुति तथा स्त्री रोग अस्पताललाई २० जना अध्यापन गराउने कोटा छुट्याएको छ ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.