• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ३ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ३ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • ४ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • ६ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • ७ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ९ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ९. लागुऔषधसहित चार जना पक्राउ

  • १०. दुई हजार एम्बुलेन्स थन्किए

‘एकवर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’

  •  शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित

बागमती । विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ ।

स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको सङ्ख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताउनुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो । घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्या पछिल्ला वर्षमा बढेको उहाँको भनाइ छ । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन ।

आव २०८०÷८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आव २०७९÷८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो । मकवानपुरबाहेक काठमाडौँ, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष सङ्ख्या केही कम देखिएको प्रमुख मिझारले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको सङ्ख्या पनि विगत वर्षको तुलनामा बढेको छ । गर्भजाँच कम्तीमा आठपटक गराउनुपर्ने हुन्छ । गर्भको नियमित जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७९÷८० मा ३० प्रतिशत रहेकामा आव २०८०÷८१ मा बढेर ४८ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउनेको सङ्ख्या शतप्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको सङ्ख्या ५६ प्रतिशतमात्र रहेको उहाँले बताउनुभयो । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

पुरानो सोच र चेतनाको अभावमा गर्भवती स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने प्रवृत्तिमा सुधार हुँदै गएकाले मातृ तथा नवजात शिशु मृत्युदर विस्तारै घट्दै गएको हेटौँडा अस्पतालका चिकित्सक डा बिदुर भण्डारीले बताउनुभयो । “पहिला–पहिला थुप्रै समस्या थियो, चेतना पुगेको थिएन, दुर्गम ठाउँमा यातायात पुग्न सकेको थिएन”, डा भण्डारीले भन्नुभयो, “त्यही भएर गर्भवती अस्पताल नपुगी गाउँघरकै सुडेनीबाट सुत्केरी गराउने गर्दथे, जसका कारण थुप्रै आमा र बच्चाको मृत्यु हुन्थ्यो, अहिले धेरै सुधार आएको छ”, उहाँले भन्नुभयो । अहिले धेरैको सोचमा परिवर्तन आएको छ, धेरैजसो गर्भवती नियमित गर्भजाँचसँगै स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थालेका छन्, जसले गर्दा आमा तथा नवजात शिशुको मृत्युदर कम भएको उहाँको भनाइ छ ।

गर्भवतीलाई सुत्केरी गराउने क्रममा जटिलता आउन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका बर्थिङ सेन्टरमा गर्भवतीका लागि प्रतिक्षा कक्षको व्यवस्था मिलाइएको छ । “गाउँमा गर्भवती बस्दा अचानक केही समस्या आउन सक्छ, त्यही भएर हामीले सुत्केरी हुनुभन्दा तीन–चार दिनअघि नै गर्भवतीलाई बर्थिङ सेन्टरमा बोलाउँछौँ”, मनहरी गाउँपालिका–४ स्थित बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी मीरा थापाले भन्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन वर्षअघिसम्म जिल्लामा ८३ प्रतिशत गर्भवतीले सामान्य सुत्केरी र १३ प्रतिशतले शल्यक्रिया विधिबाट सुत्केरी गराउने गरेकामा पछिल्लो आव २०८०÷८१ मा सामान्य सुत्केरी गराउनेको सङ्ख्या ७७ प्रतिशमा झरेको र शल्यक्रिया विधिबाट सुत्केरी गराउनेको सङ्ख्या २२ प्रतिशत पुगेको छ । तिथिमिति हेरेर सन्तान जन्माउने, पीडा झेल्न नसक्नेलगायत कारण पछिल्लो समय शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रम बढेको र यो चिन्ताको विषय भएको प्रमुख मिझारको भनाइ छ । रासस

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.