• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २२ मिनेट 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ५१ मिनेट 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ५ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ५ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ५ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा दुई हजार चार सय ९७ पिन्ट रगत वितरण

  •  आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित

टीकापुर । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो ।

केन्द्रमा १८ पिन्ट रगत बाँकी रहेको भन्दै २१ पिन्ट अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको र २३ पिन्ट रगत म्याद गएर खेर गएको रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वितरण भएको रगतमध्ये दुई हजार एक सय ८७ पिन्ट टीकापुर अस्पतालमा र बाँकी यहाँका निजी अस्पतालमा खपत भएको छ । सबैभन्दा बढी नौ सय २२ पिन्ट ‘बी’ पोजेटिभ र सबैभन्दा कम तीन पिन्ट ‘एबी’ नेगेटिभ रगत वितरण गरिएको छ ।

रेडक्रसले विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँग रक्तदान कार्यक्रममार्फत रगत सङ्कलन गरेको विष्टको भनाइ छ । टीकापुर अस्पतालमा दैनिक शल्यक्रिया हुन थालेपछि रगतको माग बढ्दै गएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार सङ्कलन भएको रगतमध्ये एक हजार सात सय पिन्ट रगत महिलामा प्रयोग हुने गरेको छ । टीकापुर अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने र सुत्केरी हुने बेला अत्यधिक रक्तस्राव हुँदा रगत आवश्यक पर्ने अस्पतालका स्त्री रोग विशषेज्ञ डा सञ्जयकुमार दासले बताउनुभयो । शल्यक्रिया गर्दा दुई÷तीन पिन्टसम्म रगत आवश्यक पर्दछ । टीकापुर अस्पतालमा अहिले स्त्रीरोगबाहेक हाडजोर्नीको पनि शल्यचिकित्सकमार्फत शल्यक्रिया हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा आउने सिकलसेलका बिरामीले मासिक तीन पिन्टसम्म रगत लिने गरेका केन्द्रका कर्मचारी अरुण चौधरीले बताउनुभयो । “रगतको माग बढिरहेको छ, सङ्कलन कम हुँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो । कैलाली र बर्दियाको करिब ५० प्रतिशत नागरिक टीकापुरको रक्तसञ्चार केन्द्रका भरमा पर्ने उहाँको भनाइ छ । “रक्तदान गर्ने वानीको विकास गर्न सचेतना आवश्यक छ, यसमा सबैले सहयोगी भूमिका खेल्नुपर्छ । केन्द्रले हरेक गु्रपको एक÷दुई पोका रगत भण्डारण गरेर राख्ने गरेको छ”, चौधरीले भन्नुभयो, “रगत लिन आउनेले पनि दिने मान्छे खोज्ने नियम बनाएका छौँ, तर कार्यान्वयन भएको छैन ।”

रगतको माग बढ्दै जाने र रक्तदान गर्नेको सङ्ख्या घट्दै जाँदा रगत अभाव हुने रेडक्रस टीकापुर उपशाखाका सभापति विष्टले बताउनुभयो । “वार्षिक दुई हजार पाँच सय बढी पिन्ट रगत वितरण गर्नु सामान्य होइन । सङ्कलनमा नै समस्या छ, रक्तदान गर्न नागरिक मान्नुहुँदैन”, उहाँले भन्नुभयो ।

रगत ‘सेप्रेसन’ मेसिन भएमा सेवाग्रहीलाई उपलब्ध गराउन सहज हुने विष्टको भनाइ छ । “स्थानीयदेखि सङ्घीय सरकारसँग ‘सेप्रेसन’ मेसिनका लागि पहल गरेका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो । सेप्रेसन मेसिन भएमा दुई हजार पाँच सय पिन्ट रगतले यस क्षेत्रको माग धान्ने जनाउँदै विष्टले सेप्रेसन मेसिनमार्फत एक पिन्टबाट चारजनालाई आवश्यक पर्ने रगत उपलबध गरउन सकिने उल्लेख गर्नुभयो ।

अहिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले निःशुल्क रुपमा एक व्यक्तिलाई तीन पिन्टसम्म रगत उपलब्ध गराउने गरेका छन् । यसबापत ती पालिकाले रेडक्रसलाई एकमुष्ट रकम भुक्तानी गगर्दछन् । यो कार्यक्रम विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सभापति विष्टले जानकारी गराउनुभयो ।

विसं २०६६ देखि सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रले स्थापनाकालमा आकस्मिक सेवा दिने गरेको थियो । रेडक्रसले आफ्नै पहलमा केन्द्र सञ्चालन गरी चौबिसै घण्टा सेवा प्रवाह गरिरहेको छ । रासस

आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.