• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा

  •  शनिबार, साउन २६, २०८१ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाईसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिनुभयो ।

यस्तै पनौती नगरलाई साउन पहिलोसाता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्णखोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेको पनौती नगरलाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो ।

काभ्रेको पनौतीसहित पाँच स्थानीय तहले आफ्नो पालिका पूर्णखाप सुनिश्चित घोषणा गरेका हुन् । यसअघि धुलिखेल नगर, नमोबुद्ध नगर र रोशी गाउँपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरेका हुन् । जिल्लाका अन्य बाँकी आठ स्थानीय तह घोषणाको तयारीमा जुटिरहेको जनाइएको छ ।

गत असार दोस्रो साता धुलिखेल नगरलाई जिल्लामा पहिलो ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको थियो । बर्षेनी पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्दै आएको धुलिखेल पहिलो स्वस्थ नगर घोाषणा तयारीमा रहेको जनाइएको छ । “धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ”, नगरप्रमुख अशोक ब्याञ्जुले भन्नुभयो । उहाँले स्थानीय नागरिकको घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी लिदै स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी अशक्त, अपाङ्गता भएका, गरिव, दलित, सिमान्तकृत तथा जेष्ठ नागरिकहरुका हकमा विशेष ब्यवस्था गरिएको बताउनुभयो ।

धुलिखेलले पहिलोपटक विसं २०६४ मै पूर्णखोप सुनिश्चित भएको नगर घोषणा गरेको थियो । हाल १५ महिना देखि २ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता भएको हो । सात प्रदेशमध्ये पूर्णखोप सुनिश्चित घोषणा गर्न बाँकी बाग्मती प्रदेशभित्रको जिल्लास्थित स्थानीय तहहरुमा घोषणाको तयारी भइरहेको जनाइएको छ । नेपालमा सन् २०१२ बाट पूर्णखोप सुनिश्चितताको सुरुआत भएको थियो । रासस

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.