• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रसुवामा ३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

  •  शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

रसुवा । रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको खोप दिने लक्ष्य रहेको छ । हालसम्म ९ हजार ८ सय ४५ जनाले मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । १९ हजार २ सय ६१ जनालाई बुस्टर डोज लगाउन बाँकी रहेको छ ।

गएको माघ ३ गतेदेखि जिल्लामा कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन सुरु गरिएको थियो । सुरुमा जिल्लामा अग्रपंतिमा रहेकालाई बुस्टर डोजको खोप लगाइएको थियो । क्रमशः कोभिडको पहिलो र दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई लगाउन थालिएको थियो ।

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएको ६ महिना पुरा भएका नागरिकले बुस्टर डोजको खोप लगाउन पाउँछन् । स्वास्थ्य कार्यालय रसुवाले अभियान नै सञ्चालन गरी बुस्टर डोजको खोप लगाइरहेको छ । हालसम्म तीन पटक अभियान सञ्चालन गरी बुस्टर डोजको खोप लगाइएको जनाइएको छ । बुस्टर डोज अन्तर्गत कोभिसिल्ड, भेरोसेल, मोडर्ना र एष्टाजेनेकाको खोप लगाएको छ ।

जिल्लामा हालसम्म७ सय ११ जनाले कोभिशिल्ड, ३ सय ९१ जनाले भेरोसेल, ८ हजार ५ सय ६६ जनाले एष्ट्राजेनेका र १ सय ७७ जनाले मोडर्ना खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाले जिल्लाको स्थानीय तहलाई खोप उपलब्ध गराउने गरेको छ । स्थानीय तहमार्फत पायक पर्ने खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिरहेको छ । अहिले साउन र भदौमा दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोजको खोप दिइरहेको चालिसेले बताए ।

कोभिड १९ विरुद्धको दोस्रो डोजको खोप लगाउन नागरिकले जति चासो दिए पनि अहिले बुस्टर डोज लगाउन कम चासो दिएको पाइएको चालिसेले बताए । दोस्रो खोप लगाउन जति चासोका साथ आएका थिए, अहिले बुस्टर डोजको खोप लगाउन त्यति चासो दिएको पाइएको छैन । ‘स्वास्थ्य संस्थामा गएर लगाउने पहिला जस्तो चासो घटेको पाइएको छ, बुस्टर डोज लगाउने कम रहेको पाइयो’, उनले भने ।

कार्यालयले वैशाखमा गएको असोजमा दोस्रो खोप लगाएकालाई बुस्टर डोजको खोप दिने तयारी गरिरहेको जनाएको छ । जिल्लामा अहिले बुस्टर डोजको खोप लगाउन १० हजार डोज खोप रहेको जनाइएको छ । खोप लगाउन बाँकी रहेकालाई पुन अभियान सञ्चालन गरी खोप लगाइने स्वास्थ्य कार्यालय रसुवाले जनाइएको छ ।

जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाउन योग्य सबैले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाइरहेको बताइएको छ । ओमिक्रोनले ल्याएको तेस्रो लहरपछि रसुवामा कोभिड संक्रमणदर शून्यमा झरेको छ । न्युज कारखाना

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.