• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘बालबालिकाहरू जङ्क फुड खाने तथा खुवाउने प्रवृत्ति बढ्नु चिन्ताको विषय ‘

  •  शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

जनकपुरधाम । परम्परागत खानाको परिकारका साटो अहिलेका बालबालिकाहरू जङ्क फुड खाने तथा खुवाउने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको एक कार्यक्रममा सहभागी भएका वक्ताहरूले बताउनुभएको छ ।

वर्ल्ड भिजनको सहयोगमा सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा आज जनकपुरधाममा भएको “मधेशमा पोषणको अवस्था तथा नकारात्मक हानिकारक अभ्यास” का विषयमा धर्म गुरुहरूसँग भएको छलफल कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशमा परम्परागत कतिपय खाने कुरा सुपोषित भए पनि खाना खान नजान्ने गरेका कारणले धेरै बालबालिकाहरू कुपोषित भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेशका बालबालिकाहरू कर्णाली प्रदेश भन्दा बढी कुपोषित हुनु चिन्ताको विषय भएको बताउँदै कुपोषणबाट जोगाउनका लागि प्रदेश सरकारले विशेष अभियान नै चलाउने तयारी गरेको बताउनुभयो ।

उहाँले सचेत तथा पढेलेखेका अभिभावकहरूले पनि आफ्नो छोराछोरीहरूलाई खाजामा जङ्क फुड नै दिने गरेको बताउँदै घरमा खानाको परिकार बनाउन नरुचाउनु चिन्ताको विषय भएको बताउँदै अभिभावकहरूमा नै पोषणको महत्व बारेमा जानकारी गराउनुपर्ने अवस्था भएको बताउनुभयो ।

मधेश प्रदेशका प्रदेश मामिला समितिका सभापति रत्नेश्वरलाल गोइतले पहिलाका कतिपय रीतिरिवाजहरू वैज्ञानिक रहनुका साथै बालबालिकाको मानसिक तथा शारीरिक रुपमा बलियो बनाउने काम गरेकाले पहिलाको बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुने गरेको दाबी गर्नुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले ५ वर्षमा बालबालिकाको मानसिक विकास ९५ प्रतिशत हुने भएकाले सो समयमा पोषणयुक्त खाने कुरा दिन जरुरी रहेको बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोर जङ्ग थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका अर्थ समितिका कन्चन हिन्दू, मुस्लिम सहितका धर्मका धर्मगुरुहरूले आ–आफ्नो विचार राख्नुभएको थियो ।

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.