• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भृकुटीमण्डपमा पाँचौं मेडिकल, हेल्थ केयर एन्ड ल्याबरोटरी प्रदर्शनी सुरु

  •  शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पाँचौं मेडिकल, हेल्थ केयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ । नेपाल मेडिकल शो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको प्रदर्शनीमा भारतको ईईपीसी इन्डिया सह–आयोजक रहेको छ ।

चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल मेडिकल हेल्थ केयर सप्लाइ चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फम्र्याक रहेका छन् । भारतबाट उत्पादक र निर्यातकर्ताको एक्स्पोमा उल्लेख्य उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।

इन्जिनियरिङ एक्सर्ट प्रमोसन काउन्सिल र केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको सह–आयोजनामा भएको एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशाला क्षेत्रमा नेपालको एक मात्र बृहत् कार्यक्रम हो । एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलको साथ र सहयोग रहेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए ।

घिमिरेका अनुसार मेलामा नेपाल र भारतका गरी १७० स्टलले सहभागिता जनाएका छन् । आयोजकका अनुसार सन् २०२० मै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड महामारीका कारण अहिले सञ्चालन गरिएको हो ।

एक्स्पो उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य उपकरण आयातसम्बन्धी समस्या समाधान गर्न सरकार तयार रहेको बताए । नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा गुणस्तरीय स्वास्थ्य सुविधाका लागि यस्ता एक्स्पो उपयोगी हुने उनको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समिति सभापति हेमराज ढकालले कोभिड महामारीका बेला स्वास्थ्य पूर्वाधार अभाव खट्किएको र स्वदेशी आयातकर्ताको मिहिनेतका कारण स्थिति नियन्त्रणमा लिन सकिएको दाबी गरे ।

महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधि र औषधिजन्य उत्पादनको लागत बढेको उल्लेख गर्दै मूल्य समायोजनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । नेपालमा वार्षिक ४० अर्बको केमिकल एन्ड मेडिकलसम्बन्धी सामग्री आयात हुने गरेको सरकारी तथ्यांक छ ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.