• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

क्रिटिकल केयर नर्सिङ विषयमा स्नातक शुरु गर्दै निजामती कर्मचारी अस्पताल

  •  बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)ले क्रिटिकल केयर नर्सिङको स्नातक अध्ययन गराउने भएको छ ।

क्रिटिकल केयरमा ब्याच्लर इन नर्सिङ साइन्स (बीएनएस) अध्यापन गराउन अस्पतालले २ करोड रुपियाँ विनियोजन गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। विधानिधी पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगको इन्स्पेक्सन भएपछि आगामी शैक्षिक सत्रदेखि क्रिटिकल केयरमा बीएनएस नर्सिङ पढाउने अवसर पाउँछौँ र यसका लागि हामीले बजेटको सुनिश्चितता गरिसकेका छौँ ।’ अहिले अस्पतालले शिक्षक, लाइब्रेरी, कक्षाकोठा, शिक्षक तलब, नेट इन्टरनेट, परीक्षा खर्चलगायतका लागि २ करोड रुपियाँ छुट्याई काम गरिरहेको उहाँले बताउनुभयो । एमडी एमएस चलाउँदा वर्षमा करिब ५ करोड रुपियाँ खर्च हुने अस्पतालको अनुमान छ ।

अस्पताल विकास समिति बोर्डले पनि यहाँ पोष्ट ग्र्याजुएसनको एमडी, एमएस, डिएमलगायत विभिन्न एकेडेमिक कार्यक्रम चलाउने निर्णय गरिसकेको छ । उहाँले अस्पतालमा एकेडेमिक कार्यक्रम सञ्चालन भएपछि यहाँका बिरामीले पाउने सेवा सुविधाको स्तर बढ्ने, बिरामीको हेरचाहमा समेत थप सहजता हुने बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एफिलेटेड भएकाले आगामी दिनहरूमा एमडी एमएसका कार्यक्रमहरूलाई विस्तार गर्दै जाने योजनामा अस्पताल रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानको पाठ्यक्रमअनुसार एकेडेमीक कार्यक्रम सञ्चालन गर्न अस्पताल र प्रतिष्ठानबीच सम्झौता भइसकेको छ ।क्रिटिकल केयरको बिएनएस (ब्याच्लर इन नर्सिङ साइन्स) ३ वर्षे कोर्स हो ।

पिसिएल नर्सिङ पास गरेर काम गरेको अनुभवको आधारमा चिकित्सा शिक्षा आयोगले परीक्षा लिने र परीक्षामा पास भइसकेपछि न्याम्सले स्वीकृति दिएको ठाउँमा पठाइने छ । अध्ययनका लागि विद्यार्थीले आयोगमा ५ लाख रुपियाँ बुझाउनुपर्छ । बीएनएस अध्यापनका लागि निजामती कर्मचारी अस्पताललाई ३०, भरतपुर अस्पताललाई ४० र वीर अस्पताललाई ४० जना भर्ना गर्ने कोटा छुट्याएको छ । यसैगरी ब्याच्लर इन पेडियाट्रिक क्रिटिकल केयर नर्सिङका लागि कान्ति बाल अस्पतालले ४० जना नर्स अध्यापन गराउने स्वीकृति पाएको छ । यसैगरी ४० जनाको ब्याच्लर इन मिडवाइफ्री साइन्सेस (बीएमएस) अध्यापन गराउने क्षमता राखेको प्रतिष्ठानले वीर अस्पताललाई २० र परोपकार प्रशुति तथा स्त्री रोग अस्पताललाई २० जना अध्यापन गराउने कोटा छुट्याएको छ ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.